प्रस, कलैया, ९ साउन/
बारा सदरमुकाम कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा आइतवार न्याय माग्न बारा मनहर्वाका १७ जना आइपुगेका छन्। हलखोरिया जङगलमा निराहार तपस्यारत तपस्वी रामबहादुर बम्जनले कुटेको भन्दै उनीहरू यहां आएका हुन्।
यसरी पीडित भई कलैया आएकाहरूमा मनहर्वाका गौरीशड्ढर चौधरी, राजेश माझी, विजेन्द्र चौधरी, सनेशी चौधरी, श्रीराम चौधरी, भदई चौधरी, सन्तु चौधरी, चैत माझी, श्रवण चौधरी, प्रल्हाद चौधरी, पासपत चौधरी, परदेशी चौधरी, हरि चौधरी, देवनाथ चौधरी, समफुल माझी, आशा माझी, राजमन माझी रहेका छन्। आफूहरूलाई बिहीवार दुइ बजे नियन्त्रणमा लिई कुटपिट गरी शुक्रवार १२ बजे मध्याह्न तपस्वीले छाडेको पीडितहरूले कलैयामा बताएका छन्।
तपस्वीले गएको मङ्सिरमा लागेको श्री गढीमाई मेलामा बोका बली किन दिइस् भन्दै कुटपिट गरेको उनीहरूको भनाइ छ। तपस्वी भनेर उनको प्रतिकार नगरेको पीडितहरूले बताए। तपस्वीले अधिकांशको टाउको एवं शरीरको अन्य भागमा लाठी एवं हातले कुटेको र नीलडामसमेत बनाएको पीडितहरूको आरोप छ। घटनाबारे अध्ययन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। कुटपिटबारे पीडितहरूले जैतापुर प्रहरी चौकीमा उजुरी दिएका छन्। निषेधित क्षेत्रभित्र घरेलु हतियार लिई प्रवेश गरेका कारण सो घटना भएको गुम्बा निर्माण समिति एवं तपस्वी सेवा समितिका एक सदस्यले जनाएका छन्।