नूतनदेव
नेपालमा आज पनि कुनै देउताको बढी माहात्म्य गाइन्छ भने ती हुन्, श्रीकृष्ण। हुन त नेपाल पशुपतिनाथको देश हो। नेपालको राष्ट्रिय देउता नै पशुपतिनाथ हुन्। यति भन्दा आज धर्मनिरपेक्ष भएको मुलुकको बासिन्दाहरूलाई अर्को पिरलो नआइपरोस् नि १ यो मुलुक खांटी हिन्दूहरूले कज्याएको भएको हुंदा यसो भनिएको हो। अं कुरा श्रीकृष्णको चल्दै थियो। कृष्णले कुब्जाजस्ती कुरूपा र अपाङगलाई निमेषमा साङग र रूपवती बनाइदिएर प्रकृतिमाथि विजय प्राप्त गरेको उद्घोष गरेका थिए।
नेपाल धार्मिक देश थियो। यहां अधार्मिक र नास्तिकजस्ताको कुनै स्थान थिएन। तर कलिकालले थिच्दै ल्याएर यहीं पुण्यभूमिमा यस्ता मानवहरू जन्मिए जसले कृष्णले जस्तै प्रकृतिमाथि विजय प्राप्त गरेको घोषणा गरे। झापा आन्दोलनको नाउंमा वामपन्थीहरूले मानिसको उंचाइ छ इन्ची कम गर्ने पौरख गरे। भनिन्छ नेपालमा आदिकालमा अघोरपन्थ, तान्त्रिक विद्या आदिको प्रचुर प्रचार भएको थियो। तन्त्रविद्या र अघोरपन्थमा लागेकाहरूलाई वाममार्गी भन्छन्। त्यही अनुसार विश्वमा पछिल्लो समयमा उदाएर अघिल्लै समयमा अस्ताएको एउटा राजनीतिक वाद निस्कियो, वामपन्थस जसका अनुयायीहरूलाई वामपन्थी भनिन्छ। वाममार्गीजस्तै वामपन्थीहरू पनि अघोर साधनाका हिमायती हुन्छन्। स्वभाव र आचारविचार दुवैको एकै हुन्छ, फरक एउटा मात्र, एउटाको इष्टदेव भगवान् हुन्छ अर्कोको सत्ताजन्य शक्ति। परलोकमा इश्वर जति शक्तिमान छन्, इहलोकमा सत्ता र शक्ति पनि त्यतिकै गरिमामय छ।
कलि लागेपछि देवताहरू निर्बल हुन्छन् पुराणादिका बखानकर्ताहरूले भनेको सुनिएको थियो। किनकि कलियुगमा मानिसहरू अधार्मिक हुन्छन्। पृथ्वीमा धर्मर्-कर्म नहुंदा देवताहरूले पोषण पाउंदैनन्। त्यसैले उनीहरू निर्बल हुन पुग्छन्। मानिस र देवता एकअर्काका पूरक रहेछन्। मानिस अधार्मिक हुंदा देवताहरू निर्बल हुने र देउताहरू निर्बल भएपछि मानिस पनि नैतिक पतन भएर अधोमुखी हुने। त्यही सूत्र वामपन्थीहरूमा पनि लागू भएजस्तो लाग्छ। सत्ता र शक्ति अहिले नेपालमा जति फितलो भएको छ त्यति पृथ्वीनारायणा शाहको मृत्युपछि पनि भएको थिएन। त्यसैले एकजना धुरन्धर वामपन्थी भर्खर हिजो पक्राउ परे। राज्यकाज चलाउने, सत्तालाई नै इष्ट मान्ने वामपन्थी पनि सत्ताकार्य गर्दा पक्राउ पर्नु भनेको उदेकलाग्दो कुरो हो। जसरी कृष्णको पालामा यदुवंशीहरू आपसमैं काटमार गरेर नासिए, त्यसैगरी यी वामपन्थीहरु काटमार गर्दैछन्। यिनका अहिले नै बीसौं गुट-उपगुट छन्। यसरी यिनको प्रभावक्षेत्र मलिन भएको छ। त्यसमा पनि जो अलि हैसियत भएको गुट छ, उसको तुजुक हेरौं त कति रापिलो छ १ झापालीहरूले मानिसलाई ६ इन्ची छोटो पार्थे यी त जमातका जमातलाई सिध्याइदिन्छन्। कहिले कोटेश्वरको साहुलाई उपरखुट्टी लगाइदिन्छन्, कहिले आफनै सगोत्री मुलुकका निवासीको डलर डकार नै नलिई पचाइदिन्छन्। यिनका चर्तिकला बयान गरी साध्य छैन। त्यसै पन्थका एकजना समातिनु अवसादकै विषय हो।
यो निश्चय नै कलिको प्रभाव हुनर्ुपर्छ। अन्यथा मानिसलाई ६ इन्ची सानो बनाउने सामर्थ्य राख्ने वामपन्थी किन यति हुतिहारा हुन्थ्यो कि जाबो एक लाख रुपियां खाएको आरोपमा पक्राउ पर्ने। यो घोर कलियुगको उदाहरण हो। नेपालमा घूस नखाने त्यही व्यक्ति हो जसले घूस खाने अवसर पाएको छैन। अन्यथा आज कसले छातीमा हात राखेर भन्न सक्छ, मैले घूस खाएको छैन। घूस खानु नराम्रो पनि होइन। नराम्रो त पक्राउ पर्नु पो हो। पक्राउ पर्नु भनेको क्ष्ँमतामा कमी हुनु हो। पौष्टिक आहार खाऊ कसले भन्दैन। तर पेट ब्रि्रेको बिरामीलाई पौष्टिक आहार पच्दैन। यो पौष्टिक आहारको दोष होइन, पचाउन नसक्ने व्यक्तिको दोष हो। त्यसैले घूस खानु अनुचित होइन, घूस खाएको कुरा दसीसहित सार्वजनिक हुनु नराम्रो हो।
नेपालमा आज मानिसहरूले ठूलो स्तरमा हवाईजहाज खाएर पचाएका छैनन् कि, सिमेन्ट र जग्गा पचाएका छैनन् - नेपालका टाठाबाठाहरूले सुन खाएका छन्, चांदी पचाएका छन्। सानो स्तरमा दिनहुं विधवाहरूको भत्ता, वृद्ध-वृद्धाहरूको भत्ता, दलित भत्ता गाविस सचिवहरूले पचाएकै छन्। कामै नगरेर शिक्ष्ँकहरुले तलब पकाएकै छन्। गाउं-टोलमा जन्मंदै नजन्मेका अनिल, सुनील, नीलिमा आदिको विद्यालय रजिस्टरमा नाम लेखेर सरकारको ढुकुटी प्रधानाध्यापकहरूले रित्याएकै छन्। आफैं बोक्सी आफैं झांक्री बनेर सामुदायिक, साझा वनका पदाधिकारीहरू र वन रक्षकहरूले ँहरियो वन मेरो खल्तीको धन’ बनाएकै छन्। भनाइको तार्त्पर्य के भने गरिष्टभन्दा गरिष्ट र अरिष्टभन्दा अरिष्ट कुरो पचाउने क्षमतावान नेपालीको सन्तान भएर जाबो एक लाख पचाउन नसक्नेलाई के क्षमताको आधारमा सभासद् बनाइयो कुन्नि १ गरिष्ट कुरो पचाउनेहरूको लाममा बसेर जाबो कागजको खोस्टा पचाउन नसक्ने मानिस पनि के मानिस - यिनी पूर्ण क्षमतावान भइदिएको भए पांच लाख खान पाउंथे। तर आन्द्रा नै बलियो रहेन छ। एक लाखमैं भरियो। अपच भएर यसरी अपानवायु निस्तार भयो, पिनास भएको अख्तियारले पनि सुंघ्न भ्यायो।
नेपालमा यसरी दसीसहित शक्तिशाली व्यक्ति पक्राउ परेको घटना पहिलो नै होला क्यार। पक्राउ नपरेको भए अखबारहरूले लेख्थे, रेडियोहरूले फलाक्थे, टेलिभिजनहरूले देखाउंथे, साबित कसैले गर्न सक्दैनथ्यो। आज सर्वत्र डिबी कार्कीप्रति सहानुभूति व्यक्त गरिंदै छ। यस कारण होइन कि उनी प्रहरीको खोरमा थुनिएका छन् अपितु यस कारण कि क्षमता नभएको हुंदा उनी समातिए। नसमातिएको भए एउटा नेपालीको छोरो लखपति बन्न पाउंथ्यो। प्रत्येक नेपालीलाई कार्कीप्रति सहानुभूति छ। हे नेपालका आमाहरू १ सन्तान त जन्माऊ तर क्षमता नभएका, खाएर पचाउन नसक्ने सन्तान नजन्माऊ। नेपाललाई त यस्तो सन्तानको आवश्यकता छ जसले अझ बढी, अझ गर्हुंगो वस्तु खाएर पचाउन सकोस्। नेपालको शिर ठाडो पार्ने हिमाल स्वात्तै निल्न सकोस्, अझ भोक मेटिएन भने नेपाल नामक भूगोलको टुकडा खाएर दांत कोटयाउंदै देश चाहारेर चैनको न्रि्रा सुत्न सकोस्।