-मुकेश बस्नेत
इमेल र कम्प्युटर ह्याकिङबारे सबैलाई जानकारी नै होला तर आजभोलि हर्ैकर्सहरूको पहुंच मोबाइल फोनसम्म पुगेको छ।
मानव जीवनको अभिन्न वस्तु बन्न पुगेको मोबाइल पनि अब ह्याकर्सले सजिलैसंग ह्याकिङ गरी मोबाइलभित्र रहेको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्छ। कारण्ँ मोबाइल/सेलफोनमा लगाइने चिप कसरी बनाइएको छ यस कुराको पत्ता हयाकर्सले सजिलैसंग लगाउन सक्छ र तपाईंको मोबाइल ह्याकसमेत गर्न सक्छ। धेरैजसो जीएसएम प्रविधिबाट बनेको मोबाइललाई हयाकर्सले ह्याक गर्छन्। त्यस मोबाइललाई ह्याक गर्न केवल केही हार्डवेयरको आवश्यकता पर्छ जुन मज्जाले मोबाइलसंग सम्पर्क हुन सक्छ। केही इलेक्ट्रोनिक्सबारे जानकारी भएको हयाकर्सले तपाईंको फोन हयाक गरी मोबाइलभित्र रहेको मेमोरी कार्डको सम्पूर्ण जानकारी चोरेर दुरुपयोग गर्न सक्छ।
यस प्रकारको ह्याकिङको लागि केवल ४-५ मिनेटमात्र हैकरले तपाइको मोबाइल उपयोग गर्छ किनभने तपाईंको मोबाइलबारे जानकारी नभएसम्म ह्याकिङ सम्भव छैन। तर्सथ तपाईंले कुनै पनि अपरिचित व्यक्तिको हातमा मोबाइल दिनुपूर्व विचार गर्नुहोस्।
विज्ञान प्रविधिको विकाससंगै ह्याकर्सहरूले मोबाइल ह्याकिङ गर्ने नयां नयां तरिकाहरू अपनाउंदै आएका छन्। अर्को तरिका हो - ह्याकर्सहरूले भीडले भरिएको स्थानमा एउटा ल्यापटपमार्फत् मोबाइल फोनमा रहेको ब्लूटुथसंग सम्पर्क गर्छन्। ल्यापटपमा रहेको हयाकिङ सफटवेयर एक्टिभेट गरी एन्टेनाको सहयोगमा अन्य मोबाइल फोनको ब्लूटुथको सिग्नल समातेर तपाईंको मोबाइल र मेमोरीभित्र भण्डारण भएको सम्पूर्ण जानकारीहरू ल्यापटपमार्फत् प्राप्त गर्न सफल हुन्छन्।
यस्ता मोबाइल ह्याकर्सहरूबाट जोगिन ब्लूटूथको उपयोग जथाभावी गर्न हुंदैन। अन्य बेलामा ब्लूटूथलाई अफ गर्न अथवा इन्विजिबल मोडमा राख्दा सुरक्ष्ँित हुन्छ।
त्यस्तै अर्को तरिका छ- मोबाइल फोनमा पार्सवर्डको प्रयोग गर्ने र फोनलाई समय- समयमा अपडेटसमेत गर्ने। यसो गर्दा ह्याकर्सले ह्याक गर्ने संभावना न्यून हुन्छ।