-विनोद गुप्ता
साउन २४ गतेको दि हिमालयन टाइम्समा Will Kathmandu Survive Earth Quake (के काठमाडौंले भूकम्प झेल्न सक्नेछ) नामक एउटा लेख पढ्दै थिएं। यसले हामी एकपटक काठमाडौंको जाममा अड्केपछि टैक्सीचालक भाइले दिक्क मान्दै यसलाई सपार्न काठमाडौंमा ठूलो भुइंचालो नै आउनुपर्छ भनेको सम्झन पुगें। र यसैक्रममा हामी आफैं बस्ने शहर वीरगंजमा भुइंचालो आयो भने के होला सोच्न पुगें ? वीरगंज ८ रेक्टर स्केल क्षेत्रमा पर्दछ। अर्थात् भुइंचालोको तीव्र झटका आउने संवेदनशील क्षेत्र हो र तीव्रता एवं समयको आधारमा यो विनाशकारी हुन सक्छ।
यस कुरालाई मध्यनजर राखी वीरगंजमा भुइंचालो गयो भने सार्वजनिक एवं निजी भवन तथा क्षति न्यूनीकरणको हाम्रो तयारीबारे विचार गर्न थालें। वीरगंजका अधिकांश सार्वजनिक भवनहरू पुराना एवं जीर्ण छन्। नयां बनेका केही भवनहरूजस्तै नाउक्षेको ऐश्वर्य प्रसूति गृहबाहेक अन्य नयां भवनहरू पनि भूकम्प प्रतिरोधी छन् वा छैनन् भन्न सकिंदैन। ४ वटा डन्डी र रिङग हालेर पक्की संरचनाको रूपमा ठड्याइका अधिकांश घर (झन्डै ९० प्रतिशत) भूकम्प प्रतिरोधी छैनन्। किनभने यस्तो घरहरूको नक्सा पास गर्दा ँएसओपी’ को व्यवस्था गरिएको छैन। भवन निर्माण विभागले सार्वजनिक भवनको गुणस्तर निर्देशिका जारी गरेको भए पनि सरकारी वा सार्वजनिक भवन निर्माणमा त्यसको पालना नभएको उदाहरणहरू कुनै एकदिन दिउंसो भुइंचालो गयो भने सबैभन्दा पहिले बिजुली सेवामा अवरोध पुग्नेछ। जसले सञ्चारका सबै माध्यमहरू टेलिफोन, मोबाइल, रेडियो र टेलिभिजन बन्द हुनेछन्। प्रायः लोग्ने मानिसहरू कार्यालय वा पसल वा सडकमा हुनेछन् र महिलाहरू घरमा, बच्चाहरू स्कूलमा। यिनीहरूबीच आपसी सञ्चार हुने छैन। त्यसैले सबै सम्भव भएसम्म आ-आफनो घरतिर लाग्नेछन्। यसक्रममा सबैभन्दा बढी अप्ठेरो स्कूलमा रहेको नानीहरूलाई पर्नेछ। अधिकांश विद्यालयका घरहरू भाडाका छन् जसलाई प्राकृतिक विपदा व्यवस्थापनको दृष्टिले हेरिएको छैन। त्यस्ता भवनहरूमा आपतकालीन सिंढी छैनन् भने कक्षा कोठाहरूमा समेत एउटै ढोका र त्यो पनि घरायसी प्रयोजनको लागि बढीमा ३ फिटसम्म चौडाइ भएको हुन्छ। यस्तो अवस्थामा भूकम्पको झटका महसुस हुने बित्तिकै विद्यार्थीहरूबीच भागाभाग हुनेछ जसमा पहिलो कक्षा कोठाको ढोका र त्यसपछि भर्याङमा किचिने सम्भावना सबैभन्दा बढी हुनेछ। तेस्रोमा यस्तो विपदाबारे तालिम नपाएका पालेहरूले पूरै ढोका नखोल्दा वा व्यक्तिगत प्राणरक्षाको लागि त्यहांबाट भागेमा ठूलो क्षति हुने सम्भावना देखिन्छ। कार्यालय वा पसलमा कार्यरत र घरमा रहेका महिला, पुरुषहरूमध्ये कतिले घरबाहिर निस्केर ज्यान जोगाउन सक्नेछन् त्यो भूकम्पको वेग र समयमा निर्भर हुनेछ।
त्यसैगरी भुइंचालो राति गएमा स्त्री, पुरुष र बच्चाहरू सबै घरमा रहेको बेला भूकम्पको तीव्रता बढी भएमा बढी क्षति र कम भएमा कम क्षति हुने देखिन्छ। यस्तोमा धनको क्षतिका साथै जनको समेत क्षति हुनेछ। धनको क्षति रोक्न सेना, प्रहरीलगायत उद्धार टोली परिचालन गर्नुपर्नेछ भने जनको क्षति रोक्नसमेत प्रहरी, सेना र स्वयंसेवकको टोली परिचालन गर्नुपर्नेछ। यसमा मृतकहरूको लागि शववाहन सेवा र दहन सेवा दुवै आवश्यक पर्नेछ। साथै क्षति न्यूनीकरण गर्न घाइतेहरूमध्ये गम्भीरलाई उच्चस्तरको स्वास्थ्य सुविधा र सामान्यलाई प्राथमिक वा मध्यमस्तरको उपचार एवं औषधि आवश्यक पर्नेछ। यसको लागि विद्युत् र भवनको अभावमा सघन उपचारमा बाधा पर्नेछ भने मध्यमस्तरको उपचारको लागि नेशनल मेडिकल कलेजको १००० शय्या, आफैं क्षत्रि्रस्त नभएमा धान्न सक्नेछ तर त्यहां पनि पूर्वतयारी नभएर अनिश्चितता हावी रहने छ। त्यस कलेजसंग आफनो विपदा व्यवस्थापन कक्ष समेत रहेकोले छोटो अवधिको उपचार हुन सक्नेछ। तर त्यसको लागि उद्धार टोलीहरूलाई कस्तो घाइतेलाई कहां लिएर जाने भन्ने जानकारी आवश्यक पर्नेछ। यस जानकारीका साथै एम्बुलेन्सहरू आवश्यक पर्नेछन् र ती एम्बुलेन्स चलाउन चालकहरू। आ-आफनो र परिवारको ज्यान जोगाउन छोडेर कति चालकहरू तालिम र उत्प्रेरणाबिना स्वेच्छाले यो सेवा दिनेछन् भन्ने कुरामा मानवीय क्षति भर पर्नेछ। त्यस्तै स्वास्थ्यकर्मीहरूजस्तै चिकित्सक लगायतका सहायताकर्मीहरूको भूमिका औषधिपसल सञ्चालकहरूको मानवीय संवेदनाले पनि त्यत्तिकै महत्त्व राख्नेछ।
धन र जनको उद्धारमा आवश्यक उपकरण तथा सेना, प्रहरी एवं स्वयंसेवकहरूको परिचालन कसले कहांबाट गर्नेछ। विद्युतीय सुविधा सुचारु गर्ने र सञ्चार सुविधा चालू गर्न विशेष प्रयास चाहिने छ। यसबिना प्रोपगन्डाले मानवीय जीवन झन् कष्टकर बन्न सक्नेछ।
तर्सथ यस्तो प्राकृतिक विपदामा क्षति न्यूनीकरणको लागि भौतिक सामग्रीका साथै मानवीय संवेदना पनि आवश्यक पर्नेछ। भौतिक सामग्री र मानवीय संवेदना दुवै उपलब्ध भए पनि कसरी, कहांबाट के गर्ने भन्ने जानकारीको अभावमा उद्धार कार्यमा समन्वय हुनसक्ने छैन, जसले गर्दा क्षति बढ्दै जान सक्छ। तर्सथ क्षति न्यूनीकरणका लागि स्थानीय सरकार (नगरपालिका), रेडक्रस, स्काउट, सेना, प्रहरी, ठूला संसाधन भएका व्यक्ति वा पार्टी, औषधि व्यवसायी, चिकित्सक एवं टेन्ट हाउसहरूलाई समेटेर बृहत् कार्ययोजना तयार गरी प्राथमिक सेवा केन्द्र राख्न सकिने खुला स्थान, गम्भीर उपचारको लागि तोकिएको अस्पतालमा घाइतेहरूलाई पुर्याउने, एम्बुलेन्स चालक, चिकित्सक र औषधि बिक्रेतासमेतले उपलब्ध गराउनुपर्ने सेवा र स्थानबारे सार्वजनिक जानकारी गराउन सकिएमा क्षति न्यूनीकरण हुन सक्नेछ।
वीरगंजमा यसबारे कति गृहकार्य भएको छ र कसले गरेको छ एवं सरोकारवालाहरू यसबारे कति सुसूचित छन् भन्नेबारे मलाई जानकारी छैन। यस्तो बृहत् कार्ययोजना तयार गरिएको छ भने यसको पटक-पटक अभ्यास कम्तीमा वर्षमा दुइपटक भइरहनुपर्ने हो र भएको छैन भने गर्ने कुनै निकाय वा निकायहरूलाई समन्वय गरेर गराउने कुनै उच्च निकाय छ भने यतातर्फ विचार गरिदिएमा ठूलो मानव सेवा एवं उपकार हुनेछ। अन्यथा देवाधिदेव महादेवको यस पुण्यभूमिमा प्रधानमन्त्रीबिना नै चल्न सकेको देशमा वीरगंजमा गएको भूकम्पले के नै बिगार्ला र ! सांच्चिकै कुनै दिन भूकम्प गएर बांचिएछ भने ऐतिहासिक महत्त्वको स्मरण लेखौंला !