-गम्भीरा सहनी, जीतपुर/
बारा, जीतपुर भैंसी बजारमा रांगा भैंसीको सङख्या बढ्दो छ। काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा मम एवं सुकुटी र मासुजन्य विभिन्न परिकारका लागि जीतपुर बजारबाट भैंसी रांगा निर्यात हुने गरेको छ। चाडपर्वको समय मासुको खपत यसै पनि बढि हुने गर्दछ। नजिकिंदो दशैंतिहारलाई मध्यनजर गरेर रांगा-भैंसीको व्यापारमा वृद्धि भएको व्यापारीहरू बताउंछन्। जीतपुर बजारमा अहिले रांगा-भैसीको ओइरो लागेको छ। प्रत्येक सोमवार र शुक्रवार लाग्ने जीतपुर भैसी बजारमा सामान्य अवस्थामा दिनहुं एक हजारदेखि दुइ हजारसम्म रांगा-भैंसी खरिद-बिक्री हुने गरेकोमा हाल पर्वको समयमा झन्डै डेढ गुणा कारोबार वृद्धि भएको व्यापारी जमिरी हजराले बताए। सीतामढीबाट जीतपुरमा रांगा-भैंसी आयात गरिरहेका व्यापारी फकन अंसारीका अनुसार सो बजारबाट अहिले दुइ हजारदेखि तीन हजारसम्म चौपाया खरिदबिक्री भइरहेको छ। यसबेला नेपालीहरूको ठूलो र महत्त्वपूर्ण पर्व दशै नजिकिएकोले कारोबारमा वृद्धि भएको हो। केही सातादेखि प्रत्येक बजारमा रु. ३ देखि ४ करोडसम्मको चौपाया खरिद-बिक्री भइरहेको छ- अर्का व्यापारी फैजल करिनले थपे।
काठमाडौं उपत्यका, मकवानपुर, धादिङ, चितवनको भरतपुरलगायत मासु बजारहरूमा जीतपुरबाट रांगा-भैंसी सिधा सम्पर्कमार्फत् बिक्री हुने गरेको छ। त्यहांबाट भने अन्य सहायक एवं साना बजारहरूसम्म रांगा-भैंसी पुर्याइन्छ।
रांगा-भैंसी व्यापारीका अलावा चाडपर्वका लागि पालेर राख्ने र पर्वको समयमा काटेर आफनो गाउं-टोल छिमेक मिलेर भाग लगाई खाने उपभोक्ताहरू पनि टाढा-टाढादेखि जीतपुर बजारमा आइरहेका छन्। केही दिन भए पनि आफूले पालनपोषण गरेर उपभोग गर्दा चौपायाको मासु पोषिलो र स्वादिष्ट हुनुका साथै मासु पसलबाट खरिद गरेको भन्दा सस्तो पर्ने मकवानपुरको रातोमाटेबाट भैंसी खरिद गर्न आएका सोमबहादुर स्याङगतानले बताए।
अहिले जीतपुर बजारबाट प्रत्येक बजार सरदर दुइ सय पचास ट्रक रांगा-भैंसी अन्यत्र ढुवानी हुंदै आएको छ। झन्डै ७ दशकभन्दा पहिलेदेखि जीतपुर चौपाया बजारले रांगा-भैसी आपर्ूर्तिमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ। यर्सथ पनि जीतपुरको रांगा-भैंसी राजधानीलगायत मासु बजारहरूमा विश्वसनीय भएकोले खपतको लागि समस्या नहुने व्यापारीहरू बताउंछन्। जीतपुबाट आएको रांगा-भैंसी स्वस्थ र विकाररहित हुन्छन् किनभने त्यहांका व्यापारीहरू स्थायी हुन् भन्ने धारणा बाहिरका व्यापारी र उपभोक्ताहरूमा छाप परिसकेको रांगा-भैंसी व्यापारी नन्हक अंसारीको भनाइ रहेको छ।