Posts

Showing posts from August, 2010

बम विस्फोट हुंदा घटनास्थल पुगेको प्रहरीसंग मुठभेड हुंदा टार्इगर्स इन्चार्जको मृत्यु

प्रस, पर्सा, १४ भदौ/     प्रहरी कारबाईमा आइतवार राति मधेसी मुक्ति टार्इगर्स राजन प्रताप समूहका पर्सा जिल्ला इन्चार्ज अर्जुन पण्डित नक्कली नाम भएका सिहासन पटेलको मृत्यु भएको छ।     पर्सा गाविस पकहा मैनपुर-८ निवासी पटेलको, वीउमनपा-१९ नगवा नयांबस्ती फूलवारी टोलमा, प्रहरीले चलाएको गोली लागी मृत्यु भएको हो भने बमको र्छरा लागी मुखलाखप्रसाद कुर्मी घाइते भएका छन्।     पर्सा प्रहरी प्रवक्ता प्रनि भीम किरण बोगटीका अनुसार फूलवारी टोल स्थित मुखलालको घरमा प्रेसर कुकर बम राति साढे ११ बजे विस्फोट भई मुखलाल र सिंहासन घाइते भएका थिए ।     विस्फोट लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा लिई खोजतलास गर्दा घटनास्थलदेखि २ सय मिटर पूर्व धान खेत रहेका सिंहासनले प्रहरीमाथि फायर गर्दा प्रहरीले गरेको जवाफी कारबाईमा उनी घाइते भएको र उपचार्रार्थ ल्याउंदा मृत्यु भएको हो। सिंहासनको छातीमा गोली लागेको छ। घटनास्थलबाट प्रहरीले थ्री नट थ्रीको कटुवा बन्दुक १ थान, १ थान गोली र २ थान खोका बरामद गरेको प्रवक्ता बोगटीले बताए। अर्का घाइते घरधनी मुखलाललाई उपचारपश्चात् अनुसन्धानका लागि नियन्त्रणमा ल

शुल्कबापतको रकम रसिद नकाटी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप

प्रस, रौतहट, १४ भदौ/     जिल्ला शिक्षा कार्यालय, रौतहटका नासु उपेन्द्र सिंहले जिल्ला शिक्षा समितिको लाखौं रकम बर्सेनी हिनामिना गरेको ए. नेकपा माओवादी क्षेत्रीय सहइन्चार्ज प्रेमचन्द्र साहले आरोप लगाएका छन्।     जिल्ला शिक्षा समितिको खातामा जम्मा हुने अध्यापन अनुमतिपत्र शुल्क एक सय, बोर्डिङ विद्यालय दर्ता हुने रकम प्रावि तह शुल्क दुइ हजार, निमावि शुल्क तीन हजार, मावि शुल्क पांच हजार, बाल विकासको निवेदन शुल्क रकम, नियुक्ति स्थायी शुल्क रकम पांच सय, सामुदायिक विद्यालय दर्ता शुल्क पांच सय समितिको खातामा बैक भाउचर द्वारा जम्मा वा नगदी रसिद काटनुपर्नेमा जिल्ला शिक्षा कार्यालय, रौतहटका नासु सिंहले ती सबै नगद रकमहरू लिई समितिको खातामा जम्मा नगरी हिनामिना गर्ने गरेको  इन्चार्ज साहलेे आरोप लगाएका हुन्।              जिल्लाका तीन सय ४३ जनाले अध्यापन अनुमतिपत्र लिएकोमा १ सय ७९ जनाले बैक भाउचर, दुइजनाले नगदी रसिद र १ सय ६२ जनाबाट नगद लिएको नासु सिंहले बताए। उक्त रकम हालसम्म बैकमा जम्मा नभएको कुरा जिशिकाका अधिकृत नन्दकिशोर गुप्ताले बताए। माओवादी सहइन्चार्जले अध्यापन अनुमतिपत्र लिन जांदा नगदी रसिद न

इंटाभट्टाका कारण खेतीयोग्य जमीन र्‍हास

Image
जीतलाल श्रेष्ठ, निजगढ/       बाराको निजगढमा रहेका इंटाभट्टाहरूले बर्सेनी ठूलो परिमाणमा खेतीयोग्य जमीन काट्दै इंटा बनाउने कार्य जारी राखेपछि खेतीयोग्य जमीनमा र्‍हास आएको छ। उर्वरायुक्त खेतीयोग्य जमीनको बीच भागमा वर्षौदेखि सञ्चालनमा आइरहेको करिब आधा दर्जनभन्दा बढी इंटाभट्टा यसको प्रमुख कारक मानिएको छ।      वरिपरिको सांधको खेतबारी इंटा बनाउन खाल्टो पारेपछि मनले नमानी नमानी बाध्य भएर इंटाभट्टालाई नै खेतीयोग्य जमीन सुम्पिनुपर्ने विवशता रहेको छ उनीहरू भन्छन्। आफनो खेतबारीमा रासायनिक मल र्छदा पानीले बगाएर खाल्टो भएको खेतबारीमा पुर्‍याउंछ, आफनो खेतबारीमा उब्जनी हुंदैन, त्यसैले पनि बाध्य हुनुपरेको छ हामीलाई- नाम नछाप्न अनुरोध गर्दै पीडितहरूले बताए। सुरुमा विभिन्न प्रलोभन देखाउंदै खेतीयोग्य जमीन प्रतिवर्ष प्रतिकठ्ठा १७ सयदेखि २ हजार २५ सयसम्म हात पार्छन्। मलिलो उर्वरायुक्त माटो काटी जमीन खाल्टो पारिसकेपछि छोडिदिन्छन्, धेरै कराए जग्गा बिक्री गर्नुस् भन्छन्। धन र बलका अगाडि हाम्रो के लाग्छ-पीडित जग्गाधनीहरूको दुःखेसो यस्तै छ।     यसरी खेतीयोग्य जमीनलाई इंटाभट्टाले नष्ट गर्दै गइरहेकोले विगतका वर

भन्सार क्षेत्र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

प्रस, वीरगंज, १३ भाद्र/     भारत-नेपाल सीमा क्षेत्रमा दिनहुं जसो लाग्ने गरेको सडक जामको दृश्य र त्यसबाट आम नागरिकहरूले भोग्नुपरेको पीडाबाट सबैजना परिचित छन्। विश्वमा अन्यत्र यस प्रकारको अव्यवस्थित अन्तर्राष्ट्रिय सीमा क्षेत्र हेर्न पाउनु दुर्लभ छ। यस सम्बन्धमा नागरिक समाजले पटक-पटक आवाज उठाउंदै आए पनि हालसम्म नीतिगत निर्णय हुन नसकेको बुझिएको छ।     भन्सार क्षेत्रमा ट्राफिक प्रहरीहरू ट्राफिक नियन्त्रण गर्नुभन्दा ट्रकहरूबाट टीप शुल्क उठाउन व्यस्त रहेको त्यहां देख्न सकिन्छ। यस कारण सीमा पास गर्न यात्रु र पर्यटकहरूलाई ठूलो कठिनाइ हुने गरेको छ। सडक भनेको र्सार्वजनिक आवतजावतको लागि हुन्छ तर वीरगंज भन्सार बाहिर ठूला ट्रक र ट्रेलरहरू भन्सार जांचपासको लागि दुवैतिर लाइन लगाएर पार्किङ गरिएको दृश्य जहिले पनि देख्न सकिन्छ। यस कारण सीमा क्षेत्रको अव्यवस्थाको ठूलो दोष वीरगंज भन्सार कार्यालयलाई दिनुपर्ने हुन्छ। भन्सार कार्यालयले पैठारीको माल लिएर आएका ट्रकहरूलाई आफनो कम्पाउन्डभित्र इन्ट्री गराएर विधिपूर्वक जांचपास गर्नुपर्ने हो। तर ट्रकहरूलाई मेनरोडमैं पार्किङ गर्राई जांचपास गर्ने गरिएकोबाट नै यो सम

राष्ट्रपतिद्वारा गम्भीर चिन्ताको सन्देश

-वीरेन्द्र यादव     चुलिंदो राजनीतिक गतिरोधले सरकार निर्माणमा ढिलाइ मात्र भएको छैन, संविधानसभा र संसदीय प्रणाली असफल हुंदै गएको छ। बारह बर्सर्ेेनयुद्ध, जनान्दोलन-२ तथा मधेस आन्दोलनलगायत क्षेत्रीय आन्दोलन पनि औचित्यहीन मात्र हुने लागेको छैन गणतन्त्र पनि सङकटोन्मुख छ। राजावादीहरूले साङकेतिक राजाको वकालत गरे पनि पूर्व युवराजले अधिकारसम्पन राजतन्त्र चाहिन्छ भन्ने माग गर्न थालेका छन्। यसै हप्ता नागरिक दैनिकमा प्रकाशित उनको अन्तर्वार्ता हर्ेदा लाग्छ उनलाई राजगद्दी दिन नेताहरू अनुनय-विनय गरिरहेका छन् र उनी बढी अधिकार पाउन बार्गेनिङ गर्दैछन्। पूर्व राजाको भ्रमण र राप्रपा नेपालका अध्यक्ष कमल थापाको अभिव्यक्तिले पनि यसै कुराको र्समर्थन गरेको छ। गणतन्त्रवादी भनिने माओवादी नै राजतन्त्रको पक्षमा रहेको कुरा सञ्चार माध्यममा मात्र होइन कार्यकारी प्रधानमन्त्रीको अभिव्यक्तिबाट आउंदा पनि माओवादीले स्पष्टोक्ति नदिनुबाट जनता भ्रमित छ। शान्ति प्रक्रिया टुङगो नलाग्दै सरकार, नेपाली सेना लगायत शान्ति प्रक्रियाको एक पक्ष अनमिनलाई फिर्ता पठाउन लागिपरेको देखिन्छ भने एक पक्ष माओवादीको म्याद थप गर्न प्रयासरत छ। यस

अव्यवस्थाको पराकाष्ठा

    रौतहट जिल्लाको कोपवामा लाश बरामद। बारा जीतपुरमा अज्ञात व्यक्तिको शव। गएराति रौतहटमा अज्ञात समूहले गोली हानी एकजनाको हत्या। यस्तो अचेल छापाहरूमा  आइरहने स्वाभाविक समाचार बनेको छ। अर्थात् मृत्यु र  हत्या यति सामान्य बनेको छ, अब हत्या र लाश भनेपछि संवेदना पनि हराइसकेको छ। संवेदनाशून्यताको यस सामाजिक परिवेशमा हामीले आफनो राष्ट्रलाई, समाजलाई कुन दिशातिर लगिरहेका छौं भन्ने प्रश्न नै महत्त्वहीन हुन पुगेको छ। किनकि हामीले दिशा निर्धारण नै गरेका छैनौं। हत्या, अपराधको पनि एउटा उद्देश्य हुन्छ, स्वार्थपूर्ति। तर उत्तेजनाजन्य हत्याको कुनै उद्देश्य हुंदैन। यसैगरी अहिले हाम्रो राज्य व्यवस्था उद्देश्यहीन भएको छ। राज्य उत्तेजनाजन्य  गतिविधिबाट सञ्चालित भएको छ। राज्यको यस प्रवृत्तिले नागरिकमा संवेदनाहीनता उत्पन्न गराएको छ। जसले भोलि राष्ट्रको अस्तित्वलाई जोखिममा पार्न सक्दछ। राष्ट्र भनेको मानव इतिहास, मानवीय गतिविधिको संरक्षक हो। त्यसैले  स्वाभिमानी जातिले दुइ हजार वर्षपछि पनि आफनो राष्ट्र प्राप्त गर्दछ। जुन राष्ट्रलाई उसले आफैं गुमाएको थिएन, परिस्थितिजन्य प्रतिकूलताबाट खोसिएको थियो।     राष्ट्र भू

'सत्याग्रह’द्वारा फोटो पत्रकारिता अन्तर्क्रिया

Image
प्रस, पर्सा, १३ भदौ/     परिवर्तनका लागि अहिंसक हस्तक्षेप अभियान चलाएको सत्याग्रहले स्थानीय पत्रिकामा फोटोको प्रयोगबारे फोटो पत्रकार र सम्पादकबीच अन्तर्क्रिया सम्पन्न गरेको छ। वीरगंज जेसीजको सभाहलमा आयोजित अन्तर्क्रियामा फोटो पत्रकारहरूले जीवनशैली दर्साउने फोटोको कमी भएको र भन्सार चौकीको फोटाहरू बढी प्रयोगमा ल्याइने कुरा स्वीकार गर्दै फोटोलाई पत्रिकामा स्थान नदिने र फोटो पत्रकारलाई पारिश्रमिकबाट वञ्चित राखिने कुरा बताए। एनटिभीका  भूषण यादवले जीवनशैली दर्साउने फोटाहरू नभएको स्वीकार गरेका थिए।     राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय सदस्य राम र्सराफले ५० प्रतिशत पत्रिकाको जिम्मेवारी कम्प्युटर अपरेटरले निर्वाह गर्ने गरेको यथार्थ दर्साउंदै फोटोमा क्याप्सन नहुने, फोटो भित्र क्याप्सन वा फोटोग्राफरको नाम लेख्ने प्रवृत्ति सच्याउन लहडमा फोटो पत्रकार बन्नेहरूको सङख्या वृद्धि भएकोले गुणस्तरमा कमी आएको बताए।     प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माले छोटो समयमा आएको प्रविधि अनुसारको प्राविधिकहरू नभेटिएको गुनासो गर्दै ज्ञान र साधनको अभावमा फोटो पत्रकारितामा गुणस्तर नदेखिएको बताए। उनले फ

बारा र पर्सामा कालो दिवस सम्पन्न

Image
प्रस, पर्सा, १३ भदौ/     मधेसी जन अधिकार फोरम मधेसले आज वीरगंजमा ँकाला दिवस’ मनायो। मधेस आन्दोलन उंचाइमा पुगेको बखत मधेसी जन अधिकार फोरमले जनकपुरमा तत्कालीन शान्तिमन्त्री रामचन्द्र पौडेलसंग पहिलो वार्ता गरेर मधेसको मुद्दालाई तिलाञ्जलि दिएको आरोप लगाउंदै फोरमबाट अलग भएको फोरम मधेसले आज कालो दिवस मनाएको हो।     फोरम मधेसका अध्यक्ष भाग्यनाथ प्रसाद गुप्ताले मधेस आन्दोलनको उपलब्धिलाई मधेसवादी पार्टीहरूले जोगाउन नसकेको र र्समर्पणवादी नीति अवलम्बन गरेर सत्तासुखमा लिप्त भएको आरोप लगाए। अध्यक्ष गुप्ताले मधेसवादी पार्टीको नाममा उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जन अधिकार फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीले पुनः संयुक्त मधेसी मोर्चाको नाममा सत्तालाई मात्र प्राथमिकता दिएको बताए।     शहीदको सपना र मधेस प्रदेशको मुद्दालाई मधेसवादी पार्टीले झारो टार्ने गरी उठाइरहेका र उनीहरूबाट त्यो कार्य नहुने ठोकुवा गरेका थिए। माओवादीलाई लक्षित गर्दै अध्यक्ष गुप्ताले हतियार उठाएर हत्यामा लिप्त समूह सत्ता प्राप्तिको लागि तंछाडमछाड गरेपनि उसको सत्ता प्राप्तिको सपना तत्काल पूरा नहुने बताए। फोरम पर्साका अध्यक्ष

अध्यक्ष, सचिव र वनपालेको मिलेमतोमासालको गोलिया हिनामिना

Image
प्रस, जीतपुर, १३ भदौ/     शुक्रवार बेलुकी ०५ः३० बजे अध्यक्ष, सचिव र वनपालेको मिलेमतोमा सालको गोलिया काठ हिनामिना भएको समाचारमा जनाइएको छ।     जन जागरण सामुदायिक समूहको वन कार्यालय रामवन-८ सिमरा, नगौल-४ का अध्यक्ष दुखा कुंवर, सचिवर् इश्वरी प्रताप लामा र वनपाले रूपलाल चौधरीको मिलेमतोमा ३८ क्युफिट ६ थान सालको गोलिया काठ हिनामिना भएको सोही समितिका उपभोक्ताहरूले आरोप लगाएको राकेश पौडेले बताए।     अध्यक्ष कुंवरको स्पष्टीकरण अनुसार इलाका प्रहरी कार्यालय, सिमरामा गोल घर बनाउन ५० क्युफिट काठ पाउं भनी लिखित निवेदन आएपछि सदस्यहरूलाई जानकारी गर्राई अध्यक्ष, सचिव र वनपालेको उपस्थितिमा ३८ क्युफिट काठ इलाका प्रहरी कार्यालय, सिमरालाई दिएको र सो कार्यालयले समितिबाट झिकिएको काठ चिरान मिलमा चिराउन नपाउने भनी थाहा भए पनि काठ चिरान मिलमा लगेको दुखा कुंवरले बताए।      आज आइतवार जन जागरण सामुदायिक समूहद्वको बैठकमा भएको निर्णय अनुसार ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। छानबिन समितिका प्रमुख संयोजक देवनारायण चौधरी र सदस्यहरूमा शेख अलि अख्तर, राकेश पौडेल, टोपबहादुर श्रेष्ठ र विष्णु लामा रहेका छन्। भाद्र मस

उपेक्षित छ बारा रतनपुरी रामथलीको मञ्जुश्री प्रावि

Image
जीतलाल श्रेष्ठ, निजगढ/       न घेराबार छ, न छानोमा टायल नै पूरा छ। घाम केही छेलिए पनि वर्षाको पानी तकिर्ंदैन। कक्षा छुटयाउन लगाइएका बांसका बेराहरू कुहिएर झरिसकेका छन्, कालो पाटी र चक डस्टर भनेको कुन चरोको नाम हो थाहा छैन। ढुङगामाटो र इंटाका टुक्राहरूलाई डेस्क-बेन्च बनाएर पढिरहेका छन् बारा रतनपुरीका-४ रामथलीस्थित मञ्जुश्री प्राविका बालबालिका।     विगत दुइ वर्षदेखि यही अवस्थामा कखरा सिक्दै आएका रामथली मञ्जुश्री प्राविका बालबालिकाहरू हेडसरको अनुहार आजसम्म हेर्न नपाएको बताउंछन्। ११५ जना विद्यार्थी रहेको उक्त विद्यालयका बालबालिकाहरूका लागि शिक्षा आर्जनको एक मात्र स्रोत बनेकी छन्,शिक्षिका रूपामायां वाइबा। वाइबा बितेको दुइ वर्षदेखि पिसीएफ कोटा अर्न्तर्गत सो विद्यालयमा अध्यापन गराउंदै छिन्।     सो विद्यालयका प्रधानाध्यापक अम्रेशकुमार पाण्डे वर्षमा एक-दुइपटक महत्त्वपूर्ण बैठकहरू हुंदा मात्र आउने गरेको स्थानीय अभिभावकहरू बताउंछन्। विख्ालयमा शिक्षक कोटा कति जनाको हो त्यस विख्ालयको नाममा जागिर खाइरहेका अन्य शिक्षकहरू कहां छन् भन्नेबारे पनि सम्पूर्ण रेकर्ड हेडसरसंगै हुने भएकोले कुनै जानकारी नभए

संरक्षणको अभावमा भद्रगोल वीरगंजको बसपार्क

-शत्रुघ्न नेपाल/वीरगंज     वीरगंजको एकमात्र बसपार्क भद्रगोल अवस्थामा छ। वीरगंज उपमाहानगरपालिकाले निर्माण गरेको बसपार्क स्थापनाकालको केही वर्षपछि नै भद्रगोल भएको थियो जसको अहिलेसम्म सुधार हुन सकेको छैन। त्यसैले पनि बसपार्कले उचित संरक्षण र रेखदेखको अभाव भोगिरहेको छ, दिन-प्रतिदिन अव्यवस्थित बन्दै गइरहेको छ। करोडौंको लागतमा निर्मित बसपार्कमा न सवारीका साधन पार्किङ गर्ने उचित व्यवस्था छ न पसल कोठाहरू नै व्यवस्थित छन्। पार्कभित्र बस-काउन्टर नराखेर बाहिर राखिनुले त्यंहा बनाइएको प्रतीक्षालय  प्रयोगविहीन भएको छ र ड्राइभर, खलासी अनि मिस्त्रीहरूको प्रयोगमा रहंदै आएको छ। बसपार्कमा बनेका पसल कोठाहरूमा जडान भएका  सटरहरू निर्माण भएको केही दिनमैं ब्रि्रेका थिए। टिकट काउन्टर बाहिरै सञ्चालित छन्। बसपार्कमा बस नहुनु र पसलकोठाहरू कम सञ्चालनमा रहनुले अहिले बसपार्कमा चोरीका घटनामा पनि वृद्धि भएको बताइन्छ।  बसपार्कभित्र रहेको एउटा मात्र शौचालयको अवस्था नाजुक छ। नाम मात्रको बसपार्कमा परिणत भएपछि यहां चोरीका घटनाहरूमा वृद्धि भएको छ। चालकहरू बाध्यात्मक अवस्थाबाहेक बसपार्कको उपयोग गर्दैनन्। परिणाम बसपार्क बाहि

दक्षिण एसियामा सङघीय शासन

-श्रीमन्नारायण     नेपालमा सङघात्मक राज्य प्रणालीबारे व्यापक बहस भइरहेको छ।  विश्वका विभिन्न मुलुकहरूको सङघात्मक प्रणालीबारे चर्चा हुनु नेपालजस्तो देशका लागि अस्वाभाविक होइन तर हामीले दक्षिण एसियाका रँष्ट्रहरूबाट नै अनुभव लिंदा उपयुक्त हुनेछ। सामाजिक, सांस्कृतिक तथा राजनीतिक प्रकृति र प्रवृत्ति पनि दक्षिण एसियाका देशहरूको एक अर्कासंग मिलेको देखिन्छ। जाति, भाषा र धर्मको आधारमा समस्या समाधान गर्ने प्रयास नगरिए राष्ट्रले कस्तो किसिमको क्षति बेहोर्नुपर्छ यसको पर्याप्त उदाहरण दक्षिण एसियाबाट पाउन सकिन्छ। श्रीलङ्का ः     श्रीलड्ढाको स्वायत्तता आन्दोलन पृथकवादी आन्दोलनमा परिणत भयो तर यसका लागि त्यहांका शासक जिम्मेवार थिए। श्रीलड्ढाका सिंहली शासकहरूले समयमै ंसङघीयता स्वीकार गरेका भए त्यहांका तमिलहरूले हतियार उठाउने अवस्था नै आउने थिएन। त्यहांका अल्पसङख्यक हिन्दू तमिलहरूले सन् ६० र सन् ७० को दशकतिर सङघीयताको माग गरेका थिए। सिंहाली भाषा र बुद्ध धर्मको आधिपत्य भएको संविधानबाट पीडित तमिलहरूले यथार्थमा आफनो धर्म, भाषा र संस्कृतिको रक्षाका लागि बेग्लै प्रान्तको माग राखेका थिए। सुरु-सुरुमा तमिलबहु

विकल्प छैन तर...

    नेपालमा धेरै कुराहरू यस्ता छन् जुन निर्विकल्प भएर पनि तिनको बिना काम चलिरहन्छ। त्यसैमध्ये एक हो, राष्ट्रिय सहमति। अहिले संविधानसभामा सहभागी पचीसवटै दलहरूमध्ये सबैको सबै मुद्दामा विमति छ। त्यो मुद्दा राष्ट्रिय स्तरको होस् वा जातीय, लिङगीय अथवा अन्य कुनै। मुलुक गणतन्त्रीय बन्नर्ुपर्छ, सङघीय हुनुपर्छ, लडाकू व्यवस्थापन  संविधान निर्माण अघि वा पछि हुनुपर्छ आदि विभिन्न कुरामा सबैका अलग-अलग विचार छन्। यद्यपि देशमा गणतन्त्र घोषणा भइसक्यो तर पनि राजतन्त्रको वकालत गर्नेहरू संविधानसभाभित्रै छन्। सङघीयताको कुरा पनि मधेस आन्दोलनले स्थापित गरिसक्यो, त्यसमा पनि विमति राख्ने दलहरू छन्। तर एउटा यस्तो कुरा छ जसमा सबैको सहमति छ, त्यसको विकल्प नै छैन ?  तीन ठूलादेखि मध्यम र साना दलहरू एकमत भएर स्याल हुइंया कराइरहेका छन्स जुन हो राष्ट्रिय सहमति। राष्ट्रिय सहमतिबिना राष्ट्र अगाडि बढ्न सक्दैन। विद्यमान समस्या समाधान हुन सक्दैन। अर्थात् राष्ट्रिय सहमतिको कुनै विकल्प छैन तर सहमति भने विगत चार वर्षदेखि स्थापित हुन सकिरहेको छैन।     देश अहिले लडाकू व्यवस्थापन गरी शान्ति प्रक्रियालाई  निष्कर्षमा पुर्‍याएर सं

तराइमा पत्रकारिता गर्न कठिनाइ- के. अ. शाह

Image
प्रस, कलैया, १२ भदौ/     संविधान सभासद एवं काङ्ग्रेसी नेता शोभाकर पराजुलीले वर्तमान गतिरोध एवं सरकारविहीनताको स्थिति अन्त्य गर्न नेकपा एमालेसंग आग्रह गरेका छन्। नेपाल प्रेस युनियन बाराको पांचौं जिल्ला अधिवेशनलाई शनिवार कलैयामा उदघाटनपश्चात् मन्तव्य व्यक्त गर्दै पराजुलीले यस्तो आग्रह गरेका हुन्। उनले सरकार बनाउन नेपाली काङ्गे्रसलाई सहयोग गर्न एमालेसंग आग्रह  गरे। उनले नेपाली काङ्ग्रेसलाई सहयोग गर्न नसके एकीकृत नेकपा माओवादीलाई मतदान गरी वर्तमान गतिरोध एमालेले अन्त्य गर्नुपर्ने विचार व्यक्त गरे। सो अवसरमा उनले पत्रकारिताजगत्को स्वतन्त्रताले नै लोकतन्त्रको रक्षा गर्ने बताए। उनले प्रेस स्वतन्त्रता संविधानमा उल्लेख गर्नुपर्ने विचार व्यक्त गरे। प्रजातन्त्र र बहुलवादको पक्षमा निरन्तर कलम चलाउन पत्रकारहरूसंग आग्रह गरे। उक्त अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष समीरजङग शाहले श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने विचार व्यक्त गरे। यसको कार्यान्वयन गराउन प्रेस युनियन लागिपरेको उनलेे बताए। उनले वर्तमान समयमा तर्राईमा पत्रकारिता गर्न पत्रकारहरूलाई कठिनाइ रहेको बताए। प्रेस युनियनका मध्यमाञ्च

किसान सङ्घको विरोध र्‍याली

Image
प्रस, पर्सा, १२ भदौ/     नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङगठन नेपाल क्रान्तिकारी किसान सङ्घले आज कलैयामा विरोध र्‍यालीको आयोजना गरेको छ।     कलैयाको बरेवास्थित पार्टी कार्यालयबाट विभिन्न नाराका साथ निस्केको र्‍याली पुनः पार्टी कार्यालयमा पुगी कोणसभा गरी समापन भएको थियो।     रवीन्द्र यादवको अध्यक्ष्ँतामा सम्पन्न कोणसभामा मुक्ति यादव, रञ्जुदेवी साह, सुमन श्रेष्ठ, जयप्रकाश गुप्ता, फैजुलाह आलम, मङगल राउतलगायतले किसान हकहितका बारेमा मन्तव्य व्यक्त गरेका थिए।

द्रुत मार्ग पीडितद्वारा पुनरस्थापनाको माग

प्रस, हेटौंडा, १२ भदौ/     तराइलाई राजधानी काठमाडौसंग जोड्ने दु्रतमार्ग निर्माणका क्रममा आफूहरू विस्थापित हुने भन्दै मकवानपुर छतिवनका स्थानीय बासिन्दाले तत्काल पुनर्स्थापनाको माग गरेका छन्।     बाटो खन्ने क्रममा फालिएको ढुङगा माटोले घर पुरिने अवस्था आएको र पहिरोको जोखिम बढेको भन्दै उनीहरूले पुनर्स्थापनाको माग गरेका हुन्। छतिवन-७ भडरूवाका ७ घरपरिवारलाई तत्काल पुनर्स्थापना गर्नुपर्ने छ भने ५७ घर बढी जोखिममा परेको बताइएको छ। शनिवार प्रकोप व्यवस्थापन समिति छतिवनको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको संयोजनमा भएको अन्तर्त्रिmयामा उनीहरूले तत्काल सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका हुन्।     नेरेसो उपशाखा छतिवनका सभापति कृष्णप्रसाद चौलागाईंको अध्यक्षता तथा नेपाली सेनाको विकास निर्माण निर्देशनालय अन्तरगत कार्यदल गण १ अन्नपानी क्याम्पका सेनानी कृष्णकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।     कार्यक्रममा सेनानी थापाले जोखिममा परेकाहरूलाई तत्काल स्थानान्तरण गर्नका लागि आफूले पहल गर्ने बताए। कार्यक्रममा नेरेसो मकवानपुरका सदस्य सीता खनाल, एकीकृत माओवादीका परशुराम गौत

कति सतर्क छौं भुइंचालोबारे वीरगंजवासी

-विनोद गुप्ता     साउन २४ गतेको दि हिमालयन टाइम्समा Will Kathmandu Survive Earth Quake (के काठमाडौंले भूकम्प झेल्न सक्नेछ) नामक एउटा लेख पढ्दै थिएं। यसले हामी एकपटक काठमाडौंको जाममा अड्केपछि टैक्सीचालक भाइले दिक्क मान्दै यसलाई सपार्न काठमाडौंमा ठूलो भुइंचालो नै आउनुपर्छ भनेको सम्झन पुगें। र यसैक्रममा हामी आफैं बस्ने शहर वीरगंजमा भुइंचालो आयो भने के होला सोच्न पुगें ? वीरगंज ८ रेक्टर स्केल क्षेत्रमा पर्दछ। अर्थात् भुइंचालोको तीव्र झटका आउने संवेदनशील क्षेत्र हो र तीव्रता एवं समयको आधारमा यो विनाशकारी हुन सक्छ।     यस कुरालाई मध्यनजर राखी वीरगंजमा भुइंचालो गयो भने सार्वजनिक एवं निजी भवन तथा क्षति न्यूनीकरणको हाम्रो तयारीबारे विचार गर्न थालें। वीरगंजका अधिकांश सार्वजनिक भवनहरू पुराना एवं जीर्ण छन्। नयां बनेका केही भवनहरूजस्तै नाउक्षेको ऐश्वर्य प्रसूति गृहबाहेक अन्य नयां भवनहरू पनि भूकम्प प्रतिरोधी छन् वा छैनन् भन्न सकिंदैन। ४ वटा डन्डी र रिङग हालेर पक्की संरचनाको रूपमा ठड्याइका अधिकांश घर (झन्डै ९० प्रतिशत) भूकम्प प्रतिरोधी छैनन्। किनभने यस्तो घरहरूको नक्सा पास गर्दा ँएसओपी’ को व्यवस्था

सभ्य समाज कसरी बनाउने ?

    परस्पर दुर्भावयुक्त धारणाहरूका कारण नै पारस्परिक सङ्घर्ष र विद्वेषको परिस्थिति उत्पन्न हुन्छ। त्यसका फलस्वरूप आवञ्छनीय, अनैतिक र अशोभनीय घटनाहरू प्रायः दिन घटित भइरहन्छन्। आज र्सवत्र अधिकारको माग प्रबल भइरहेको छ, स्वयंलाई अरूभन्दा बढी सुविधा प्राप्त होस् भन्ने अपेक्षा गरिन्छ, तर कर्तव्यतर्फभने कसैको ध्यान जांदैन। कर्तव्यको उपेक्षा गरेर अधिकारको मात्र माग गर्दा कलह जन्मन्छ। शान्ति स्थापनाको एउटा तरिका के पनि हो भने अधिकारको उपेक्षा गर्दै कर्तव्यको पूर्ण पालना गरियोस्।     नागरिक जीवनको सुव्यवस्था यस कुरामा निर्भर छ कि व्यक्तिले अरुप्रति आफनो उत्तरदायित्वको पूर्ण पालना गरोस्, आफनो नैतिक जिम्मेदारीहरूलाई तत्परतापूर्वक निर्वाह गर्नका लागि कटिबद्ध रहोस्। सामाजिक सुख, शान्ति र प्रगतिको यही आधार हो। जुन देशका नागरिक आफनो कर्तव्यको सही ढङगले पालना गर्दछन्, त्यही राष्ट्र सबल मानिन्छ। जुन समाजमा चरित्रवान मानिसको बाहुल्य हुन्छ, त्यसै समाजलाई सभ्य भनिन्छ। कुनै व्यक्ति वा समूहको उत्कृष्टता मात्र यस आधारमा नाप्न सकिन्छ कि त्यहां कर्तव्य र दायित्वप्रति कति आस्था छ। झूटा, फटाहा, बाठा र बेइमान, ध

तीन वर्षदेखि प्रमुखविहीन कार्यालयले के हेरोस् उपभोक्ताको पीरमार्का

पवन तिवारी, पर्सा, १० भदौ/     नेपाल सद्भावना पार्टीको भागमा परेको मन्त्रालय अर्न्तर्गतको वीरगंजस्थित वाणिज्य कार्यालय कर्मचारीहरूको समय बिताउने स्थल बनेको छ।     संविधानसभा निर्वाचनमा कर्मचारी अभाव देखाएर तत्कालीन कार्यालय प्रमुख शिवप्रसाद हुमागाईलाई सरुवा गरी मन्त्रालय बोलाइएपछि सो कार्यालय हालसम्म प्रमुखविहीन छ। कार्यालयमा प्रमुख खरदार दुइजना, नायब सुब्बा तीनजना र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी छ। तीमध्ये ०६५ साल वैशाखमा खरदार म. अशफाकको सरुवा भएपछि त्यो ठाउंमा पनि कर्मचारी आएको छैन। त्यसैगरी ३ वर्ष अगाडि देखि एउटा नायब सुब्बाको दरबन्दी रिक्त रहेको सो कार्यालयका निमित्त प्रमुख दुर्गा नकर्मीले जनाएकी छन्।     औद्योगिक व्यापारिक नगरी तथा देशको मुख्य प्रवेशद्वारका साथै मधेसको राजधानीको रूपमा मधेसी नेताहरूले दाबी गर्ने वीरगंजस्थित सो कार्यालयको काम ५० लाखसम्म पूंजी भएका सबै व्यापारी कम्पनी दर्ता तथा बजार अनुगमन निरीक्ष्ँण हो। निरीक्ष्ँण अधिकृतको कार्यालयको काम पनि सोही कार्यालयले गर्नुपर्ने जिम्मेवारी पाएको छ। तर प्रमुख नभएपछि बजार अनुगमन तथा निरीक्ष्ँण कार्यका साथै उपभ

वर्षाले ३२ ठाउंमा नहर भत्कायो

प्रस, लङगडी, १० भदौ/     केही दिनदेखि परेको लगातार पानीको कारण नदीमा आएको बाढीले भारत खण्डमा गण्डक नहर ३२ ठाउंमा बगाएको कारण नहरमा पानी आउन छोडेको छ।     दोन ब्रान्च कैनल रामनगर सेक्सनका कार्य अभियन्ता बिएन झाले दिएको जनकारीअनुसार गण्डक नहरको १४० आरडीदेखि २६० आरडिसम्म ३२ ठाउं नहर बगाएको झाले बताए। नहरको मरम्मत सम्भारका लागि पटना मुख्य कार्यालयमा पत्राचार गरेको उनले बताए।     नहर मरम्मतका लागि नेपाल सरकारले पहल नगरे बर्र्सौं लाग्ने देखिएको छ। अविरल वर्षाका कारण बिहारमा पर्ने मसान, पण्डयी, कतरा बिरहा, बोलोरो मनियारीलगायत दर्जनौं  नदीमा पानीको बहाव अत्यधिक बढेकोले नदीहरू उम्लेर नहर बगाएको नारायणी सिंचाइ डिभिजनका कर्मचारी हरेन्द्रप्रसाद कुर्मीले बताएका छन्।     गण्डक नहरबाट आएको पानीले बारा, पर्सा, रौतहटका हजारौं किसानको खेतसम्म पानी पुग्ने गरेको छ। सो पानीबाट हजारौं हेक्टर जग्गा सिंचित हुने गरेको छ।

बारामा पहिलो अपाङगता शौचालय निर्माण

Image
जीतलाल श्रेष्ठ, निजगढ/     बारा निजगढ-१ स्थित श्री नेत्रोदय मावि परिसरमा अपाङगतामैत्री शौचालय निर्माण गरिएको छ। प्लान नेपालको रु. ३ लाख ६५ हजार अनुदान र विद्यालयको १ लाख १६ हजार गरी कुल लागत ४ लाख ८१ हजार ३ सय रुपियांको लगानीमा शौचालय निर्माण सम्पन्न गरिएको विद्यालयका प्रअ श्यामकुमार शर्मा दाहालले बताएका छन्। अपाङग भएका व्यक्तिहरूका लागि सहज होस् भन्ने उद्देश्यका साथ नेपाल सरकारले सार्वजनिक सरोकारका भौतिक निर्माणहरूमा अपाङगतामैत्री भवनसंगै शौचालय निर्माण गर्ने प्रावधान लागू गरेको छ। उक्त प्रावधान अनिवार्यरूपमा लागू गर्नुपर्ने भए पनि कार्यान्वायन भने न्यून देखिएको छ। नेत्रोदयमा निर्माण गरिएको यो शौचालय बारा जिल्लामैं पहिलो हो। निर्माण सम्पन्न शौचालय अपाङग व्यक्तिहरूले सजिलै प्रयोग गर्न सक्नेगरी निर्माण भएका छन्।  जिल्लामा हाल निर्माण सम्पन्न र निर्माणाधीन अन्य सरकारी वा सार्वजनिक सरोकारका भवनहरूमा अझै अपाङगता मैत्री शौचालय निर्माण नभएको नेपाल आपाङग सेवा सङघ बाराका अध्यक्ष गङगा वाग्लेले बताएका छन् ।     जिल्ला प्रशासन कार्यालयमा समेत अपाङगतामैत्री शौचालय निर्माण नभएको कारण त्यहां पुग्न

राजनीतिक अस्थिरता र ओर्लंदो अर्थतन्त्र

-शीतलप्रसाद महतो     दक्षिण एसियामा नेपाल एउटा यस्तो मुलुक हो जहां तुलनात्मक दृष्टिकोणले राजनीतिक अस्थिरता र मन्द आर्थिक वृद्धिबीच अत्यन्त बलियो सम्बन्ध रहेको देखिन्छ। राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रले लगातार तेस्रो वर्ष पनि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सकेको छैन। सडक, विद्यालय, विद्युत्, शिक्षा, स्वास्थ्यलगायत सामाजिक सेवातर्फो भौतिक प्रगति पनि चेपुवामा परेको छ। निर्यात र पर्यटन आयको गिरावट तथा रेमिट्यान्स वृद्धिदर कम हुंदा शोधनान्तर घाटा भएर नेपाली अर्थतन्त्र सङकटमा पर्दै गएको छ भने श्रम समस्या, ऊर्जा अभाव र पूर्वाधारमा लगानी हुन नसक्दा स्वदेशी उत्पादन धराशायी हुंदै गएको देखिन्छ। त्यस्तै कुल खर्चमध्ये चालू खर्च चुलिंदै जानु, पूंजीगत खर्च बढ्न नसक्नु, सांवा तथा ब्याज भुक्तानी गर्ने अंश बढ्दै जानु, प्रतिकूल मौसम, खाद्य सङकट, मूल्य अभिवृद्धि, व्यापार घाटा, न्यून आर्थिक वृद्धिदर, अशान्त औद्योगिक क्षेत्र, निराशजनक लगानी र पूंजी पलायनमा उच्च वृद्धि हुनु अहिले नेपाली अर्थतन्त्रको विशेषता नै बन्न पुगेको छ। यस्तो अवस्थामा रोजगारी बढाउनेतर्फअपेक्षित लगानी नहुंदा समग्र अर्थतन्त्रको वि

बाराको उपेक्षित ऐतिहासिक पर्यटकीयस्थल सिमरौनगढ

-वीरेन्द्रप्रसाद यादव     एक दिन बाराको सिमरौनगढ एकजना साथी सहित पुगियो र स्रि्रौन गढको महत्त्व र बेहाल दुवै हेरियो। सदरमुकाम कलैयादेखि ३५ किलोमिटर पूर्व रहेको तत्कालीन सिमरौनगढको राजधानी रहिसकेको सिमौ्रनगढले तत्कालीन अवस्थामा जस्तो आर्थिक, सामाजिक, सांस्कृतिक महत्व बोकेको थियो, आज पनि त्यति नै महत्त्व बोकेको छ। तर उचित व्यवस्थापनको अभावमा बेहाल छ। बाहय पर्यटनलाई लोभ्याउने आकर्षण सिमरौनगढसित भए पनि त्यसको सदुपयोग हुन सकिरहेको छैन। शोषित मधेसको पहिचान विश्वमा स्थापित गराउने माध्यम बन्न सक्ने स्रि्रँैनगढको पर्यटकीय ऊर्जाको संरक्षण र सर्ंवर्द्धनमा मधेसवादी नेताहरू पनि र्सवथा उदासीन रहेको सो क्षेत्रको बेहाल अवस्थाले पुष्टि गर्छ। मधेसको मात्र होइन समग्र मुलुककै आर्थिक विकासमा योगदान दिन सक्ने हैसियत राखेको सिमरौनगढको संरक्षण पर्यटन वर्ष २०११ निम्ति सुनमा सुगन्ध साबित हुनेछ। तर पनि उपेक्षित छ।      आठवटा गाविसमा छरिएर रहेको ऐतिहासिक यस स्थलमा सयौं देवी-देवताको मन्दिर एवं ऐतिहासिक अवशेष, ललितकला, वास्तुकला, मूर्तिका सजीव धरोहर रहेका छन्। सिमरौनगढ बजारमा रहेको कङकाली माईको भव्य मन्दिर, जमिनम

नगरको राजस्व दोब्बर वृद्धि किन ?

    उपमहानगरपालिकाको दर्जा ओगटेर बसेको वीरगंज नगरमा गुण र खासियतभन्दा नर्कको विशेषता बढी पाइन्छ। यस नपा कार्यालयमा कुनै पालिका-तालिका अनुशासन पाइंदैन। कुरा गर्ने हो भने चारैतिर फोहरको थुप्रो र डङगुर छ। छाडा गाईवस्तु जङगलमा झैं निर्वाध घुमफिर गरेको पाउंदा गौचरणको भान हुन्छ। ढल समस्याको कुरा छोडौं ३० मिनेटको वर्षातले आधा वीरगंजलाई डुबाइदिन्छ। अव्यवस्थित र अस्वस्थ नगरको वातावरणले यहांका निवासीहरू विभिन्न खालका सङक्रामक रोगबाट ग्रसित छन्। आवश्यक मापदण्ड पूरा नगरिकन यसलाई उपमनपाको दर्जा थोपरेर  अर्थात् जसको सिङ छैन त्यसैको नाम तिखेको उदाहरण भएको छ। विभिन्न प्रशासनिक, सामाजिक तथा आर्थिक भ्रष्टाचारको मुख्य थलोको रूपमा यस नगरपालिकाको कार्यालयले दुर्नाम कमाइसकेको छ। रकम असुलीका लागि मात्रै उपमनपा हुंकार गर्ने तर सफाइ, सुरक्ष्ँा, विकास तथा सेवा मामिलामा गाविसको हैसियत पनि नराख्ने वीरगंज नगर अस्वस्थ छ।     मुलुकमा राजनीतिक अस्थिरता, सामाजिक जटिलता, आर्थिक जर्जरताका कारण बिहान-बेलुका हातमुख जोर्नका लागि मुलुकवासीलाई धौ-धौ परेको छ। यसबाट वीरगंजवासी अछुतो छैनन्। जहां दैनिक उपभोग्य वस्तुहरूको भाउ अक

सन् १९५० सन्धिको सान्दर्भिकता

श्रीमन्नारायण     नेपाल र भारतबीच सन् १९५० मा  भएको शान्ति तथा मैत्री सन्धिको ६० वर्ष पूरा हुन लागेको छ। बितेका ६ दशकमा यस सन्धिको विषयमा विभिन्न टिका-टिप्पणीहरू भएका छन् तर अहिलेसम्म पनि यो सन्धि बिना कुनै संशोधन कायमै रहनुले यसको सान्दर्भिकता र महत्त्वलाई दर्शाउंछ। वर्तमान सर्न्दर्भमा यसको औचित्यबारे सूक्ष्म विश्लेषण हुनु आवश्यक छ।     नेपाल र भारतबीच सम्पन्न उक्त शान्ति एवं मैत्री सन्धिमा विभिन्न १० बुंदा उल्लेख छन्। नेपालका लागि तत्कालीन भारतीय राजदूत सर सी.पी.एन. सिन्हा र नेपालका तत्कालीन प्रधानमन्त्री मोहन शम्सेर जबराले सन्धिमा हस्ताक्षर गरेका थिए। सन्धिको धारा १,२,३ एवं ४ का प्रावधानहरू विशुद्ध कूटनीतिक विषयसंग सम्बन्धित छन् र कुनै पनि दुइ देशबीच दौत्य सम्बन्ध कायम हुंदा उक्त प्रावधानहरूको उल्लेख गरिएकै हुन्छ। नेपाल र भारत मात्रै होइन विश्वका अन्य मुलुकहरूले पनि यस प्रावधानलाई नै आत्मसात गरेका हुन्छन्।     धारा ५ को सम्बन्धमा यदाकदा नेपालले आपत्ति गर्दै आएको छ र यस धाराकै कारण नेपालको स्वतन्त्रतामाथि आघात पुगेको भन्ने नेपालका वामपन्थी र दक्षिणपन्थीहरूको चिन्ता रहिआएको छ। खासग

विकृतिलाई स्वीकृति

    मानिसको अस्तित्व सभ्यतामा टिकेको छ। त्यसैगरी समुदायको अस्तित्व संस्कृतिमा टिकेको हुन्छ। आज सांस्कृतिक परम्पराको जगेर्ना गर्दै सामुदायिक अस्तित्व कायम गरेर, मानिस हुनुको अर्थ खोजी भइरहेको बेला संस्कार र संस्कृति विकृतिको थलो बन्दछ भने मानिस बढीमा समुदायमा प्रतिष्ठित होला, सभ्य बन्न सक्दैनस त्यसैले सही अर्थमा मानिस पनि बन्न सक्दैन। नेपालको पहाडे समाजमा प्रचलित तीजपर्व जहां मानवीय करुणा र स्वच्छन्दताको प्रतीकको रूपमा मनाइने गरिन्थ्यो आज लोकाडम्बरको रूपमा विकसित हुंदै गएको छ। हिजोको समाजमा चेलीबेटीहरू विवाहोपरान्त जुन संसारमा पुग्दथे त्यो तिनका लागि सङकुचित त थियो नै, व्यवहार र सामाजिकताको दृष्टिकोणबाट पराधीनताको द्योतक पनि थियो। घरभित्र गुम्सिनुपर्ने, बाहय जगत्लाई अनुभूत गर्न नपाउने विवशताबाट उन्मुक्त हुन दुइचार दिन माइत बसेर माइतलाई आफनो बिलौना सुनाउने र वर्षभरिको सुख-दुःख सङगी-साथीसंग साटासाट गर्ने अति मनोवैज्ञानिक पर्वले अहिले चोला फेर्दै गएको छ। यस परिवर्तनको एउटा पक्ष सकारात्मक छ भने अर्को पक्ष विकृतिको भासमा निरन्तर अग्रसर हुंदै गइरहेको भान भइरहेको छ।     तीज विशुद्धतः महिलाहरू

संस्थागत असुली हुने गांजा खेतीको संस्थागत विरोध ?

-शत्रुघ्न नेपाल     सरकारले गांजा खेतीलाई लागू औषध परिभाषित गरी प्रतिबन्ध लगाएको करिब चार दशकपछि पर्सा जिल्लाका प्रहरी-प्रशासन प्रमुख गांजा खेती विरूद्ध खुलेर अगाडि आएका छन्।     गांजा खेतीबाट किस्ताबन्दीमा रकम उठाउन लगाए र आफू समेत बुझिमाथिकालाई पुर्‍याउंदै परम्परा निर्वाह गरी आएका पर्साका प्रहरी-प्रशासनका प्रमुखहरू गांजा खेती हुने गाउंहरूमा गएर कृषकहरूलाई गांजा खेती नगर्न सचेत पार्नुका साथै खेती गरे फडानी गर्ने चेतावनी समेत दिइरहेको घटनाले सबैलाई आर्श्चर्यमा पारेको छ।     लागूऔषध विरूद्ध अभियान सञ्चालन गर्दै आएको सानो पाइलानामक संस्थासंग सहकार्य गरेर जिल्ल्ा प्रहरी कार्यालय पर्साले सुवर्णपुर, बिजबनिया, श्रीपुर पचगावापछि महुवनमा गांजाविरूद्ध कार्यक्रम गरी सचेत पोर्न काम सम्पन्न गरी सकेको छ। यो अभियान मनवा र अझ एक गाउं गरी ६ ठाउंमा सम्पन्न गरेपछि प्रहरी-प्रशासनले सचेतना अभियानलाई ब्रेक गरी गांजा विरूद्ध लागि पर्ने छ। प्रहरी-प्रशासनले यसवर्षबिउ रोप्नै नदिन प्रयास गर्नेछ। त्यसैले पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले सचेतना कार्यक्रममा गांजा नरोप्न हात जोड्दै आग्रह गरेका छन्।

मकवानपुरमा बिमान दुर्घटना, १४ जनाको मृत्यु

रामशरण पुडासैनी, हेटौंडा, ८ भदौ/     काठमाडौंबाट लुक्लाको लागि उडेको अग्नि एयरलाइन्सको डोनियर विमान मङगलवार बिहान मकवानपुरको विकट शिखरपुरमा दुर्घटनाग्रस्त हुंदा विमानमा सवार सबैको मृत्यु भएको छ।     विमानमा चालक दलका तीनजना सदस्यसहित पांचजना नेपाली, चारजना अमेरिकी, एकजना जापानी र एकजना बेलायती नागरिक गरी १४ जनाको मृत्यु भएको हो।  बिहान ७ बजेर ५ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको विमान सांढे ७ बजे मकवानपुरको विकट शिखरपुर-२ बस्तीपुरमा दुर्घटनाग्रस्त भएको हो। अग्नि एयरलाइन्सको विमानस्थल सर्म्पर्क कार्यालयका अनुसार १९ सीटको सो विमानमा १४ जनाले टिकट काटेकोमा ११ जना मात्र सवार थिए। बिहान विमान एक्कासि आएर बस्तीपुरको धानखेतमा १५ फिट जति घस्रिंदा ठूलो आवाजमा विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी राजकुमार स्याङतानले जानकारी दिए। "एक्कासि विस्फोट भयो। ठूलो आवाज आएकोले हल्लाखल्ला चल्यो। पानीमा रुझदै हेर्नजांदा खेतबारीमा क्षतविक्षत अवस्थामा  विमान दुर्घटना भएको खुल्यो।" उनले भने-"मानिसको शव अङगभङग भएको, टुक्रैटुक्रै परेको अवस्थामा थियो। यस्तो त कहींकतै देखिएकै थिएन।" सोलुखुम्ब

विभिन्न स्थानमा सामूहिक रक्षा बन्धन

प्रस, वीरगंज, ८ भदौ/     पावन पर्व रक्षाबन्धनको पुनीत उपलक्ष्यमा आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजद्वारा राखी बांध्ने कार्यक्रम बडो धुमधामका साथ सम्पन्न भयो।     छपकैयास्थित राजयोग भवन र बिर्तास्थित ओम् शान्ति भवनमा सम्पन्न उक्त कार्यक्रममा नगरका समाजसेवी, बुद्धिजीवी, धर्मप्रेमी, कार्यालय प्रमुखलगायत राजयोगी राजयोगिनी भाई बहिनीहरूलाई राखी बांध्दै सेवा केन्द्रकी क्षेत्रीय सञ्चालिका राजयोगिनी ब्रह्माकुमारी रविणा दिदीले परमात्मा पिता शिवले सम्पूर्ण मनुष्य आत्माहरूलाई भ्रातृत्वको पवित्र सूत्रमा बांधेर सम्बन्ध जोड्नुभएको यादगार पर्व रक्षा बन्धनको महत्त्वबारे प्रकाश पारेकी थिइन्। उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति श्यामप्रसाद पोखरेल, समाजसेवी मुर्ली रुङगटालगायत सेवा केन्द्रमा आई राखी बांधेका थिए।     सेवा केन्द्रद्वारा नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट विद्यापति कण्ठलगायत चिकित्सकहरू, कर्मचारी तथा बिरामीहरूलाई राखी बांधी फलफूल वितरण गरिएको थियो। यसैगरी कारागारका कर्मचारी, प्रहरी तथा कैदीहरू, भन्सार कर्मचारीह

बाढीबाट सखुइ टोल डुबानमा

Image
प्रस, कलैया, ८ भदौ/     जलग्रहण क्षेत्रमा अविरल वर्ष भएपछि बंगरी नदीमा आएको बाढीले मङगलवार बाराको मनहर्वा गाविसको वडा नम्बर चार र पांचमा सखुइ टोलको ३० घर डुबानमा परेको छ ।     स्थानीय बासिन्दाका अनुसार  दशै राउत, दर्ुगा यादव, लक्ष्मीनारायण, जिमदार महतो, श्यामबाबु यादव, महेन्द्र यादव, रामेश्वर यादव, सुबेदार महतो धानुक, रामबहादुर पटेल, जङगबहादुर पटेल, जयनारायण पटेल, अमल राउत, सुरेन्द्र यादव, जितनारायण यादव, शङकर यादव, बलिराम चौधरी, कलह चौधरी, भरत चौधरी, पलट चौधरी, रामबाबु चौधरी, राजु चौधरी, डम्बर चौधरी, चतरी चौधरी, राजेन्द्र चौधरी, रामजी चौधरी, पुनदेव चौधरी, रामएकबाल चौधरी, शिवनारायण चौधरीलगायतको घर डुबानमा परेको छ।     बाढीले करिब चार सय बिघा खेत समेत डुबानमा पारेको छ।   अविरल वर्षले कलैया नगरका केही क्षेत्र डुबानमा परेका छन्। कलैयाको प्रायःजसो वडा डुबानमा परेका छन्। वर्ष यसरी जारी भएपछि खसी-बाख्रा लगायत घरपालुवा जनावरलाई चरनको अभाव भएको छ। वर्षले यहांको जनजीवन प्रभावित भएको छ। वर्ष हुन थालेपछि कृषकहरू भने खुशी भएका छन्।

विवेकपूर्ण कार्य गरे देशमैं विदेशभन्दा बढी कमाउन सकिन्छ

प्रस, रौतहट, ८ भदौ/     आइएलओको सहयोगमा ग्रामीण विकास युवा सञ्जाल पचरुखीले १ हजार ४ सय ९० मिटर सडक मरम्मत कार्य गरेको छ।     शान्तिको लागि स्वरोजगार कार्यक्रम अर्न्तर्गत सडक मरम्मत कार्य भएको हो। ग्रामीण युवाहरूलाई विदेश  भन्दा स्वदेशमैं आयमूलक कार्यक्रम सञ्चालन गरी स्वरोजगारी बनाउने उद्देश्यले सडक मरम्मत कार्यमा १५ वर्षा युवकदेखि २९ वर्षम्मकालाई संलग्न गराइएको ग्रमीण विकास युवा सञजाल पचरुखीका सचिव शैलेन्द्र झाले बताएका छन्। पचरुखीका युवकहरू वैशाख महिनामा भारतको दिल्ली, हरियाणा, पञ्जाब गएर महिनाको दुइ हजार कमाउने गर्थे।     यस वर्षसडक मरम्मत कार्यले आफनै गाउंमा महिनाको सात हजारदेखि १० हजारसम्म आय आर्जन भएको युवक दिपेन्द्र झाले बताएका छन्। १३५ दिनको कार्य ६५ जना युवकहरूले ९८ दिनमा सम्पन्न गरेको बताइएको छ। सो कार्यमा कामदार खर्चमा ७ लाख १० हजार ७ सय ८४ रुपियां ८० पैसा, निर्माण सामग्रीमा ५ लाख ७४ हजार १६ रुपियां,  कोदालो, बेलचा, टोकरी खरिदमा १७ हजार ३ सय ९५ रुपियां, सुपरभिजनमा ६२ हजार ६ सय ६५ रुपियां, वर्कर सेफटीमा ३० हजार ६४ रुपियां, जन श्रमदानमा २ लाख ६० हजार २ सय ३६ गरी १६ लाख ५६ हज

नेपालको राजनीतिमा सतीप्रथा

-  शंकरमान श्रेष्ठ नेपालको राजनीतिमा षड्यन्त्रले सदैव प्रश्रय पाएको छ। कुरो आजको मात्र होइन, बेलाबखत विभिन्न स्वार्थपूर्तिका लागि सत्तामोहतिर उन्मुख हुनेहरूले विभिन्न स्वभावका षड्यन्त्रहरू सुरु गरेका थिए। ती षड्यन्त्रहरूमध्ये सती पठाउने षड्यन्त्रलाई आजको सर्न्दर्भमा पनि अनुकूल भएको रूपमा लिन सकिन्छ।            सती पठाउने षड्यन्त्रको वर्तमान राजनीतिसंग कस्तो सम्बन्ध भनेर निश्चय पनि सबैलाई कुतूहल उब्जिन सक्छ। सतीको सरोकार खासरूपले नारी अस्मितासंग हुने गर्दछ। त्यसै कारण सतीसंग राजनीतिको कुनै सरोकार नहुनुपर्ने हो। सतीप्रथा त विशुद्धरूपमा धार्मिक र सामाजिक सरोकारकोे विषय हुने गर्दछ। नारीको अस्तित्व पुरुषको अस्तित्वसंग गांसिको छ भनेर धार्मिक ग्रन्थ लेख्नेहरूले आ-आफना धारणाहरू प्रस्तुत गरेका थिए। लोग्नेको मृत्युसंगै पत्नी सती गएमा र्स्वर्गको ढोका खोलिन्छ भन्ने मान्यता मुताबिक हिन्दू धर्मावलम्बी मतसंग आबद्ध हुने नारीहरूलाई सती पठाउन थालियो। र्    धर्मलाई आधार बनाएर नारीहरूलाई सती त पठाइयो। नारीहरू आफनो लोग्नेको चिहानमा जिउंदै जल्न तयार भएर धार्मिक मान्यतालाई सहयोग पुर्‍याए। तर धार्मिक मान्य