-इ. गोपाल श्रेष्ठ
राजनीतिकर्मीहरू कतातिर - यो प्रश्न अहिले नेपाली समाजमा टड्कारो छ। कारण, राजनीतिकर्मीहरू जानी- जानी बाटो बिराएर अहिले नेपाल र नेपालीलाई भड्खालोमा हाल्दैछन्। आम नेपालीले सोचेका थिए, हाम्रा नेताहरूले हामीलाई काम, माम र सुख-शान्ति दिनेछन्। तर परिणाम ठ्याक्कै उल्टो आइरहेछ। नेपालीहरू दिनानुदिन कमजोर, गरीब र असहाय हुंदै जांदैछन्। एकातिर गरीबीले पिल्स्याइरहेछ भने अर्कोतिर शान्ति सुरक्षा स्थिति नाजुक भएकोले मर्नु, बांच्नुको ठेगान छैन र दुइ गांस खाना पनि शान्त मनले खान पाइरहेका छैनन्। राजतन्त्र हुंदा त राजपरिवार र तिनका आसेपासेहरूले मोजमस्ती गरेको देखेर हाम्रो मन कुंडिन्थ्यो र कहिलेकाहीं त आतङकित पनि हुन्थ्यो। तर, अपसोच १ लोकतन्त्र आइसके पनि हाम्रो मन कंुडिने र आतङकित हुने क्रम घटेको छैन। कारण, राजतन्त्र गए पनि राजपरिवारकै ठाउंमा बस्न चाहने मानसिकता भएका नेताहरूको कमी भएन हाम्रो देशमा १
आज हाम्रा नेताहरू जनताको सुखभन्दा सत्ता र शक्तिको पछि लागेको प्रस्ट छ। सत्ता प्राप्त गर्न सकिन्छ भने जुनसुकै दल जतासुकै मिल्न गएको पनि प्रस्ट देखिन्छ। नैतिकताको राजनीति, मूल्य-मान्यताको राजनीति अब एकादेशको कथा भइसक्यो। भ्रष्टाचार जतासुकै व्याप्त भइसक्यो। मान्छे काटेको, मारेको घटना खसी-बोका र हांस-कुखुरा काटेको जस्तो साधारण घटना भइसक्यो। मानवीय संवेदनशीलता कता हरायो कता १ विकासको ठाउं विनाशले लिइसक्यो। विकासको काम नै हंुदैन भने अन्तर्रर्ााट्रय सहयोग संस्थाहरूले पनि किन सहयोग गर्ने - हामीसंग विकासको लागि खर्च गर्ने रकम पनि छैन। हाम्रो आय त साधारण खर्चमा नै सकिन्छ। देशमा भोकमरी बढेको बढयै छ, साधारण स्वास्थ्य सुविधा पनि नपुगेर मान्छे मरेका मर्यै छन्। अनि, यो देशमा केही हुंदैन भनि विरक्तिएर विदेश जानेहरू पनि हुलका हुल छन्। यस्तो परिस्थितिको बोध हाम्रा नेताहरूलाई किन नभएको - भारतको बिहार राज्यको आर्थिक वृद्धि दर १६ प्रतिशत नाघिसकेको तथ्य झापामा आइसक्यो। बिहारको शान्ति सुरक्षामा पनि पत्याउन नै नसक्ने गरी सुधार भइसक्यो। पहिले-पहिले सबैले बिहारलाई हेय दृष्टिले हर्ेर्थे अहिले नेपाल र नेपालीलाई हेय दृष्टिले हर्ेन थालेका छन्। नेपाल र नेपालीको शानमा यस्तो धक्का लागे तापनि हाम्रा नेताहरू आपसी खिचातानीमा व्यस्त छन्। उन्नत नेपाल, सुदृढ नेपाल अनि शान्त नेपालको हाम्रो सपना कहिले पूरा हुने -
हाम्रो देशमा राजनीतिक दलहरूको सङख्यामा कुनै कमी छैन, नेताहरूको सङख्यामा पनि कमी छैन। तर राष्ट्रले आकाङक्षा राखेको सच्चा नेताहरूको सङख्यामा त पक्का नै कमी छ। हामी कहँं पनि मलेसियालाई कायापलट गर्न सक्ने महाथिरजस्तो नेता, बिहारलाई कायापलट गर्न सक्ने नीतीशकुमार जस्तो नेता अविलम्ब चाहियो। तर हामीले चाहना गरेर मात्र के यस्तो नेताको पूर्ति हुन सक्छ - अवश्य सक्तैन। तर हामी लोकतान्त्रिक राष्ट्र भएकाले हामीले योग्य व्यक्तिलाई मात्र आफनो नेता बनाऔं। चुनावको घोषणा-पत्र -मेनिफेस्टो) अनुसार काम नगरी कामको परिणाम नदिने दल तथा नेताहरूलाई बारीमा मूला उखेलेभै+m उखालौं। हामी जनता परिणाममुखी भएनौं भने नेताहरू परिणाममुखी हुने कुरै आएन। चुनावमा हामीले मत हाल्नुअघि हामी र्सवशक्तिमान हुन्छौं भने मत हालिसकेपछि हाम्रो शक्ति क्षीण हुन्छ। त्यसपछि त हामीले ती नेताहरूलाई हामीमाथि नै शासन गर्ने अधिकार दिई हाल्यौं नि १ वास्तवमा नेताहरू जनतामुखी हुनुपर्ने हो। तर, हाम्रो देशमा जे पनि उल्टै हुन्छ। चुनाव जितेपछि नेताहरू जनताको सर्म्पर्कमैं रहन चाहंदैनन्। जनताको सेवा गर्नु त कता हो कता? शासन गर्न थाल्छन्। शासन गर्नु भनेको उनीहरूले जे भने पनि जनताले सुनिरहनुपर्ने अवस्था हो। अनि, उनीहरूले जे गरे पनि जनताले सहिरहनुपर्ने अवस्था हो। त्यसैले, अब सबैले भन्न थालिसके - हाम्रा राजनीतिकर्मीहरू कतातिर ?