प्रस, हेटौंडा, १४ साउन/
मकवानपुर जिल्लाको पश्चिमी क्षेत्र मनहरी गाविसकी एक बालिकाले सौतेनी आमाको दुर्व्यवहारबाट मुक्ति पाउने भएकी छन्। बालबालिका क्षेत्र राष्ट्रिय अभियान -सिजप) मकवानपुरको प्रयासमा शुक्रवार इलाका प्रहरी कार्यालय, मनहरीमा भएको छलफलमा सौतेनी आमाले आइन्दा आफनै सन्तान सरह व्यवहार गर्ने प्रतिबद्धता जनाएपछि पीडित बालिका खुशी भएकी छन्।
मनहरी गाविस-६ रमौलीकी १६ वर्षीया सङगीता र्राईलाई बिहीवार कान्छी आमा रञ्जनाले कुटपीट र दुर्व्यवहार गरेको जानकारीका आधारमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान -सिजप) मकवानपुर शाखाको एक टोली मनहरी पुगेको थियो। सिजप टोलीमा सिविन बाल हेल्पलाइनका कार्यक्रम अधिकृत झवीन्द्र ज्ञवाली, बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडा र हिमराइट्स मकवानपुरका कार्यक्रम अधिकृत खेम बोलखेको सहभागिता रहेको थियो।
पीडित बालिकासहित इलाका प्रहरी कार्यालय, मनहरीमा गई घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरी निरीक्षक कर्णबहादुर चन्दको विशेष सक्रियतामा पीडित बालिकाका बुबा श्यामबहादुर र सौतेनी आमा रञ्जनालाई प्रहरी कार्यालयमा झिकाई छलफल गराइएको थियो। छलफलपछि आइन्दा कुनै किसिमको दुर्व्यवहार नगर्ने र कान्छीपट्टीका सन्तान सहर व्यवहार गर्ने प्रहरी समक्ष लिखित प्रतिबद्धता जनाइएको छ। फेरि पनि समस्या बल्भिmए कानुन बमोजिम कारबाई प्रक्रिया अघि बढाउने प्रहरी निरीक्षक कर्णबहादुर चन्दले सिजप टोलीलाई बताए।
स्थानीय ब्रह्मकाली निमाविमा कक्षा ७ मा अध्ययनरत सङगीताकी आमा छोरी सानै छंदा दोस्रो विवाह गरी गएपछि उनको बिचल्ली भएको हो।
बुबाले कान्छी आमा ल्याएपछि उनी दुर्व्यवहार सहन बाध्य भएको जनाइएको छ। पढ्न तीव्र इच्छा भएकी सङगीतालाई सौतेनी आमा रञ्जनाले पढ्न सहयोग नगर्ने र पढ्न गएकोमा दुर्व्यवहार गर्ने गरेको बताइएको छ। पीडित बालिका पढ्ने इच्छा पूरा गर्न वीरगंज अर्काको घरमा काम गर्न गएकी र त्यहां पनि पढ्ने वातावरण नबनेपछि घर फर्केर ठूलो बुबाको घरमा बसेर पढ्न थालेकी थिइन्।
पीडित बालिकाको अध्ययनको निरन्तरताको लागि सिविन बाल हेल्पलाइन हेटौंडाले छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अधिकृत झवीन्द्र ज्ञवालीले बताए।