प्रस, पर्सा, ९ साउन/
वीरगंज बौद्ध समिति भिस्वा महाचैत्यको आयोजनामा आज गुरु पूर्णिमाको अवसरमा गुरु पूजन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। वीरगंज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित समारोहलाई सङ्घका पूर्वअध्यक्ष एवं समाजसेवी उद्योगपति बाबूलाल चाचानले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए। प्रमुख अतिथि चाचानले गुरुलाई स्मरण गरी सम्मान गरिने यस दिनलाई विशेष महत्त्व साथ लिनुपर्ने बताए। बौद्धसमिति पर्साका अध्यक्ष वीरहर्ष शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीउवासङ्घका अध्यक्ष ओमप्रकाश सिकरिया, हीरालाल केडिया, पशुपति व्रि्रम शाह, डा. भीमचरण थापा र केदारमान श्रेष्ठलाई सम्मानित गरिएको थियो। यसैगरी यस वर्ष एसएलसीमा पर्साबाट सर्वोत्कृष्ट अड्ढ ल्याएर उत्तीर्ण भएका दिपेन्द्र गुप्ता र किरण गुप्तालाई सम्मानित गरिएको थियो।
कार्यक्रममा डा. दिपक शाक्य, मोहनलाल राजपाल, अशोक बैदलगायतले मन्तव्य व्यक्त गरेका थिए भने स्वागत भाषण इन्द्रमान रञ्जितकार र सञ्चालन बालमुकुन्द खरेलले गरेका थिए।
हेटौडा/
गुरुप्रति श्रद्धा अर्पण गरी आइतवार गुरुपूर्णिमा मनाइएको छ।
महाभारत, श्रीमद्भागवत, अठार पुराणलगायत ग्रन्थहरूका रचयिता तथा वेदलाई चार भाग लगाउने वेदव्यासको जन्म जयन्ती प्रत्येक वर्षको असार शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा मनाउने गरिन्छ। द्वापर युगको अन्त्यतिर ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाको पुत्रका रूपमा व्यासको जन्म भएको हिन्दू धर्मग्रन्थहरूमा उल्लेख छ। प्राचीनकालको गुरुकुल शिक्षाबाट सुरु भएको यो पर्वमा विद्यार्थीहरूमा विद्या, विनय र शिष्टता प्रदान गरी कर्तव्य र जिम्मेवारीको बोध गर्राई उज्ज्वल भविष्यको मार्गदर्शन गराउने गुरुलाई सम्मान प्रकट गर्ने गरिन्छ। यस दिनलाई विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ। विद्यार्थीहरूले गुरुलाई विभिन्न मिठाइ र फलफूल दिई खुशी पार्ने र आर्शीवाद लिने गर्दछन्।
गुरुपूर्णिमाका अवसरमा मकवानपुरमा र्याली तथा प्रवचन गरिएको छ। पतञ्जली योग जिल्ला समिति मकवानपुरले कार्यक्रम गरेको हो। समितिका अध्यक्ष ध्रुवप्रसाद पौडेलको अध्यक्षता तथा पतञ्जली योग समितिका नारायणी अञ्चल आभारी कृष्णबहादुर न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। कार्यक्रममा समितिका यादव गजुरेल, मनोक्रान्ति अभियानका धु्रवप्रसाद विडारी, पतञ्जली योग समितिकी सदस्य मुनु सिग्देल, महिला प्रभारी तुलसा ढुङ्गाना, भुटनदेवी उच्च मावि हेटौंडाका प्राचार्य विष्णुप्रसाद गौतमले गुरुको महत्त्व प्रस्ट पारेका थिए। त्यस्तै नारायणी यातायात व्यवसायी सङ्घ मुख्य कार्यालय हेटौंडाका अध्यक्ष हीरालाल श्रेष्ठ, प्राकृतिक चिकित्सा उपचार केन्द्रका ओमकारस्वरानन्द, समितिका महामन्त्री रामकृष्ण थापाले मन्तव्य व्यक्त गरेका थिए।
नेपाल करांते महासङ्घ मकवानपुरको आयोजनामा आइतवार हेटौंडामा गुरुपूजा गरियो। सितोरियो करांतेका खेलाडीहरूले आफना अग्रज गुरुहरूलाई सम्मान गरेका हुन्। गुरुपूजाले चेला र गुरुबीच आत्मीयता अभिवृद्धि हुने नेपाल करांते महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक दयराराम क्यालले बताए। त्यस्तै नेपाल सीन क्योकुशिन कराते सङ्घ मकवानपुरको आयोजनामा मूल डोजो बस्तीपुरमा गुरुपूजा गरिएको छ । कार्यक्रममा सङ्घका नारायणी अञ्चल प्रशिक्षक किशोर श्रेष्ठले खेलाडी र प्रशिक्षकबीच आत्मीय सम्बन्ध बढ्ने र अनुशासन कायम हुर्ने विश्वास कुरा बताए।