मनुष्य जीवनको निर्माण नै यस प्रकार भएको छ कि न त्यो आफैंमा पूर्ण छ न सवर्था आत्मनिर्भर। हामी सबैलाई आफनो जीवनयात्रा पूरा गर्नका लागि एकअर्काको सहयोग एवं सहायताको आवश्यकता पर्छ। एक्लै एकाकी जीवन बिताउनु हामीमध्ये कसैका लागि पनि सम्भव छैन। हाम्रो जीवनको आधार सामूहिक भावना नै हो। यसै भावनाको बलले मनुष्य जातिको उन्नति र मानव सभ्यताको विकास भएको छ। यदि यो सामूहिक भावना नभएको भए, आपसी सहायता, सहयोग र पारस्परिकताको अभाव रहेको भए आज हामी आफूलाई जुन उन्नत दशामा देखिरहेका छौं, त्यो हुने थिएन, अपितु अन्य पशुझैं असंस्कृत तथा असभ्य जीवनयापन गरिरहेका हुन्थ्यौं। हामीमा यथार्थ मनुष्यताको जुन विकास भएको छ त्यो सहयोग एवं सामूहिक भावनाको आधारमा नै भएको हो र पुनः यसलाई सुरक्षति एवं विकासशील राख्नका लागि यसै आधारलाई दृढ र स्थायी बनाउनर्ुपर्छ।
आज हामी मानिसको जुन सुख-सुविधापूर्ण व्यवस्थित जीवन देखिरहेका छौं, त्यसको सारा श्रेय उसको त्यस सामूहिक एवं परस्पर सहयोगको भावनाले गर्दा नै हो। मानिसले यस खाल्टाखुल्टी जमिनलाई आफनो निवासयोग्य बनाएको छ, ठूल्ठूला पर्वत, जङगल र सागरभित्र पसेर जीवन-निर्वाहको साधन खोजेको छ। कृषि र उद्योग-धन्दाको जुन विकास गरेको छ, त्यो के एक-एक गरेर कुनै एक्लो व्यक्तिले गरेको हो, होइन निश्चितरूपले होइन। यो उसको त्यो सामूहिक एवं सामाजिक चेतना नै थियो, जसलाई आधार बनाएर ऊ जीवनपथमा अगाडि बढयो।
जुन प्रकार आदिम युगमा सामूहिक भावनाको आवश्यकता थियो, त्यसैगरी यस विकसित युगमा पनि उसको आवश्यकता छ। यो ठूलो-ठूलो कारोबार, कल-कारखाना, ठूल्ठूला योजनाहरू र निर्माण कार्यहरू के बिना सहयोग चलिरहेको छ - संसारको वर्तमान व्यवस्था र प्राप्त उपलब्धिहरू तबसम्म मात्र अडेको छ, जबसम्म संसारमा सामाजिक चेतनाको महत्त्व कायम छ। जुन दिन यस चेतनाको र्सवथा अभाव हुन्छ, यो भरिपूर्ण र चमकदमकयुक्त संसार पनि नष्ट हुन्छ र मानिस फेरि आदिम अवस्थामा पुग्नेछ। मानिस तबसम्म मात्र मानिसको रूपमा छ, जबसम्म उसको सामाजिक चेतना सुरक्षति छ, उसका भावनाहरू व्यापक र सार्वभौमिक छन्। आफनो अस्तित्वको यस आधारभूत तथ्यको त्याग गर्ने बित्तिकै मानव सभ्यतामा प्रलय हुनेछ र आदिमकालीन बर्बर युगको शुभारम्भ हुनेछ। अब यस्तो स्थितिमा जुन मानिस केवल आफूसम्म मात्र सीमित रहेर व्यक्तिगत हानिलाभ मात्र सोच्दछ, ऊ समाजको विरोधी, उसको शत्रु र अहित चिन्तक हो। सामाजिक चेतना नै मानिसमा मनुष्यताको लक्षण हो, त्यसो त ऊ पनि अन्य जीवहरू सरह नै एउटा जीव हो।
हामी सबै अब एउटा सभ्य संसारका सुसंस्कृत मानव समाजको सदस्य हौं। यस सत्यलाई न अस्वीकार गर्न सकिन्छ न यस सहज दायित्वबाट त्यागपत्र नै दिन सकिन्छ। अस्तु, हामी सबै आफनो यस महान दायित्वको पालनका लागि विवश छौं। अब जुन दायित्व अनिवार्य छ, अपरिहार्य छ, त्यसलाई खुशी-खुशी निर्वाह किन नगर्ने - हामी किन एउटा शिष्ट, सभ्य र सच्चा नागरिक नबन्ने। यसैमा हाम्रो र हाम्रो समाजको शोभा, सुरक्षा र स्वस्ति छ। हामी सबै सच्चा र असल नागरिक हौं, यसलाई प्रमाणित गर्नका लागि हाम्रो के कर्तव्य हो भने हामी आफनो व्यक्तिगत सुख-सुविधा र मान-प्रतिष्ठाका लागि समाजमाथि यस्तो आघात नगरौं, जसले सामाजिक शक्ति क्षीण होस्, त्यहां विशृङखलता अथवा निर्बलता आओस्, यस्तो कुनै पनि काम गर्नु हाम्रो लागि र्सवथा अवाञ्छनीय छ, जसबाट समाजमा अशान्ति अथवा असुरक्षाको भावना बढोस्। हाम्रो नैतिक, सामाजिक तथा धार्मिक कर्तव्य के हो भने आफनो सुख थाती राखेर समष्टिगत मङगलको कामना गरौं। स्वार्थ त्यागेर परमार्थ ग्रहण गरौं।
असल नागरिकताको उपलब्धि सङग्रहमा होइन, त्यागमा छ। समाजका लागि व्यक्तिगत भोगहरू र विलास-लिप्साहरूको त्यागले त्यसलाई परिपुष्ट बनाउंछ। हाम्रो सामु सर टामस रोजस्तो कैयौं समाज हितैषीहरूको उदाहरण उपस्थित छ, जसले सामाजिक हितका लागि व्यक्तिगत लाभलाई रञ्चमात्र महत्त्व दिएनन्।
सर टामस रो आफनो देशका सच्चा र असल नागरिक थिए। त्यसैले उनले आफनो लाभलाई पछि राखेर सम्पूर्ण समाजको हित चाहे र गरे। अवश्य नै उनले सोचे होलान् कुनै जमिन-जायदाद अथवा सम्पदा मागेर उनी आफू मात्र सुखी हुन सक्छन्, जसलाई केही दिन भोग गरेपछि छोडनर्ुपर्छ र यदि कुनै सार्वजनिक हितको माग गर्दछन् भने त्यसले सम्पूर्ण समाजको हित हुन्छ। म एक्लोको साटो हजारौंको जीवन सुखी हुन्छ र सबैको हितमा उनको आफनो हित पनि त निहित छ, समस्त समाजका साथ उनी पनि छ सुखी हुन्छन्। कति दिव्य र कति दूरदर्शी विचार थियो उनको। उनको व्यक्तिगत सुखको त्यस त्यागले उनको मुुलुकलाई सुखी र सम्पन्न बनाइदियो। कुनै असल र सच्चा नागरिकको यही त लक्षण हो कि आफनो लाभको त्याग गरेर र्सवजनको हितको कुरा सोच्दछ र सोही अनुरूप आचरण गर्दछ। धन्य छन् यस्ता जन हितैषी मानिस।
अध्यात्मवाद भनेको अरू के हो र - आफनो व्यक्तिगत लाभलाई सार्वजनिक हितका लागि बलिदान गरिदिनु नै अध्यात्मवादको सही परिभाषा हो। पूजा-पाठ, योग-ध्यान अथवा व्यक्तिगत मोक्ष-मुक्तिका लागि साधना गर्नु मात्र अध्यात्म होइन। सच्चा अध्यात्म हो-आफना सारा गुण, सारा उपलब्धि र सारा सम्पदाहरूलाई सामाजिक हितका लागि र्समर्पण गरिदिनु। जो मानिस व्यक्तिगत मुक्ति, र्स्वर्ग एवं ऋद्धि-सिद्धिको साधनामा लागिरहन्छन् र भन्दछन् कि उनीहरू अध्यात्मवादी हुन्, उनीहरू झूटो बोल्दछन् र र्सवथा अविश्वासका योग्य छन्। जसमा परोपकार, परमार्थ र सामूहिक चेतनाको अभाव छ, ऊ जतिसुकै ठूलो सिद्ध, योगी र तपस्वी किन न होस् सच्चा अध्यात्मवादी मान्न सकिंदैन। स्वार्थ आखिर स्वार्थ नै हो, फेरि कति नै उच्च किन नहोस्।
त्यसै त व्यक्तिगत मोक्ष, ऋद्धि एवं सिद्धिका लोभी अध्यात्मवादीहरूले नै यस मानव-संसारलाई विभिन्न भाग, वर्ग, सम्प्रदाय र जातिहरूमा विभाजित गरिदिएका छन्। आफनो व्यक्तिगत पूजा प्रतिष्ठाका लागि जुन धर्मात्माहरूले मानव समाजलाई सानो-सानो परिधिमा खुम्च्याइदिएका छन्, धर्म, राष्ट्र अथवा सभ्यता, संस्कृतिको नाउंमा मानवतालाई विभाजित गरेका छन्, उनीहरू आफैंमा जतिसुकै धर्मात्मा किन न बनून्, तर वस्तुतः यस्ता मानिसहरू पूर्णरूपले मानव पनि होइनन्। सच्चा धर्मको भाव भनेको त समस्त मानव जातिलाई एक कुटुम्ब, एक परिवार बनाउनु हो, त्यसलाई खण्ड-खण्ड गर्नु होइन। आफनो निजी व्यक्तिगत लाभलाई समाजको हितमा बलिदान गरिदिनु सबैभन्दा ठूलो धर्म हो, सबैभन्दा ठूलो सिद्धि हो।
मानिसको कल्याण यसैमा छ कि ऊ नश्वरता छाडेर शाश्वतलाई धारण गरोस्, त्यसको उपासना गरोस् र त्यसै आस्था-विश्वासमा स्थिर रहोस्। जसरी शरीर र आत्मामध्ये आत्माको महत्त्व छ शरीरको होइन त्यसै प्रकार व्यक्ति र समाजमध्ये व्यक्तिको होइन समाजको महत्ता छ। व्यक्ति नश्वर छ र समाज शाश्वत। व्यक्ति नित्य मर्छ र मेटिन्छ पुनः जन्मिन्छ र मर्दछ, तर समष्टिगत जीवन सदा अखण्ड र अविनश्वर छ। त्यो अनन्त छ र सदा चलायमान रहन्छ। व्यक्तिगत जीवन वर्षाको बाढीजस्तै केही समयका लागि अस्तित्वमा रहन्छ र तुरुन्तै समाप्त हुन्छ। तर समाज सदा एक समान त्यस पर्वतीय नदीजस्तो हो, जसको स्रोत अक्षय छ, अनन्त छ। सामाजिक जीवन नै सत्य एवं सारभूत जीवन हो, व्यक्तिगत जीवन अचिर र असत्य हो, तर यो अचिर एवं असत्य जीवन पनि सामाजिक जीवनमा मिलेर अजर-अमर एवं अनन्त बन्दछ।