आरके पटेल, लङगडी, ९ असोज /
जिल्ला प्रशासन कार्यालय पर्साले पोखरियादेखि गदौर्ैलसम्मको सडकमा हालसम्म भएको कार्यबारे छानबिन गर्न एक प्राविधिक टोली खटाएको छ। सो टोलीले निर्माण कार्यको मूल्याङकन र जिविसले गरेको भुक्तानी एवं अनुमानित खर्चबारे प्रतिवेदन तयार पार्ने छ।
पर्साको ग्रामीण भेगलाई सदरमुकामसंग जोडने मुख्य सडकको रूपमा रहेको वीरगंज-पोखरिया सडकखण्ड निर्माणको टेन्डर सकार गरी तोकिएको समयसीमा ३ वर्ष बितिसक्दा पनि निर्माण कार्य हालसम्म गर्न नसकेका पांचवटा निर्माण कम्पनीमाथि जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय पर्साले संयुक्तरूपमा कारबाई प्रक्रिया अगाडि बढाएको हो।
बी.टी., श्रेष्ठ सि.बी., यु.स., सामा र जिया कन्स्ट्रकसन्समाथि कारबाई प्रक्रिया अगाडि बढेको छ। गर्दौलदेखि पोखरियासम्म ५ किमी कालोपत्रे निर्माणका लागि जिल्ला विकास समितिले २०६३ सालमा टेन्डर आहेवान गर्दा यी कन्स्ट्रकसन्स कम्पनीहरू मिली रु.१ करोड ४५ लाख १९ हजार ४६५ रुपैयां, जुन करिब न्यूनतम मूल्यभन्दा ४० प्रतिशत कम हो, मा सकार गरेका थिए। यहि कारण हो मूल्यवृद्धि भएपछि कार्य सम्पन्न गर्नका लागि १ वर्षको समयसीमा राखिए पनि हालसम्म निर्माण सम्पन्न भएको छैन। तोकिएको अन्तिम म्याद सकिएपछि निर्माण कम्पनीहरूको आग्रहमा तीन वर्षमा चारपटक म्याद थप हुंदा पनि निर्माण हुन नसकेको छैन। जिविस पर्साले टेन्डर सकार गरेका कम्पनीहरूलाई कालोसूचीमा पार्ने गरी कारबाई प्रक्रिया अगाडि बढाएको बताएको छ। मार्कामा परेका ग्रामीण क्षेत्रका बासिन्दाहरूले पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई ज्ञापन बुझाइ टेन्डर सकार गरेका निमार्ंण कम्पनीहरूलाई कारबाई गरी अर्को टेन्डर आह्वान गर्न माग गरेका छन्। प्रजिअ झाले दु्रतगतिमा कारबाई प्रक्रिया अगाडि बढाइसकेको बताएका छन्। चार वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुनुको पछाडि ठेकेदार कम्पनी र जिल्ला विकास समितिमा रहेका दलीय प्रतिनिधिहरूको कमीकमजोरी कारक रहेको उनले बताए। यता छानबिन सुरु भएपछि ठेकदार र जिविस प्राविधिकहरू आफ्नो ढाकछोप गर्दै लविङ सुरु गरेका छन्।