मध्य मधेसमा असार महिनाको आधाआधीदेखि ट्राफिक, जनपद तथा सशस्त्र गरी तीनै प्रहरीको व्यापक सक्रियतापछि ँअन टेस्ट’ मोटरसाइकल अहिले विरलै देख्न पाइन्छ। कतिपयले वर्षतको मौसम भनी घरमा थन्क्याएका छन्, कतिपय चाहिं मूलबाटो हिड्न छाडिसके र कतिपय चाहिं प्रहरीको आंखा छली अझै पनि चढिरहेका छन्। प्रहरीले गम्भीरतापूर्वक लिएपछि मोटरसाइकलको सङ्ख्या सडकमा कम देखिन थाल्नुमा अनेक कारण हुन सक्छ। गाडी -मोटरसाइकल)को कागजपत्र नहुनु, मोटरसाइकल चोरीको हुनु, चालक अनुमति नहुनु तथा भारतीय गाडी भए सोको पोख्त प्रमाण नहुनु तथा नियमितरूपले भन्सार तिरिरहेको नहुनु आदि।
नेपाली नम्बरप्लेटको मोटरसाइकल भन्दा 'अन टेस्ट’ र भारतीय नम्बरको मोटरसाइकल देखिन थालेपछि र अपराधीहरूले पनि यस्तै खाले मोटरसाइकल प्रयोग गर्न थालेपछि सबैतिरबाट प्रश्न उठ्नु स्वाभाविकै थियो। एउटा जिल्लाको मोटरसाइकल चोरेर अर्का जिल्लामा बेचिदिएपछि नम्बरप्लेट मात्रै बदलिदिए पुग्थ्यो। चोरीको वास्तविक नेपाली गाडीमा नेपालमैं नक्कली भारतीय नम्बरप्लेट चढाएर मोटरसाइकल चढेको पाइयो। ब्रि्री पनि नहोस् कसरी ? नेपालमा डेढ लाख नेपालीमा पाइने मोटरसाइकल बीस-तीस हजारमा सजिलै किन्न पाएपछि जसकसैले पनि किन्ने नै भयो। गएको जाडो महिनाको एक सांझ एकजना साथीले मलाई जम्माजम्मी चार हजार किलोमिटर चलेको हिरोहोन्डा नयां मोटरसाइकल घरमैं ल्याएर बीस हजार नेपालीमा दिइरहेको थियो। उत्तर प्रदेशको सेतो नम्बरप्लेट भएकोले यता कसैले त्यसलाई सोधखोज गर्ने वा केही नहुने निश्चित थियो। ट्राफिक प्रहरीले पनि नचिन्ने गरी नक्कली कागजपत्र उपलब्ध गराइदिने प्रतिबद्धता पनि साथीको थियो।
अधिकांश ँअन टेस्ट’ र भारतीय नम्बरका मोटरसाइकलहरू यसैगरी चलिरहेका थिए र छन् क्यारे। केही नियमपूर्वक पनि चलाइराखेका होलान्। तर प्रहरीको सक्रियतापछि ह्वातै घट्नुले कुनै न कुनै रूपमा दुइ नम्बरी मोटरसाइकलवालाहरू फेरि प्रहरीको निष्किक्रियता पर्खिरहेको अनुमान लगाउन सकिन्छ। कमसेकम मोटरसाइकलको मामिलामा ट्राफिक प्रहरी इमानदार भइदिए दुर्घटना र अपराध दुवै कम हुन्छ र राजस्वमा वृद्धि हुन्छ। यी सबै राज्य सञ्चालनमा सहयोगी हुन् र ट्राफिक प्रहरीको कर्तव्यको घेराभित्र पनि पर्छन्।
सर्न्दर्भलाई चारपाङग्रेतर्फमोडौं। भारतीय नम्बरप्लेटको जीप, सुमो, कार -जसलाई अब जीप मात्र भनिने छ) ले मध्य तर्राईमा ठूलो बजार लिएको छ। यस्ता जीपहरूले नेपाली नम्बरप्लेटको जीपलाई विस्थापित गरिरहेको अवस्था छ। गाउं-गाउं र टोल-टोलमा यस्तो जीप देखिन थालेको छ। जसकसैले जसरी पनि भारतीय नम्बरप्लेटको जीप किनेर भाडा कमाइरहेको छ। कतैबाट कुनै रोकटोक नभइदिंदा यस्तो प्रवृत्ति बढेर गएको हो। जुलुस, सभा, पार्टीहरूमा यस्तै जीपको बाहुल्य हुन्छ। जन्तीहरूमा त झन् यस्तै जीपहरूको एकछत्र राज्य छ, बेरोकटोक जहां पनि सजिलै लैजान पाइरहेका छन्। जीपधनीले पनि लगनको समयमा ३०/४० ओटा जन्ती कमाएर गाडीको दाम र नाफा निकालिरहेकोले जीपमा लगानी गर्नुलाई निकै सुरक्षित मानिरहेका छन्। देखासिकी रूपमा पनि भारतीय जीप किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको हो।
भाडाका भारतीय नम्बरप्लेटका जीपहरूमा निकै ठूलो विरोधाभास पाइन्छ। यस्ता जीपहरू मधेसका जुनसुकै जिल्लाहरूमा लैजान सजिलै तयार हुन्छन। तर चुरेउत्तरका कुनै पनि जिल्लामा लैजान यस्ता जीपहरूलाई तयार हुंदैनन्। यसलाई केही हदसम्म पाच्य मान्न पनि सकिन्छ किनभने कागजपत्रको झन्झट र चेकजांचको टेन्सनका साथै ड्राइभरलाई भाषाको समस्या पनि आउन सक्छ। जब भारततिर लैजानलाई त्यस्ता जीप मालिकहरूलाई भनिन्छ तब कालोनीलो बन्छन्, तर्सिन्छन् र ठाडै अस्वीकार गर्छन्। बिहारको नम्बरप्लेट झुन्डयाएको जीपलाई बिहारमैं लैजान डर लाग्छ। उत्तरप्रदेेश, झारखण्ड, पश्चिम बङ्गालका गाडीहरू तततत जिल्लामा लैजान मान्दैनन् मालिकहरू अथवा एउटा प्रान्तको गाडीलाई अर्काे प्रान्तमा लैजान पनि मालिकहरू मान्दैनन्, आखिर यसको रहस्य के हो ?
"भारतमा आफनो चिनजानको मान्छे छैन। जीपबाट कहीं कतै केही भइहाल्यो भने भारतीय कानुन अनुसार चल्नुपर्छ। भारतीय कानुनको 'क’ पनि थाहा छैन। लामो समयसम्म धाइराख्नु पर्ने हुन्छ। नेपालमा आफनो काम छोडी छोडी भारत धाइराख्नु आफनो बुताको कुरा होइन। यसैकारण भारत पठाउन डर लाग्छ" एकजना जीपमालिकले मसंग भनेको यही हो। यो आवरण उत्तर हो, तिनले यसो भनिरहंदा उनको भाव थियो-यो जीप चोरीको हो। कुनै भारतीयले कसैको जीप चोरेर नेपालमा सजिलै छिराउन सक्छ। मलाई मेरो साथीले घरमा मोटरसाइकल ल्याइदिएर जीप पनि ल्याइपुर्याई कागजपत्रसमेत त्यसैगरी ल्याइदियो र त्यतिकै सस्तो दरमा जीप मलाई दियो भने म के पो गरुंला। जीपको सङ्ख्या यसैगरी बढदो छ। झारखण्डको चोरीको जीपमा दिल्ली वा उत्तर प्रदेशको नम्बरप्लेट लगाएर आफनो गाउं र छिमेकी जिल्लासम्म शानले चलाउन सकिने अवस्था छ। राजमार्गहरूमा कहिलेकाहीं ट्राफिकले रोक्छ। पचास रुपियांदेखि तीन सय रुपियांसम्मको जरिवाना काट्छ, ड्राइभरले पांच सयको नोट दिन्छ र ड्राइभर गाडीलाई अगाडि बढाउंछ। चोरीका यस्ता जीपचालकलाई पैसा फिर्ता माग्ने साहस हुंदैन, ट्राफिकले स्वेच्छाले जतिको बिल काटेर दिन्छ
(वा फाल्छ), हातमा जतिबढीको नोट परे पनि फिर्ता दिने आवश्यकता देख्दैन। कतिचोटि ट्रकमा यात्रा गर्नुपर्दा लाइसेन्स र ब्लुबुकको झमेलामा ड्राइभर पर्दा आफनै आंखाले देखेको छु। यसले गर्दा त्यस्ता ड्राइभरलाई चोरीको जीप चलाउन सजिलो छ। जीपमालिकलाई पनि भन्सार पुगेर राजस्व तिर्नुभन्दा ट्राफिकले तत्काल जीप छोड्न जस्तो शर्त पनि मान्न सजिलो छ जो यर्थाथमा राजस्व मार्ने र बांकी पक्ष मोटाउने शर्टकट’ बाटो मात्र हो।
भारतीय नम्बरप्लेटका जीपहरू अब शङ्काको दायरामा ल्याएर वास्तविक कागजपत्रको खोजी गर्नुपर्छ। रौतहटको समनपुर सशस्त्र बेसक्याम्पले प्रयोग गरिरहेको नेपाली नम्बरप्लेटको जीप नै नक्कली रहेको र्सार्वजनिक भएको थियो। यसबाट भारतीय नम्बरप्लेटका गाडीहरूलाई तत्काल जरिवाना गर्नुभन्दा सीधै भन्सार चलान गर्ने व्यवस्था गर्नुपर्छ। नम्बरप्लेट जांच्ने संयन्त्रलाई सक्रिय पार्नुपर्छ। चोरीको जीपको ब्रि्री-व्यापार तथा प्रयोगको सुरक्षित स्थल बनिरहेको मधेसमा, आपराधिक गतिविधिमा, बढिरहेको जीपको प्रयोग रोक्नुपर्छ नत्रभने एउटा जीपले दुइ-चारवटा नम्बरप्लेट बोकेर र ठाउं अनुसार एकै दिनमा बदलेर हिड्न बेर छैन। एउटा चोकमा अपराध गर्यो र अर्काे चोक आउनुअघि नम्बरप्लेट बदल्यो, यस्तो अवस्था आउन नदिन ट्राफिक प्रहरी र भन्सार दुवैको सक्रियता अत्यावश्यक छ।