जीतलाल श्रेष्ठ, बारा/
बाराको निजगढ शहीद चोकदेखि बागदेवसम्म जोडने कच्ची सडकमा कालोपत्रे कार्य बीचैमा अलपत्र परेको छ। निजगढलगायत छिमेकी जिल्ला मकवानपुरका सीमावर्ती गाविसका बासिन्दाहरूलाईसमेत प्रत्यक्ष फाइदा पुग्ने करिब ६ किलोमिटर बाटो कालोपत्रे गर्ने कार्य अधूरै रोकिएको छ। निजगढस्थित पूर्वपश्चिम राजमार्ग अर्न्तर्गत शहीद चोकबाट गाविसको ३ नम्बरस्थित शहीद हीरालाल पार्कसम्म जोड्ने करिब ६ किलोमिटर बाटोलाई शहीद हीरालाल मार्ग नामाकरण गरी विगत १ वर्षदेखि सुरु गरिएको सडक कालोपत्रे कार्य हालसम्म करिब १६ सय मिटर मात्र बनेको छ। ’मकवानपुरका ग्रामीण भेग धियाल, छतिवन, सरस्वती, तीनभाले, अधेरी, जर्ुइना, फापरबारी, स्वस्तिक गाविसलगायत बासिन्दाहरूलाई आवतजावतमा पायक पर्ने सो मार्ग वषर्ायाममा अति विकट भई सेवाग्राहीहरूलाई कठिनाई हुने गरेको
छ।
उक्त मार्ग निर्माणका लागि जिविस बाराबाट ३ सय मिटरको लागि आवश्यक रकम, नेपाल सरकारबाट ८८५ मिटरको लागि र निजगढ गाविसबाट ४ सय मिटरको लागि गरी जम्मा रु ३५ लाखमा १६ सय मिटर कालोपत्रे गरिएको हो। कालोपत्रे काम अधूरो त छ नै निर्माणको गुणस्तर समेत कमसल देखिएपछि स्थानीय बासिन्दा असन्तुष्ट बनेका छन्। सडक डिभिजन कार्यालय नं. ५ हेटौंडा र जिविस बाराका प्राविधिकहरूले सुपरभिजन गरेको उक्त सडक ठेकेदारसंग मिलोमतो गरी गुणस्तरहीन सडक निर्माण गरिएकै कारण सडक कमसल र भत्किन थालेको स्थानीय बासिन्दाको भनाइ छ। सडकको छेउमा नाला भएकै कारण औतार टोल नजिकै सडकमा कालोपत्रे गरिए पनि वषर्ाको पानीले भत्किएको छ।