प्रस, कलैया, १२ असोज/
महिला अधिकारको क्षेत्रमा काम गर्ने बारा पर्साका १३ वटा गैरसरकारी संस्थाहरूले मङगलवार जिल्ला प्रशासन कार्यालय, बारामा ज्ञापनपत्र दिएका छन्। ज्ञापनपत्र दिनेमा दिव्य युवा क्लब पर्सा, अरुणोदय युवा क्लब, जनचेतना जागरण अभियान, न्यु यंग स्टार क्लब, स्नेही नेपाल सामाजिक संस्था पर्सा एवं जिल्ला महिला अधिकार मञ्च, पर्सा ग्रामीण विकास केन्द्र, महिला अधिकार मञ्च, महिला मानव अधिकार रक्षक सञ्जाल बारा र पर्सा एकाइ, महिला सुरक्षा दबाब समूह, हामी सक्छौं बारा, र पर्सा एकाइ रहेका छन्।
ज्ञापनपत्रमा लैङगिक हिंसा रोक्न तथा मानव बेचबिखन अन्त्यको लागि नेपाल सरकारले बनाएको ऐन बमोजिम कारबाईको मागसमेत गरेका छन्।
साउन ७ गते कलैया-७ निवासी लालबाबू साहसंग पर्सा बिरंचीबर्वा-६ की मनिता साहको विवाह भएकोमा भदौ ७ देखि उनको स्थिति अज्ञात भएको हो। रक्षा बन्धनको लागि भदौ ७ गते सोही ठाउंकी एक महिलालाई जिम्मा लगाई माइती पठाएकोमा मनिताको स्थिति अज्ञात भएको उनका पति लालबाबू बताउंछन्। बैनी बेपत्ता भएको जनाई मनिताका दाजु लक्ष्मण सक्रिय भएपछि घटना प्रकाशमा आएको थियो। प्रहरीले मनिताको खोजतलाश जारी रहेको र घटनाबारे अनुसन्धान जारी रहेको जनाउंदै आएको छ।