-शत्रुघ्न नेपाल
पर्सा, बारा जिल्लाका तेस्रो लिङगीहरू पति र पत्नी दुवै भोग गर्नुपर्ने बाध्यता झेल्दै आएका छन्। पर्सामा मात्र सहयात्री समाज (सुरुको नीलहीरा) गठन भए यता तीन वर्षमा ४ हजारको सङख्यामा देखापरेका समलिङगी, तेस्रो लिङगीमध्ये तेस्रो लिङगीहरूले भने पुरुषलाई लोग्ने (पति) को रूपमा र महिलालाई पत्नीको रूपमा दोहोरो भूमिका निर्वाह गर्नुपर्ने बाध्यता रहिआएको देखिएको छ।
सहयात्री समाज पर्साका संयोजक सन्ध्या लामा, जन्मंदा पुरुष अथवा महिला भएर जन्म लिने तेस्रो लिङगीहरूको हकमा सामाजिक र पारिवारिक बाध्यताले विपरीत लिङगीसंग विवाह गर्नुपर्ने अवस्था रहेकोले पर्सा, बारामा मात्र होइन, नेपालमा नै यो समस्या देखिएको बताउंछिन्। पुरुष भएर जन्मनेहरूको शारीरिक विकास पछि महिलाको
रूपमा भए तापनि उनीहरूलाई घर परिवारले विपरीतलिङगीसंग नै विवाह गर्ने परिपाटी, परम्पराले यो समस्या आएको बताउंछिन्।
सहयात्री -नीलहीरा) समाजले गतिविधि सञ्चालन गरेपछि सबैभन्दा ठूलो समस्याको रूपमा तेस्रो लिङगीले
पति र पत्नी दुवैको भूमिका निर्वाह गरेको देखा पर्न आएको उनले बताइन्।
वीरगंजका हरिदेवप्रसाद -नाम परिवर्तन) आफू पुरुषको रूपमा जन्मिएको कारण घर परिवारले महिलासंग विवाह गरिदिएको र निजबाट दुइ छोरी, एक छोरा भए पनि पहिले गोप्य रूपमा र अहिले खुलारूपमा विवाह गरी लोग्ने राखेको स्वीकार्छन्। उनी भन्छन्- पहिले घर परिवारले बुझेन, समाजले नपचाएपछि तत्कालीन घर परिवार र समाजको इच्छानुसार, आफनो हाउभाउ महिलाको जस्तो भए पनि महिलैसंग वैवाहिक जीवनमा बांधिनुपरेको थियो। पछि महिला चरित्र अनुसार पुरुष सर्म्पर्कमा रहे। विवाह पनि गरेको छु उनी भन्छन्।
हरिदेवजस्ता सहयात्री समाजमा पांचजना छन्। जसको घरमा लोग्ने-स्वास्नी दुइटै छन्।
महिलाको रूपमा जन्मेकी सिर्जनाको -नाम परिवर्तन) घरपरिवारले पुरुषसंग विवाह गरिदिएको र हाल आएर पत्नी राखेर बसेको बताउंछन्। सहयात्री समाजमा दुइजना महिला तेस्रो लिङगी र तीनजना पुरुष तेस्रो लिङगी छन्। तेस्रो लिङगीको रूपमा सामाजिक मान्यताका साथै घरपरिवारबाट थोरबहुत सहयोगी भूमिका देखिन थालेपछि अहिले तेस्रो लिङगीको रूपमा आफूलाई चिनाउन चाहनेहरू विस्तारै-विस्तारै र्सार्वजनिक हुंदैछन्। सहयात्री समाज पर्साका संयोजक सन्ध्या लामा भन्छिन्- पच्चीसजनाबाट वीरगंजमा सुरु गरिएको अभियानमा अहिले ४ हजारको सङख्यामा समलिङगी, तेस्रो लिङगीहरू देखा परेका छन्। उनी थप्छिन्- अहिले पनि समलिङगी, तेस्रो लिङगीहरूलाई पर्सा, बाराको सन्दर्भमा मौगा, हिजडा भनेर गिज्याउने परम्परामा खासै कमी आएको छैन। अरु त अरु प्रहरीले समेत यो समूहमाथि ज्यादति गर्ने गरेको छ। झोला खोस्ने, पिट्ने, हप्काउने, धम्क्याउने र गिज्याउनेसम्म काम उनीहरूबाट हुने गरेको बताउंछन् सहयात्री समाजका समलिङगी, तेस्रो लिङगीहरू। संयोजक लामा विभिन्न खाले जनचेतनाका कारण २५ प्रतिशत मात्र सुधार आएको बताउंछिन्।
यसरी हामीजस्तालाई समाजले गिज्याउनुमा आफनो कमी कमजोरीसमेत रहेको बताउन उनी हिच्किचाउन्नन्। हामीमा पनि आकृति अनुसार व्यवहार गर्न नसक्ने कमी कमजोरी छ, जसको कारण हामीलाई गिज्याइन्छ। यसबारे सहयात्री समाजमा साप्ताहिकरूपमा हुने मिटिङमा सदस्यहरूलाई सचेत गर्ने काम भइरहेको उनको भनाइ छ। पर्सा जिल्लाको सन्दर्भमा समलिङगी, तेस्रो लिङगीहरू नाचगान, सानोतिनो होटल व्यवसाय गरेर जीविकोपार्जन गर्दै आइरहेका छन्। सिजनमा नाचगान व्यवसायबाट जीविकोपार्जन सहज भए पनि अन्य बखत यो समुदायलाई निकै गार्हो पर्ने गरेको छ। सामाजिकरूपमा समलिङगी र तेस्रो लिङगीलाई कमै मात्रले जागिर दिने हुंदा यो समुदायमा रहेकाहरू पछि परेको उनको ठहर छ। घरपरिवारले नै हेय दृष्टिकोण राख्दा समाजले पत्याउने कुरै भएन र झन् बढी हिंसाको शिकार भइरहेको संयोजक लामा बताउंछिन्।
सहयात्री समाज नेपाल हाल एचआइभी/एड्स र मानव अधिकारको क्षेत्रमा काम गरिरहेको छ। समलिङगी र तेस्रो लिङगीलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्दा पर्सा जिल्लामा लुकेर बसेका समलिङगी र तेस्रो लिङगीहरू खुलेर र्सार्वजनिक हुन थालेका छन्। अहिले पहिचानको लागि बाहिर आइरहेका समलिङगी, तेस्रो लिङगीहरू पछि गएर हक अधिकारका लागि पनि लड्न सक्ने अवस्थामा पुग्ने विश्वास राख्छिन् संयोजक लामा। उनी भन्छिन्- समाजमा अहिले समलिङगी र तेस्रो लिङगीबारे पनि थुप्रै कन्फयूजन छ। समाजमा धेरैलाई यसबारे बुझन, बुझाउन नसकिएको उनी स्विकार्छिन्।