जगदीश शर्मा .
अचेल देखावटी रूपमैं भए पनि वृक्षरोपण गर्ने चलन छ। रूख-बिरुवा, वन-जङगलको महत्त्व नबुझेर वा स्वार्थको वशीभूत भएर नेपालको मात्र होइन, विश्वकै वन-जङगलको विनाश भइरहेको छ। नेपालमा यसको असर किन पनि सर्वथा प्रतिकूल छ भने यो मुलुकसंग संसाधन विकसित गर्ने साधनको कमी र साधन प्रयोग गर्ने जागंरको सर्वथा अभाव छ। वन-जङगलको विनाशले पृथ्वीको हरियाली हराएको त छंदैछ, जमीनलाई बन्जर पनि बनाइरहेको छ। अहिले त विश्व समुदायले वातावरणमा कार्बन उर्त्र्सजन थोरै गर्ने तथा उत्र्सर्जित कार्बन शोषण गर्ने मुलुकहरूलाई आफूले पुर्याएको क्ष्ँतिको भर्पाईस्वरूप अनुदान दिइरहेका छन्। जुन मुलुकको जति बढी वन-जङगल क्षेत्र छ उसले त्यति नै बढी अनुदान वा आर्थिक लाभ प्राप्त गर्न सक्दछ। यस दृष्टिले पनि वृक्ष्ँको महत्त्व निकै छ।
प्राचीन नेपाली समाजमा वन-जङगलबाहेक गाउं बस्तीमा वर, पीपल, नीम, आंप, पाकड, महुआ, कदम्ब, अशोक जातका छायादार वृक्षहरू लगाउने चलन थियो। यी वृक्ष्ँहरूको गुण आज सबैले बिर्सिसकेका छन् र पिपल, विकासे अशोक, धूपी, युक्लिपिस र क्रिसमस ट्री भनिने विदेशी वृक्षहरू लगाउने चलन बढेको छ भने आर्थिक लाभका लागि सिसौं, टिक जातिका वन्य वृक्षहरू लगाउने गरिएको छ। विदेशी वृक्ष्ँहरू हेर्नमा राम्रा र गाउं-नगरको शोभा बढाउन सक्ष्ँम छन् तर यिनले नेपाली संस्कृति, भूगोलको औचित्यलाई पूरा गर्दैनन्। हामीकहां खेतीमा सहायक हुने, छाया दिने, वषर्ातको पानी सङग्रह गर्ने, पशुहरूलाई आहार दिने, रोग-व्याधिमा उपयोगीलगायत विभिन्न विशेषतायुक्त रूख-बिरुवा नै वाञ्छनीय हुन सक्छन्। तर्सथ वर र पिपलजस्ता प्रत्यक्ष्ँतः अनुपयोगी देखिएका वृक्ष्ँहरूलाई धार्मिक महत्त्व दिएर संरक्षण गर्ने चलन थियो। पश्चिमा संस्कृतिले हाम्रो समाजको प्रत्येक व्यवहार, चलनमा खग्रास लगाए जस्तै वृक्ष्ँरोपण सम्बन्धी हाम्रो पारम्परिक अवधारणमा पनि हस्तक्षेप गरेको छ। त्यसैले प्रत्यक्ष्ँ एवं परोक्ष बहुउपयोगी यी वृक्षहरू अचेल शहर बजारबाट मात्र होइन गाउंघरहरूबाट समेत विस्थापित हुंदै गएका छन्। नेपालका आधुनिक नगरहरूबाट पारम्परिक रूख बिरुवाहरूलाई विस्थापित गर्दै नगरका प्रशासक, वन कार्यालयहरू वृक्ष्ँरोपणको नाममा सोद्देश्य लक्ष्य बिर्सेर कृत्रिम हरियाली जगर्ेना गर्न कम्मर कसेर लागेका छन्।
वीरगंज उपमहानगरपालिकाले घण्टाघरदेखि आरम्भ भएको चारलेन सडकको विभाजक स्थलमा नीम, आंप महुआ, मौलश्री कदम्बजस्ता छायादार रूख नरोपेर किन धूपी र साबु ट्रीजस्ता वृक्ष रोजेको - पक्कै पनि जानकारीको अभाव र परम्परागत वृक्षहरूको बिरुवा खोज्ने जांगरको अभावले नै हुनर्ुपर्दछ। ४२० माथिसम्म तापक्रम पुग्ने मधेस क्ष्ँेत्रमा छायादार र आर्थिक उपार्जन दिन सक्ने रूखहरू नरोपेर हामीले आफनै खुट्टामा बन्चरो प्रहार गरिरहेका छौं। यस सर्न्दर्भमा यस अङकमा नीमको उपयोगिता दर्साउने प्रयास गरिएको छ।
नीम दीर्घजीवी वृक्ष्ँ हो। तर्सथ शहरमा वृक्षरोपण गर्दा लामो समयसम्म निर्धक्क रहन सकिन्छ। यो चिकित्सा एवं कृषिको महत्त्वपूर्ण संसाधन हो। यसको हरियाली र छाया सघन हुन्छ। नीमको प्रत्येक भागमा रोगनाशक शक्ति हुन्छ। वैज्ञानिक अनुसन्धानबाट के निष्कर्ष प्राप्त भएको छ भने कीटाणु, ढुसीजन्य अनेक रोगहरूको उपचार नीमबाट सम्भव छ। यसबाट तयार गरिएका औषधिले मलेरिया, डायबिटिज, पायरिया, अल्सरजस्ता रोगको उपचार गर्न सकिन्छ। नीमको पात उमालेर नुहाउंदा लुतो, दाद, जुम्रा, दर्ुगन्ध हट्छ। घाउ-खटिराबाट पनि यसले सुरक्ष्ँा प्रदान गर्छ। यसको टुसालाई पानीमा उमालेर खांदा जीर्ण जरोबाट मुक्ति पाइन्छ। यो पोलेको ठाउंमा लगाउंदा शीतलता दिने, सुन्निएको र हाडजोर्नीमा दुखाइमा लाभदायक हुन्छ। नीमको बोक्राको क्वाथ पेटको कीरा मार्न सहायक हुन्छ। पत्ताको रस दुखेको आंखामा हँल्दा पोल्ने, सुन्निने र चिलाउने हराउंछ। टाउको दुखेको बेला यसको स्वरसलाई नाकबाट सर्ुर्किंदा आच्छयुं आउंछ र दुखाइ कम हुन्छ। गर्मीयाममा नीमको पालुवाको रस निकालेर नूनिलो शर्बत बनाई प्रयोग गर्दा शीतलता प्राप्त हुन्छ र रक्तशोधनको प्रयोजन पनि पूरा हुन्छ
कीटानाशक औषधिहरूले बालीलाई हानि पुर्याउने कीटाणुहरूलाई त मार्छन्, तर लाभकारी कीरा-फट्याङग्राहरूलाई कुनै क्षति पुर्याउंदैनन्। नीमको झोलले बालीको मित्रजीवलाई कुनै हानि नपुर्याई शत्रुजीवलाई मात्र मार्छ। त्यसैले यो उत्तम प्राकृतिक कीटनाशक मात्र होइन, बिरुवाहरूको अभिवृद्धिमा पनि सहायक हुन्छ। आज पनि किसानहरू अन्न भण्डारण गर्दा नीमको सुकेको पात उपयोग गर्छन् जसले गर्दा धुन लाग्न पाउंदैन।
प्राकृतिक कीटनाशकको रूपमा यस वृक्षको पात, फल, बोक्रा तथा बीउ प्रयुक्त हुन्छ। यी सबै कुटेर पानीमा कुहाएर फसलमा र्छर्किने हो भने अवाञ्छित कीराहरूको भय हुंदैन। यसरी पानी र्छकंदा धमिरा, सूत्रकृमि, भि+mगा, फट्याङग्रा तथा सलहसहित झन्डै सबै प्रकारका हानिकारक कीट-पजातिबाट बालीलाई जोगाउन सकिन्छ। वैज्ञानिकहरूका अनुसार कीटहरूका ४०० प्रजाति यस्ता छन्, जसमाथि आधुनिक कीटनाशकको कुनै प्रभाव पर्दैन, तर नीमबाट तिनको सफाया हुन्छ। नीमको मुजुरामा प्रभावकारी कीटनाशक हुन्छ। नीमको प्रयोगबाट हानिकारक कीटहरू मात्र मर्छन् भन्ने कुरा भारत, जर्मनी, अमेरिका र जापानमा गरिएको वैज्ञानिक प्रयोग परीक्ष्ँणबाट सिद्ध भएको छ। लामखुट्टे नियन्त्रणका लागि त नीमको पातको रस अतिव उपयोगी हुन्छ।
नीमको बीउमा चालीस प्रतिशत तेल हुन्छ। यसको उपयोग मशीनहरूमा लुब्रिकेशनको लागि, साबुन, टुथपेस्ट, सौर्न्दर्य प्रसाधन, औषधि आदि रोगनाशक औषधिहरूको निर्माणमा गरिन्छ। यसलाई संशोधित गरेर खाद्य तेलमा परिवर्तित गर्न सकिने विशेषज्ञहरूको दाबी छ। यसको पीना पशुहरूको उत्तम आहार हो। पीनालाई खेतमा हाल्यो भने कृत्रिम खादभन्दा बढी फसल उब्जन्छ र माटोलाई पनि पोषण प्राप्त हुन्छ।
जीवनीशक्ति बढाउने, रगत शुद्ध पार्ने एवं कीटहरूसंग जुझने क्ष्ँमता बढाउने सामर्थ्य नीममा छ। यसलाई जहां पनि रोप्न सकिन्छ। वृक्षरोपण गर्दा नीमलाई महत्त्व दिने हो भने पर्यावरण परिशोधनका साथै स्वास्थ्य सर्ंवर्द्धन गरी दोहोरो लाभ लिन सकिन्छ।
साथै नीम-फल स्वादिष्ट र स्थस्थकर हुन्छ।