प्रस, निजगढ, १३ साउन/
जिल्ला ट्राफिक प्रहरी, बाराले राजमार्ग तथा सडकखण्डका विभिन्न स्थानमा चेकजांच गरे पनि दुर्घटनामा कमी आएको छैन। गत ३ महिनामा बाराको विभिन्न सडकखण्ड अर्न्तर्गत ६६ वटा दुर्घटनामा २४ जनाको ज्यान गएको छ भने, १२१ जना गम्भीर घाइते हुनाका साथै ४३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराको एक तथ्याङकले पुष्टि गरेको छ।
यातायातका साधनहरू चेकजांच गरी दुर्घटनामा कमी ल्याउने सरकारको नीति अनुरूप ट्राफिक प्रहरी गठन भए पनि दुर्घटनामा कमी आएको छैन। राजनैतिक तरलताको फाइदा उठाउंदै चेकजांचका नाममा ट्राफिक प्रहरी रकम असुल्न व्यस्त भएपछि दुर्घटना बढ्दै गएको प्रत्यक्षदर्शीहरू बताउंछन्। क्षमताभन्दा बढी ढुवानी, लाइटहरूको गडबडीलगायत त्रुटिपूर्ण यातायातका साधनहरूबाट समेत रकम असुल्दै छाडीदिने प्रवृत्ति बढेपछि दुर्घटनामा उल्लेखीय वृद्धि भएको यातायात व्यवसायीहरू बताउंछन्.।
ढुङगा, बालुवा, रोडा, गिट्टी लोड टयाक्टर, टिपर, ट्रकबाट खसेका ढुङगा जङगल क्षेत्रका राजमार्ग तथा सडकखण्डमा अनाधिकार राख्ने गर्दा यातायात साधनहरू अनियन्त्रित हुंदै दुर्घटना हुने गरेका छन्। क्षमताभन्दा बढी ढुङगा, बालुवा, भुस, ड्रमलगायत अन्य सामानहरू लोड गर्नेलाई कारबाई गर्नुपर्नेमा रकम लिंदै ट्राफिक प्रहरीले छोडिदिने गरेको प्रत्यक्षदर्शीहरू बताउंछन्। मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, पथलैयामा राखिएको चेकपोस्टमा दिनदाहाडै अवैध रकम उठाउने गरेको स्रोतले बताएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ मातहतको कलैया, सिमरा, जीतपुर, परवानीपुरलगायत अस्थायी पोस्टमा खटेको ट्राफिक प्रहरीले प्रतिटयाक्टर २० रुपियां र ट्रकको अवस्था हेरी ५० देखि १ सय रुपियां अवैध रकम असुल्दै छोडिदिने गर्दछ। त्यस्तै गोरु, भैसी, गोलाइ लोड प्रतिट्रक २ सयदेखि ५ हजारसम्म उठाउने गरेको प्रहरी स्रोतले नै बताएको छ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक किशन सिंह मुरारी सांगुरो सडक, पुरानै संरचना, अधिक मात्रामा यातायातका साधन, पुरानो जीर्ण गाडी, चालकको लापरवाही, मौसमको खराबी, यान्त्रिक गडबडी, जनचेतनालगायत अन्य कारणले यातायातका साधनहरू अधिक दुर्घटना हुने बताउंछन्।