सङकलन तथा पुनर्लेखन-प्रताप श्रेष्ठ
नेपालको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउंदै आएको छिमेकी मित्र राष्ट्र भारतले भारत-नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत नेपाललाई सहयोग दिने क्रम निरन्तर जारी राखेको छ। शिक्षा, स्वास्थ, ग्रामीण विद्युतीकरण, तटबन्ध तथा बांध निर्माण, खानेपानी, कृषि, वातावरण संरक्षण तथा पर्यावरण सन्तुलन एवं द्वन्द्वपछि पुनर्निर्माण र शान्ति पुुनर्स्थापना साथै पूर्वाधार निर्माणको क्षेत्रमा भारतले उल्लेखनीय योगदान पुर्याउंदै आएको छ।
नेपालका लागि ठूला-साना करिब ४०० भन्दा बढी परियोजना सञ्चालन गरेको मित्रराष्ट्र भारतले कैयन महत्त्वाकाङक्षी ठूला परियोजनाहरू पनि सञ्चालन गरेको छ। विशेषगरी नेपाल-भारत सीमा क्षेत्रस्थित सीमापार पूर्वाधार विकासलाई महत्त्व दिएर सञ्चालन गरिएका परियोजनाहरूमध्ये संयुक्त सीमा जांच चौकी निर्माण, रेलसेवा विकास, तराइ सडक पूर्वाधार र महेन्द्र नगर-टनकपुर सडक निर्माण परियोजना रहेका छन्, जुन परियोजनाहरू निर्माण सम्पन्न भएको अवस्थामा सीमाक्षेत्र तथा तराइको काया पलट हुनुका साथै नेपालको आर्थिक विकासमा कायापलट हुन सक्छ।
संयुक्त जांच चौकी निर्माण
यस परियोजना अन्तर्गत भारत-नेपाल सीमामा पर्ने मुख्य चारवटा जांच चौकी भंसार बिन्दुलाई आधुनिकीकरण गर्ने रहेको छ। वर्तमान भंसार नाकाहरूको संरचनाभन्दा अलग किसिमको अत्याधुनिक संयुक्त जांच चौकी निर्माण गर्ने हो। मुलुकका मुख्य नाकाहरू १) रक्सौल-वीरगंज, २) सुनौली- भैरहवा, ३) जोगबनी-विराटनगर र ४) रुपैडिहा- नेपालगंजसमेत चारवटा संयुक्त जांचचौकी निर्माण परियोजनाका लागि अनुमानित लागत नेरु ५०९.९ करोड रहेको छ।
सन् २००५ मा नेपाल भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको उक्त परियोजना अन्तर्गत भारतीय गृहमन्त्री पी. चिदम्बरम्ले सन २०१० अप्रिल २४ तारिख रक्सौलमा र २०१० जून २४ मा भारतीय गृह राज्यमन्त्री एम. रामचन्द्रनले जोगबनीमा शिलान्यास गर्नुभएको छ। रक्सौल-वीरगंज संयुक्त जांच चौकीका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया सम्पन्न भएर निर्माण कम्पनीले काम सुरु गर्ने चरणमा पुगेको छ।
उता जोगबनी-विराटनगरका लागि जग्गाको टुङगो लागिसकेको छ भने नेपालगंजको कार्य सुचारु गर्ने निर्णय भइसकेको छ। संयुक्त सुरक्षा जांचचौकी निर्माण कार्य सुरु भएपछि सम्पूर्ण कार्यसम्पन्न नभएसम्म निरन्तर चलिरहने परियोजना हो। नेपाल र भारत दुवर्ैतर्फ जग्गा अध्रि्रहण गरेर भारतीय सहयोगमा निर्माण हुने उक्त चौकीहरू निर्माणपछि दुवै मुलुकका नागरिकलाई स्वतन्त्र र सहजरूपमा आवगमन गर्न सुविधा हुनेछ। यसले भंसार क्लियरिङगमा समेत सहज हुने भएकोले त्यसबाट नेपालको अर्थतन्त्रमा प्रत्यक्ष फाइदा पुर्याउने छ।
रेलसेवा विकास
भारत सरकारले करिब १३२७ करोडको लागतमा नेपाल-भारत सीमाक्षेत्रका पांच बिन्दुमा रेलसेवा विस्तार गर्ने भएको छ। भारतीय रेल सञ्जालसंग जोडेर विस्तार गरिने उक्त परियोजना अन्तर्गत १) जयनगर- बर्दिवास २) जोगबनी- विराटनगर ३) नौतनवा- भैरहवा ४) नेपालगंज सडक - नेपालगंजर ५) न्यु जलपाईगुडी -भारत) -कांकडभिटा, पानीटयाङकी रेलसेवा निर्माण गर्ने रहेको छ।
सन् २०१० फरवरी १६ मा नेपाल तथा भारत सरकारबीच सम्झौता भएको सो परियोजना अन्तर्गत हाल जयनगर- बर्दीवास र जोगबनी-विराटनगर नेपाल खण्डको नक्साङकन कार्य अन्तिम चरणमा पुगेको छ। नक्साङकनलगत्तै निर्माण कार्य प्रारम्भ गरिने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।
तराइमा सडक पूर्वाधार विकास
मित्रराष्ट्र भारतको सहयोगमा अनुमानित नेरु १२४१.६ करोडको लागतमा सम्पन्न हुने यस परियोजना अन्तर्गत नेपालको तराइ क्षेत्रमा २० वटा सडक निर्माण हुनेछन्। पहिलो, दोश्रो र तेश्रो चरण गरी तीन चरणको, ६ भागमा निर्माण सम्पन्न गरिने तराइ सडकको कुल लम्बाइ ६४० किमि रहेको छ।
तराइलाई पूरै सडक सञ्जालले जोड्ने यस परियोजनाका लागि जग्गा अध्रि्रहण भइसकेको छ। सडक निर्माणको लागि उपयोगिता बांडफांड र बोलपत्र आह्वानकार्य सुरु भएको छ। तराइ सडक पूर्वाधार विकास परियोजनाका लागि नेपाल-भारत दुवै राष्ट्रका सरकारबीच सन् २०१० जनवरी १५ मा सम्झौता भएको हो।
महेन्द्रनगर टनकपुर सडक परियोजना
पश्चिम नेपाललाई भारतको दिल्ली लगायत महत्त्वपूर्ण सहरहरूसम्म सहज सम्पर्क गराउन सक्ने यस सडक परियोजना निर्माणका लागि अनुमानित लागत नेरु ६४ करोड रहेको छ। एसियाली राजमार्ग परियोजना मापदण्ड अनुसार निर्माण हुने यो परियोजना तराइ सडक परियोजनाभन्दा छुट्टै परियोजना हो।
महेन्द्रनगर-टनकपुर सडक परियोजना निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २००३ जनवरी २ मा सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। मापदण्ड पुनरावलोकन अन्तिम चरणमा पुगेको उक्त परियोजना निकट भविष्यमैं सुरु हुने तयारीमा छ।
नेपालका सम्माननीय राष्ट्रपतिको १६ फरवरी मा भएको भारत भ्रमणका क्रममा नयां हवाई सेवामा नेपाल भारतबीच हस्ताक्षर भएको छ। यस सम्झौता अन्तर्गत दुइ देशहरूबीच हुने हवाई सेवामा प्रतिहप्ता ६ हजार सिट क्षमताबाट बर्ढाई भारतका ६ मेटङा् स्टेशनहरु -दिल्ली, मुर्म्बई, कोलकाता, चेर्न्नई, हैदराबाद तथा बैंगलोर) तथा नेपालका ७ बिन्दुहरू -काठमाडौं, पोखरा, भैरहवा, विराटनगर, नेपालगंज, जनकपुर, धनगढी) बाट कुनै पनि दिशामा उडान गर्दा प्रतिहप्ता ३० हजार सीट क्षमता पुर्याएको छ।
भारतका अन्य २१ शहरहरूबाट समेत नेपालका कुनै पनि बिन्दुमा बिना रोकटोक हवाई जहाज र सीट क्षमता अनुसार हवाई सेवा सञ्चालन गर्न यसले अनुमति दिएको छ। भारतका २१ शहरहरूमा अहमदाबाद, अमृतसर, औरङगाबाद, भुवनेश्वर, कालीकुट, कोचिन, गया, गोआ, गुआहटी, जयपुर, खजुराहो, लखनऊ, पटना, पोर्ट ब्लेयर, तिरुअनन्तपुरम, तिरुचिरापल्ली, वाराणसी, विशाखापथम, बागडोग्रा, देहरादुन, गोरखपुर पर्दछन्।
सांस्कृतिक सम्पदाको संरक्षण
-क) नेपाल भाषा परिषदको जीर्णोद्धारका लागि रु ५२.४ लाखको सहयोग
जून ४, २०१० मा आयोजित एक र्सार्वजनिक समारोहमा भारतीय राजदूतले साना विकास परियोजना कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु ५२.४ लाखको सहयोगमा काठमाडौं नरदेवीस्थित हालै जीर्णोद्धार गरिएको नेपाल भाषा परिषदको उदघाटन गर्नुभयो।
-ख) ललितपुर जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका निर्मित सम्पदाहरुको जीर्णोद्धार कार्यको लागि नेरु ३.२६ करोडको सहयोग ः
राजदूतले जून १०, २०१० मा नापीचन्द्र महाविहार, ललितपुरमा आयोजित एक र्सार्वजनिक कार्यक्रममा ललितपुर जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका निर्मित सम्पदाहरूको जीर्णोद्धार कार्यको शिलान्यास गर्नुभयो। ललितपुर जिल्ला र आसपासमा अवस्थित निम्न पूर्वाधारहरुको जीर्णोद्धारका लागि भारत सरकारको नेरु ३.२६ करोडको सहयोग रहेको छ ः-
क. नापीचन्द्र महाविहार -एक ऐतिहािसक बुद्धस्थल) पुनर्स्थापना, ख. शङखमुलस्थित समाधिस्थल निर्माण तथा पुनर्स्थापना, ग. दौबहाल द्वार सुधार/निर्माण, घ. कृषक समाज गृहको पुनर्निर्माण, ङ. इन्द्रायणी पार्कमा यात्रु दिर्घा पुनर्स्थापना, च. मच्छिन्द्र बहालमा बगैंचा विस्तार, छ. नबहालमा पुष्पपात्रहरू निर्माण, ज. लोककीर्ति महाविहारको मरम्मत तथा विस्तार र झ. मन्छिन्द्र बहालमा पेटी तथा द्वारहरू निर्माण।
यी परियोजनाहरुले नेपालका प्रचुर सम्पदाहरुको पर््रवर्द्धन र संरक्षण गर्न भारतले दिएको महत्त्व झल्काउनुका साथै दुइ घनिष्ट छिमेकी मित्रहरुबीच सांस्कृतिक क्षेत्रमा विद्यमान दरिलो तथा निकट सम्बन्धलाई दर्शाउंछ।
छिमेकी मित्रराष्ट्र भारतले असल मित्र तथा आत्मीय हितैषीको हैसियतले सीमापार पूर्वाधार विकासका लागि अनुदान सहयोगस्वरूप सञ्चालन गर्ने परियोजनाहरू नेपाल-भारतबीच परम्परागत बहुआयमी सम्बन्धकै निरन्तरता हो। वर्तमान विश्व परिपे्रक्ष्यमा नेपाल भारतबीच ऐतिहासिक र परम्परागत सम्बन्धलाई शब्दले मूल्याङकन गर्नु गलत हुनेछ। सहयोगको यस सम्बन्धलाई अद्वितीय र अकाट्य मान्न सकिन्छ।