प्रस, पर्सा, १४ साउन/
ज्वाला सिंहले नेतृत्व गरेको मधेस तर्राई जनतान्त्रिक पार्टीका पर्सा जिल्ला सैन्य कमान्डर आकाश उपनाम भएका भाजु पटेललाई प्रहरीले गिरफतार गरेको छ।
पटेललाई प्रहरीले उनकै गाउं लाल पर्साबाट गिरफतार गरेको हो।
दिउंसो लालपर्सास्थित महावीर मन्दिरमा पटेल सुतिरहेको बखत सादा पोशाकमा चारजनाको सङ्ख्यामा गएको प्रहरी टोलीले पक्रेपछि गाउंका महिलाहरू प्रहरीमाथि आक्रमण गरी छुटाएका थिए। पछि ठूलो सङ्ख्यामा गएको सशस्त्र तथा नेपाल प्रहरीको टोलीले लालपर्सा गाउं घेरा हाली र्सच गरेर बेलुकीपख समाउन सफल भएको
थियो।
नेपाल प्रहरीको तर्फाट प्रनाउ योगबहादुर पाल र सशस्त्र प्रहरीको तर्फाट सप्रनाउ लालबहादुर कार्कीको संयुक्त टोलीले पटेललाई गिरफतार गरेको थियो।
पक्राउ परेका ३३ वर्षीय पटेललाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जनाएका छन्। वीरगंज र आसपास क्षेत्रमा दर्जनौं हिंसात्मक गतिविधि तथा चन्दा असुलीमा प्रहरीले पटेललाई लामो समयदेखि खोजिरहेको थियो।
राज्य र माओवादीबीच सशस्त्र द्वन्द्वको बेला माओवादी कार्यकर्ता रहेका पटेल माओवादी शान्ति प्रक्रियामा आएपछि जनतान्त्रिकमा लागेका थिए। जनतान्त्रिकमा लागेपछि विभिन्न घटनामा संलग्न पटेललाई ३ वर्ष अगाडि प्रहरीले गिरफतार गर्दा माओवादीले चक्काजाम गरी मुक्त गराएको थियो।
भारतीय सीमामा बसी वीरगंज र आसपास क्षेत्रमा कारबाई थालेपछि पटेलमाथि रक्सौलको गम्हरिया नहरमा अज्ञात समूहले गोली प्रहार गर्दा उनी बांच्न सफल भएका थिए।
पटेलको गिरफ्तारीपछि जनतान्त्रिक पार्टीमा एक अर्कामाथि आरोप-प्रत्यारोप सुरु भएको छ। पार्टीकै केही मान्छेले प्रहरीलाई सूचना दिई गिरफतार गर्न लगाएको आरोप लगाइएको छ।