प्रस, पर्सा, १० असोज/
राजस्व चुहावट नियन्त्रण सम्बन्धी मध्यमाञ्चल स्तरीय बैठक आज वीरगंजमा सम्पन्न भएको छ। वीरगंज उद्योग वाणिज्य सङघको सभाहलमा आयोजित बैठकले दशै, तिहारलगायत चार्डपर्वहरू नजिक आएकाले सीमा नाकाबाट चोरी पैठारीका घटनामा हुन सक्ने वृद्धि रोक्न मातहतका निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको अर्थ मन्त्रालयको राजस्व फांटका सचिव कृष्णहरि बांस्कोटाले पत्रकारहरूलाई बताए।
बैठकपछि पत्रकारहरूसंग कुराकानी गर्दै अर्थ सचिव बांस्कोटाले भंसार, आन्तरिक राजस्व, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान सबैलाई हाइअलर्टमा रहन निर्देशन दिएको बताए। उनले चार्डपर्वको बखत पारेर चोरी पैठारीका घटनामा वृद्धि हुने हुंदा सबैलाई राखेर उनीहरूको प्रमुखको सहभागितामा नीति बनाएर निर्देशन दिएको बताए। अर्थ सचिवले सुधार खोज्ने हो भने आफूमा सुधार देखाउन आवश्यक पर्ने चर्चा गर्दै पारी गएर खरिद गरिल्याउने कुनै पनि तहका कुनै निकायका व्यक्तिलाई छुट नदिन आफूले सबै भंसार प्रमुखहरूलाई निर्देशन दिएको पनि बताए।
बैठकमा अर्थ सचिव, सहसचिव, उपसचिव, गृहका सहसचिव, अनुसन्धानका महानिरीक्षक, आन्तरिक राजस्वका महानिर्देशक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, सशस्त्रका अतिरिक्त महानिरीक्षक र स्थानीय तहबाट पर्सा, महोत्तरी, सर्लाही, बारा, रौतहट, मकवानपुर र चितवनका प्रजिअहरू, प्रउहरू, भंसार गस्ती, भंसार प्रमुखहरू,र आन्तरिक राजस्वका प्रमुख लगायतको उपस्थिति रहेको थियो।