प्रस, कलैया, ११ असोज/
जिल्ला विकास समिति, बारा दिवालिया हुने अवस्थामा पुग्न लागेको जिविस बोर्ड प्रतिनिधिहरूले जनाएका छन्। नेपाल मजदुर किसान पार्टी बाराका अध्यक्ष तथा बोर्ड प्रतिनिधि मुक्ति यादवले यस्तो जनाएका हुन्।
यादवका अनुसार जिविस बाराका स्थानीय विकास अधिकारी मुरारी नेपालले राजनीतिक एवं आर्थिक दबाबमा रु. एक लाख ५० हजारदेखि रु. २० लाखसम्मका दुइ हजार पांच सय विकास निर्माण योजनाका फाइल स्वीकृत गर्ने तयारी गरेपछि जिविस बारा उठ्नै नसक्नेगरी दिवालिया हुन लागेको हो। यी फाइलहरू स्वीकृत भएमा जिविस बाराले चार वर्षम्म कुनै विकास निर्माण राम्ररी गर्न सक्नेछैन। सबै रकम भुक्तानीमा नै यसको चार वर्षसमय गुज्रने छ।
विगत केही वर्षेखि जिविस बाराले डेढ लाखे फाइल निर्माण गरेको काम नगरिकनै फछर्र्यौट हुने गरेको यादवले बताए। काठमाडौं बसेर जिविस बारा डुबाउने काम हुन लागेको पनि उनले बताए। यसमा जिविस बारालाई करिब ३७ करोड नोक्सान हुने यादवको भनाइ छ। यसविरुद्ध निकट भविष्यमा प्रतिनिधिमण्डल लिएर काठमाडौं जाने यादवले बताए। बारामा जिल्ला शिक्षा कार्यालयपछि सबैभन्दा बढी बजेट आउने दोस्रो कार्यालयको जिविस बारा हो।