प्रस, हेटौंडा, ९ असोज/
मकवानपुरको बसामाडीमा जारी जिल्लास्तरीय नकआउट फूटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेल राप्ती सामुदायिक वन उपभोक्ता समूह पदमपोखरी र इन्टरनेट क्लब हेटौंडाले जितेको छ।
पहिलो खेलमा राप्ती र परेली युवा समूह बस्तीपुरबीच २/२ गोलको बराबरी भएपछि ट्राइबे्रकरमा राप्तीले ५-४ को अन्तरमा खेल जितेको हो। ट्राइबे्रकरअघि राप्तीका रामचन्द्र नेपाली र परेलीका विदुर सिटौलाले २/२ गोल गरेका थिए।
दोस्रो खेलमा इन्टरनेट क्लब हेटौंडाले वारिपारी क्लबलाई २-१ को अन्तरले हराएको हो। इन्टरनेटका लागि सुजन खडगी र अजय जर्गामगरले १/१ गोल गरेका थिए भने वारिपारी क्लब हेटौंडाका लागि एक मात्र सान्त्वना गोल अभिषेक बैधले गरेका थिए। आइतवारको खेल पशुपति युवा क्लब मनहरी र बसामाडी सामुदायिक वन समूह ँवी’ बीच हुनेछ। त्यस्तै दोस्रो खेल लेवट सामुदायिक वन समूह र पाथीभरा युवा क्लब हेटौंडाबीच हुने आयोजकले जनाएका छन्।
बसामाडी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १२ ओटा समूहले भाग लिएका छन्। असोज १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी टीमलाई नगद ५ हजार रुपैयां, उपविजेतालाई ३ हजार रुपैयां र अनुशासित टीमलाई २ हजार रुपैयां नगदसहित शिल्ड प्रदान गरिने कार्यक्रम संयोजक धनबहादुर घलानले जानकारी दिए।

राजन पुरी स्मृति फूटबलको फाइनलमा सनराइज
प्रस, हेटौंडा, ९ असोज/
मकवानपुरको मनहरीमा जारी राजन पुरी स्मृति नकआउट फूटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेलबाट सनराइज युवा क्लब हांडीखोला फाइनलमा प्रवेश गरेको छ। सनराइज र द राइजिङ स्टार युवा क्लबबीच भएको खेलमा ६-२ को गोल अन्तरले खेल जित्दै सनराइज फाइनलमा प्रवेश गरेको हो। आइतवार हुने दोस्रो सेमिफाइनल खेलमा मनहरी सामाजिक युवा क्लब र बाढीपीडित युवा क्लब प्रतापपुरबीच हुने आयोजकले जनाएको छ।