-शङकरमान श्रेष्ठ नेपाली काङग्रेसको जन्म सन् २००६ सालमा भएको थियो। उक्त पार्टीले त्यही बेलादेखि नेपालमा प्रजातन्त्रको स्थापनाको लागि सङघर्ष गर्नुपर्यो। खासगरी विभिन्न समयमा विभिन्न स्वभाव भएका सिद्धान्तविरुद्ध नेपाली काङग्रेसका नेताहरूले आफूलाई मानसिकरूपबाट सक्षम बनाउनुपरेको थियो। त्यस्ता स्वभावहरू मूलतः साम्यवादी सिद्धान्तलाई अपनाउने कम्युनिस्ट र एकदलीय मान्यताद्वारा शासन सञ्चालन गर्न चाहने पञ्चायती व्यवस्थाको सामना नेपाली काङग्रेसले गर्नुपरेको थियो।
२००७ सालको क्रान्तिमा निर्णायक भूमिका खेलेको नेपाली काङग्रेसले र्सवप्रथम कम्युनिस्टहरूसंग सैद्धान्तिक एवं वैचारिक द्वन्द्व गर्नुपर्यो। किनभने ०७ सालको आन्दोलनलाई कम्युनिस्टहरूले बर्ुर्जुवाको संज्ञा दिंदै क्रान्तिलाई धोकाको रूपमा लिएका थिए र क्रान्तिलाई अधूरो भनेका पनि थिए। किनकि मोहन शम्शेर राणा शासनका अन्तिम प्रधानमन्त्री थिए र नेपालमा प्रजातन्त्र स्थापनापश्चात् पहिलो प्रधानमन्त्री बन्न पुगेका थिए। यही तथ्यलाई आत्मसात गरेर कम्युनिस्टहरूले तत्कालीन ०७ को क्रान्तिलाई अधूरो भनेका थिए। त्यसबेला बिपीले कम्युनिस्टहरूको आरोपलाई यसकारणले सहे कि प्रजातन्त्र स्थापनाको लागि राजनैतिक वातावरण पूर्णतया कायम हुन सकेको थिएन। नेपालजस्तो अविकसित र राजनैतिक संस्कृतिको अभाव रहेको मुलुक भएको कारण प्रजातन्त्र शब्दमैं भए पनि अभ्यासको रूपमा अघि बर्ढाई जनतालाई क्रमशः प्रजातन्त्रको अर्थ बताउन सकिने र राजनैतिक संस्कार विकसित गराउन सकिने तथ्यलाई मनन गरी बिपीले ०७ को प्रजातन्त्रलाई चुपचाप स्वीकार गरेका थिए।
क्रान्ति वा आन्दोलनको उपलब्धि देशको राजनैतिक पृष्ठभूमिको आधारमा कायम हुने गर्दछ। ०७ सालदेखि आजसम्म जुन किसिमले नेपालमा राजनैतिक विकासका शृङखलाहरू अघि बढेका छन्, त्यसबाट एउटा उपलब्धि त जनताहरूले प्राप्त भने गर्न सकेको छ, त्यो उपलब्धि राजनैतिक चेतनाको विकास हो।
काङग्रेसले राष्ट्रको लागि धेरै कार्य गर्न नसके पनि राजनैतिक चेतनाको अभिवृद्धि गराउन भने सकेको मान्न सकिन्छ। यस क्रममा कम्युनिस्टहरूले नेपाली काङग्रेसविरुद्ध नागरिकहरूलाई जुनरूपबाट पाठ सिकाउन खोजे, त्यस्ता क्रियाकलापलाई राम्ररी बुझेका काङग्रेसी नेता गणेशमान सिंहले कम्युनिस्टहरू प्रजातन्त्रवादी हुंदैनन् भनी भनेका थिए। आज नेता सिंहको भनाइले कतै ठाउं नपाएको छ भनी प्रश्न गर्नुपर्ने भएको छ।
एमाले र माओवादीबीचको तीन बुंदे सहमतिले नेपाली काङग्रेसलाई पूर्णतया एक्लो बनाएको छ। अन्ततः कम्युनिस्टहरू सबै एक स्वभावका हुन्छन् भन्ने तथ्यलाई समेत ती दुवै पार्टीबीचको सम्बन्धले पुष्टि गरेको महसुस हुन्छ। नेपाली काङग्रेसकै सहयोगबाट माधव नेपाल प्रधानमन्त्री बनेका हुन्। तर आज एमालेको भूमिका फेरिनुपछाडिको यथार्थलाई नेपाली काङग्रेसले राम्ररी बुझन सक्नर्ुपर्दछ। यस्तै वास्तविकता डा. प्रकाशचन्द्र महतले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र एमालेको गणतन्त्रको प्रस्ताव सदनमा बहुमतले पारित गरिंदा भनेका थिए- एमाले र माओवादी मिलेर काङग्रेसलाई अलग्याउन लागेका छन्। त्यसबेला महतले कम्युनिस्टहरूमाथि आरोप नै लगाएका थिए कि सदनमा प्रस्तावित प्रस्तावले प्रतिगामीलाई फाइदा हुनेछ। हिजो सदनबाट एमाले र माओवादीले प्रस्तुत गरेको प्रस्ताव पारित भएपश्चात् वर्तमान राजनीतिक सङकट सिर्जना हुनुको पछाडिका कारणतर्फ दृष्टि पुर्याउनुपर्ने र आज माओवादी र एमालेबीच तीन बुंदे सहमतिको अर्थभित्रको सत्यलाईसमेत काङग्रेसी नेताहरूले बुझनुपर्ने भएको छ।
कम्युनिस्ट र काङग्रेसबीच राजनीतिक मतभेदको कारण पहिले राजसंस्थाप्रति फरक दृष्टिकोणले गर्दा थियो। तर नेपाली काङग्रेस गणतन्त्रको पक्षमा उभिसक्दा पनि नेपाली काङग्रेस नै ती दुवै पार्टीका लागि ँप्रश्नवाचक’ बन्नुपर्ने किन -
संविधानसभाको निर्वाचन प्रणाली र राजसंस्थाबारे नेपाली काङग्रेसको कम्यनिस्टहरूसंग समान दृष्टिकोण नहुंदा ती दुवै अलग विचार राखेका पार्टीहरूबीच मतभेदको कारण देखिनु स्वाभाविक मान्न सकिन्छ। तर ती कारण मात्र कम्युनिस्ट र काङग्रेसबीचको द्वन्द्वको कारण भने होइन। कारण प्रस्ट नै छ - कम्युनिस्टहरूको अन्तिम लक्ष्य साम्यवाद स्थापना गराउनु हो। यद्यपि वर्तमान शताब्दीमा मार्क्सको दर्शन र माओको सपना पूरा हुन नसक्ला। राजसंस्था रहेसम्म आफनो उद्देश्य पूरा हुन नसक्ने देखेपछि साम्यवादीहरूले राजसंस्थालाई समाप्त पारी गणतन्त्र स्थापना गराए। कम्युनिस्टहरूको पहिलो लक्ष्य त पूरा भएको छ। तर अन्तिम लक्ष्य पूरा गर्न अब नेपाली काङग्रेसमात्र ती दुवै पार्टीको अगाडि बाधक बन्न पुगेको छ। नेपाली काङग्रेस कमजोर हुनु भनेको अन्ततः नेपालमा साम्यवादी शासन स्थापना नभए पनि साम्यवादी सिद्धान्तलाई स्वीकार गर्ने पार्टीहरूको वर्चस्व कायम हुनु हो।
हिजोसम्म एमालेसंग नेपाली काङग्रेसको वैचारिक र सैद्धान्तिक युद्ध हुन्थ्यो भने आज ए. माओवादी नेपाली काङग्रेसको अगाडि चुनौती बन्न पुगेको छ। कहिले राजा, त कहिले एमाले अब पूर्णतया माओवादी। गणतन्त्रको सवालमा होस् वा प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबारे माओवादीको स्वर पहिले पनि सडक सङघर्ष गर्ने थियो र आज पनि ती शब्द बिर्सेका छैनन् माओवादीहरूले। अब एमाले र माओवादीको एउटै अभीष्ट छ- नेपाली काङग्रेसलाई कमजोर तुल्याउने। साम्यवादी स्वभाव प्रयुक्त गर्न नसके पनि साम्यवादी विचार स्थापित गराउने लक्ष्य भने समानरूपबाट राखेको महसुस भने अहिले गर्न सकिन्छ। यस्तो सङक्रमणको बेला नेपाली काङग्रेसले कस्तो भूमिका खेल्नुपर्ने हो - प्रधानमन्त्रीको दौडबाट बाहिरिने हो कि - एक्लो भएका रामचन्द्र पौडेल भने उक्त दौडमा कायमै रहने मनस्थितिमा छन्। उनकै शब्दमा-ँमेरो उपस्थिति प्रजातन्त्रको लागि नै हो। प्रजातन्त्र समाप्त गर्न कदापि दिनेछैन।’ उनको यस भनाइलाई आत्मसात गर्ने हो भने एमाले र माओवादीबीचको गठबन्धन भित्रको वास्तविकता प्रजातन्त्र समाप्त गर्ने नै हो -
नेपाली काङग्रेस ०७ सालदेखि आजसम्म प्रत्येक क्षण सबैको आंखाको तारो बन्यो। कहिले मोहन शम्शेरको त कहिले डा. के. आइ. सिंह। कहिले राजा महेन्द्र, कहिले ज्ञानेन्द्र, अब तारो बनेको छ एमाले र माओवादी दुवैको। यस्तो अवस्थामा भर्खरै सम्पन्न भएको १२ औं एकता महाधिवेशन र त्यसका परिणामलाई नेपाली काङग्रेसका घटकहरूले बडो संयमताका साथ आगामी रणनीति प्रयुक्त गर्नुपर्दछ। माओवादीलाई प्रजातान्त्रिक मूलधारमा ल्याउन खोज्दा-खोज्दै कतै आफैं घरबाट अलग हुने स्थितिको सामना गर्नु त पर्ने होइन - यस प्रश्नमाथि अब काङग्रेसी सबैले राम्ररी विचार पुर्याउनुपर्ने भएको छ। एकता शब्दलाई अघि सारेर, भावात्मक शब्दलाई पटक-पटक रटेर मात्र नेपाली काङग्रेसभित्र सही अर्थमा न एमालेले मूर्तरूप लिनेछ, न भावात्मक शब्दले नै काङग्रेसीहरूलाई छुनेछ। प्रजातन्त्रलाई जीवित राख्ने हो भने अग्रगामीहरूले प्रतिगामीबाट राष्ट्रलाई जोगाउने नै हो भने नेपाली काङग्रेसले ती पुरानै दिनको शक्तिको रूपमा आफूलाई स्थापित गराउनर्ुपर्दछ। ०४८ सालको स्थितिको फेरि पुनरावृत्ति गराउन सक्नर्ुपर्दछ। २०५९ सालको घाउलाई अब पूर्णतया बिर्सेर २०६४ सालको एकता र एकीकरणलाई वास्तविक अर्थमा मूर्त रूप दिन सक्नर्ुपर्छ। नामलाई मात्र एकता र एकीकरण ठानेर, भावनात्मक शब्दलाई मात्र अघि बढाइराखेर अब द्वन्द्व प्रजातन्त्रवादी शक्तिविरुद्ध कम्युनिस्ट शक्तिबीच हुनेछ। घर बलियो भयो भने जुनसुकै शक्तिसंग पनि लड्न सकिन्छ। नभए प्रजातन्त्रलाई बाई-बाई मात्र होइन गुडबाई भन्नुपर्ने बेला नआउला भन्न सकिन्न।