आरके पटेल, लङगडी, ११ साउन/
पर्सा जिल्लालाई लागू औषधमुक्त क्षेत्र बनाउने उद्देश्य राखी सानो पाइलाले जिल्लाको सुदूर गाविस सुवर्णपुरमा आज जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा वक्ताहरूले गांजा खेतीले दैनिक जीविकोपार्जन कठिनाइ ल्याइरहेको स्वीकार गर्दै गांजा खेतीको विकल्पमा रोजगार, बजार एवं चिस्यान केन्द्रको व्यवस्था मिलाउन आग्रह गरेका थिए। गांजा किनबेचको बहानामा भारतीय अपराधीहरूको चलखेल बढेकोले शान्ति सुरक्षा मिलाउन धेरै कठिनाइ परेकोले त्यस्तो कार्य गर्ने-गराउनेलाई अब नछोड्ने पर्सा प्रहरी प्रमुख राजेन्द्र्रमान श्रेष्ठले बताए। गांजा खतीको विकल्पमा आलु, ऊखु, च्याउ,काउली, सुर्ती गरेमा प्रतिकठ्ठा २५ हजार रुपियांसम्म कमाउन सकिने कृषि विकास कार्यालयका अधिकृत विजय श्रीवास्तवले बताए। वीरगंज उपमहानगरपालिकामा हालसालै गरेको र्सर्वेक्षणको अधारमा ११ सय जना लागू औषध सेवनकर्ता फेला परेको तथा ३८० जनाको लागू पदार्थ सेवनबाट मृत्यु भएको सानो पाइलाका प्रोग्राम कोअर्डिनेटर साधु खड्कीले बताए।
खेतमा बीउ छरेदेखि फसल तयार भई घरमा भण्डारण गरी बिक्री नहुन्जेल प्रहरी एवं भारतीय अपराधीहरूको डरले कृषकहरू रातभरि सुत्न नसक्ने चुरे पर्यटनका जिल्ला अध्यक्ष कृष्णप्रसाद मालीले बताए। गांजा, अफिम खेती गर्नेलाई पहिले सकेसम्म सम्झाई बुझाई अनुरोध गर्ने तर यसपालि नमान्ने व्यक्ति एवं नाइकेहरूलाई कडा करबाई गर्ने वचन प्रमुख जिल्ला अधिकारी नागेन्द्र कुमार झाले बताएका थिए।
सानो पाइलाले फिल्म डकुमेन्ट्री तथा सडक नाटकबाट चेतनामूलक कार्यक्रम देखाएका थिए। सामुदायिक प्रहरी सेवा केन्द्र सुवर्णपुरका अध्यक्ष जरी लामाको सभापत्विमा सुरु भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक दिलबहादुर थापा, प्रदिप चौरसिया, लेखमान थापा, लालबहादुर श्रेष्ठ, सोहरूम राउत गद्दी, सञ्चारकर्मी काशीनाथ यादवले बोलेका थिए।