प्रस, पर्सा, १२ साउन/
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र वीरगंजले नेपाल रक्त सञ्चारकेन्द्रको ४४ औं स्थापना दिवसमा सञ्चारकर्मीहरूसंग अन्तर्त्रिmया गरेको छ । रेडक्रस भवन पर्सामा आयोजित अन्तर्त्रिmयामा पत्रकार महासङ्घका केन्द्रीय सदस्य महेश दास, शाखा अध्यक्ष शत्रुघ्न नेपाललगायत सञ्चारकर्मीले सबै सङ्घसंस्था, वर्गीय सङगठनहरूलाई रक्तदानप्रति आकरि्षत गर्न नसकिएको र अधिक रगतको खपत हुने ग्रामीण क्षेत्रलाई सचेत बनाउन नसकेकोमा त्यसतर्फ आवश्यक पहल गर्न सुझाएका थिए।
अन्तर्त्रिmयामा रेडक्रस पर्साका सभापति श्याम पोखरेलले रक्तसञ्चार केन्द्र रक्तदाताहरूको सहयोगमा सञ्चालन भइरहेको बताए। उनले रक्तदान कम हुने ग्रामीण क्षेत्रबाट रगत अधिक माग भए पनि सट्टाभर्ना गर्न नचाहने हुंदा समस्या परेको बताए। अन्तर्त्रिmयामा रेडक्रसका मन्त्री फुलमहमद मियां, सहायकमन्त्री विनोद मेहता, उपाध्यक्ष मधु राणाले ग्रामीण क्षेत्रमा पहुंच विस्तार गर्न नसकेकोले रक्तदान गर्नुपर्छ भन्ने चेतना अभिवृद्धि नभएको बताइन्। वक्ताहरूले केन्द्रले उद्देश्यपरक काम गर्न अझै नसकेको टिप्पणी गरेका थिए। कार्यक्रम केन्द्रका संयोजक डा. श्यामसुन्दर दासको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन उदय शर्माले गरेका थिए। कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै केन्द्रका प्रमुख प्रवीण मानन्धरले गत वर्ष ४ हजार २ सय ८६ युनिट रगत सङकलन भएको र सोको परीक्षण गर्दा एचआइभीका सातजना सङ्क्रमित फेला परेको बताए। मानन्धरले केन्द्रले गत वर्ष ७३ पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको पनि बताए।