-ब्रह्माकुमारी रविणा
श्रीकृष्ण जन्माष्टमी भन्नाले ३३ कोटी देवीदेवताहरूमध्ये सर्वश्रेष्ठ परमपूज्य देवरूप श्रीकृष्णको शुभ जन्म दिवसलाई बोध गराउंछ।
प्रायः जयन्ती महापुरुषहरूको मनाउने गरिन्छ। जयन्ती त्यस व्यक्तिको मनाइन्छ, जो जनसाधारणभन्दा उच्च हुन्छ वा जसले जीवनमा देश, धर्म, समाजको लागि महान कार्य गरेको हुन्छ। अर्थात् उसले आफनो जीवनकालमा गरेको कठिन प्रयास र सफलतापश्चात् प्राप्त उपलब्धि, महिमा, गरिमा र उपमालाई प्राथमिकता दिएर
मनाउने गरिन्छ। तर श्रीकृष्णलाई बाल्यकालदेखि नै एक महान्
पूज्यनीय ओजस्वी, तेजस्वी, सम्पूर्ण सुन्दरता एवं गुणहरूले सुसम्पन्न वर्णन गरेको पाउंछौं। साथै नटखट नन्दलाल भनेर पनि वर्णन गरिन्छ अर्थात्
नटखट गर्न मन पराउने।
अझ उहांको रूप-लावण्यको वर्णन गर्दै मनमोहनस अर्थात् सबैको मन मोहने-हर्ने भनिन्छ र उहांको छविर्-दर्शनबाट सबै आत्मालाई अलौकिक सुख प्रँप्त हुने हुंदा नयनाभिराम पनि भनिन्छ। उहांमा एउटा अर्को विशेषता के हो भने बाल्यकालदेखि उहांको हातमा मुरली देखाइन्छ र मुरलीको मीठो धुन बजाएर अरूको मन हर्ने भनिन्छ। श्रीकृष्णको मुरलीलाई नै अति महत्त्व दिनुको भावार्थ कुनै बांसको मुरलीको धुनको कुरा होइन, उहांमा भएको मधुर एवं मीठो अमृतमय वाणीलाई मुरलीको धुनसंग दाज्न खोजेको मात्रै हो। कृष्णको महिमा गान गर्दा "श्रीकृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव" भन्ने गरिन्छ। त्यसबाट के थाहा हुन्छ भने श्रीकृष्ण नै बाल्यकालमा वसुदेव र देवकीको कोखबाट जन्मलिएपछि श्री राधेसंग विवाहपश्चात् वैकुण्ठ अथवा र्स्वर्गको राज्यारोहण हुंदादेखि नै श्रीनारायण र श्रीराधेलाई श्रीलक्ष्मीको नामले सम्बोधन गरिने सत्ययुगी परम्परा अनुसार उहां नारायण हुनुहुन्छ भन्ने कुरा थाहा पाइन्छ। श्रीकृष्णको जन्म कंसको जेलभित्र जन्मेको वर्णन पाइन्छ। त्यसको भावार्थ हो वसुदेव र देवकीजस्तै विश्वमा ३३ कोटी देवीदेवताहरू जब काम, क्रोध, लोभ र अहङकाररूपी कंसको जेलमा पर्दछन् तब श्रीकृष्णको जन्म हुन्छ। सर्वप्रथम ती देवरूप आत्माहरूलाई चतुर्भुजको साक्षात्कार भएर कंसको जेलभित्रका पहरेदारहरू लठ्ठ पर्दा अन्य सबै देवात्माहरूका सम्बन्धहरू समाप्त भएर बन्धनमुक्त हुन्छन्। त्यसपछि श्रीकृष्णको एउटा अर्को रोचक प्रसङग पाउंछौं- महाविनाश भएर जलमग्न हुंदा विश्वको बीचमा पीपलको पातमाथि श्रीकृष्ण बूढी औंला चुस्दै आएको। त्यसको वास्तविकता यही नै हो कि कलियुगको अन्तिम समय र सत्ययुगको शुभारम्भको समय श्रीकृष्ण राजयोग अर्थात् पवित्रताको आधारमा जन्म लिएर आउनुहुन्छ। श्रीकृष्ण नै यस्तो व्यक्तित्व हुनुहुन्छ, जसलाई र्सवाङग सुन्दर भनेर महिमा गान गरिन्छ, किनभने जो पनि महान् व्यक्तिको इतिहास, कीर्ति र गाथा लेखिएको भए पनि सम्पूर्ण क्षेत्रमा प्रतिष्ठित भएको श्रीकृष्ण, जसलाई वैकुण्ठनाथ भनिन्छ, उहांको जन्म सतोप्रधान सृष्टिमा प्रधान तत्त्वहरूबाट भएको हुन्छ। पांच विकारहरूको नाम निशान नै नभएको वातावरणमा जन्मेको कमलासन अर्थात् अङग-अङगमा पवित्रताको निशानी, नयनकमल, चरणकमल, हस्तकमल, मुखकमल सबै अङगहरूको पछाडि कमल शब्द प्रयोग गर्नुको भावार्थ सम्पूर्ण पवित्र स्वरूपको चित्रण गर्न खोजिएको हो। उहां -श्रीकृष्ण) सर्वगुणसम्पन्न भएको हुनाले बालकदेखि नै दोहारो श्रीपेंचधारी देखाइन्छ किनभने एउटा रत्नजडित श्रीपेंच र अर्को पवित्रताको ओजस्वी जीवन देखाइन्छ। यी कुराहरूबाट यही निष्कर्षमा पुग्न सकिन्छ कि श्रीकृष्ण मनुष्य सृष्टिमा सर्वश्रेष्ठ रचनामध्ये उत्तम पुरुष, सर्वगुण सम्पन्न, सोर्ह कलायुक्त, सम्पूर्ण निर्विकारी, मर्यादा पुरुषोत्तम, अहिंसा परमोधर्म भएका विश्वका चक्रवर्ती राजा भई विश्वका स्त्री-पुरुष, देवताहरूको पालना गर्नुभएको छ। गोपाल अर्थात् विष्णु चतुर्भुजरूपलाई शिव भगवान्संग जोडिदिनाले कता-कता बुझन अप्ठ्यारो भए तापनि परमपिता शिव परमात्माले ब्रह्मा मुखद्वारा दिएको ज्ञानको आधारमा देवीदेवता बन्नुभन्दा पहिलाको पिताश्री ब्रह्मा र जगदम्बा सरस्वतीसंग कल्पवृक्षमुनि बसेर राजयोगको अखण्ड तपस्या गरेर श्रीमत् अनुसार आफनो जीवन सञ्चालन गरेर देवपद र देवत्व प्राप्त गरेका थिए। त्यसैले श्रीकृष्णलाई जन्मेदेखि बिनापुरुषार्थ सम्पूर्ण पूज्यरूपमा देखाइन्छ। देवता बन्नुअगाडि पुरुषोत्तम, सङगमयुगमा ब्राह्मण जीवनमा अथक पुरुषार्थ गरी सतयुगी प्रारब्ध गरेको वास्तविकता नै मख्खन चोरेर खाएको भावार्थ हो। श्रीकृष्णको प्रतिमामा धनसम्पत्ति चढाउनुको भावार्थ उहांसंग धन सम्पत्ति कम भएर होइन धनधान्यले भरपूर भएको हुनाले उहांप्रति श्रद्धा र भक्तिपूर्वक धन सम्पत्ति चढाउने गरिन्छ।
उपरोक्त राजरहस्यबाट हामी थाहा पाउन सक्छौं कि कलियुगको अन्त्य र सत्ययुगको सुरुमा पुरुषोत्तम सङगमयुगमा परमपिता परमात्मा शिवले रच्नुभएको अविनाशी राजस्व अश्वमेध रुद्रगीता ज्ञान राजयोगको प्रयोगद्वारा नर त्यस पुरुषार्थमा सफल भएपछि श्रीनारायण बन्न सक्छ र नारी पनि पुरुषार्थपश्चात् श्रीलक्ष्मी बन्न सक्छिन्। श्रीकृष्ण परमात्माकै रचना हुन्। परमपिता निराकार शिव जो र्सवात्माका पिता गोपेश्वर, अल्लाह, खुदा, गड, पापकटेश्वर, सर्वशक्तिवानकै ज्ञान र सहज राजयोगबाट त्यो महान् जीवन प्राप्त गर्न सकिन्छ।
अतः श्रीकृष्ण जन्माष्टमी मनाउंदा उपरोक्त यथार्थ रहस्यलाई बुझेर ती प्रेरणाहरूलाई जीवनमा आत्मसात गर्न सक्छौं। आफनो जीवनलाई पनि श्रीकृष्णसमान पूज्य बनाउन सक्छौं भन्ने गहन रहस्य बुझेर श्रीकृष्ण जन्माष्टमी मनाउनु र्सार्थक र सिद्धिदायक हुनेछ।
-ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंज