स्वविवेकले केही गर्न नसक्ने, सुस्त बुद्धिको युवकको विवाह भएछ। ससुराली पठाउनुपर्ने दिन आयो, दुलहाका आमाबाबुले छोरालाई सिकाएछन् ँछोरा सासु ससुरासंग कुरा गर्दा नराम्रो कुरा नगर्नु, आफू सुनेर बस्नु उनीहरूले जे भने पनि हजुर, राम्रँे, बेसै भएछ, भन्नु। ज्वाइंलाई मेजमानी गर्ने क्रममा ससुराले कुरा सुरु गरे- अस्ति भर्खरै ब्याउने भैंसी किनेर ल्याएको थिएं, ल्याएको महिना दिनमैं पाडा ब्यायो। ज्वाइंले सही थपेछ राम्रो भयो। ससुरा अगाडि थप्दै गए ब्याएको १५ दिनमा माउ-पाडा मर्यो, ज्वाइंले सही थपेछ बेसै भयो। सासु, ससुराले मकैबालीमा खडेरी परेको, धानखेत खोलाले बगाएको कुरा सुनाउंदा पनि ज्वाइंलें हजुर राम्रो, बेसै भयो भनेछ। अन्तमा केटी र केटीका माइती पक्षलाई दुलहा सुस्त मनस्थितिको रहेछ भन्ने थाहा भयो। अयोग्य छोरालाई योग्य भनी झुक्याएर विवाह गराएकोमा दुलहाका आमाबाबुलाई कारबाई साथै जालसाजी विवाह बदर गरिएछ।
हाम्रो मुलुकमा अहिले तटस्थ बस्नेहरूको प्रतिस्पर्धा चलेको छ। पहिले-पहिले नेपाल मजदुर किसान पार्टीले बढी प्रयोग गर्ने तटस्तवाद अहिले नेकपा एमाले, मधेसवादी दल हुंदै ससाना दलहरूले समेत अनुसरण गरेका छन्। बहाना सजिलो छ। ँराष्ट्रिय सहमतिका लागि तटस्थ बसेका छौं।’ मुलुकको राजनीतिक हलो कर्ुर्सर्ीी गएर अड्किएको छ। अड्किएको राजनीतिक हलो निकाल्न बहुमत भए पुग्छ। संविधान निर्माणका लागि पो जनताले राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न दलहरूलाई भनेका हुन्। संविधान निर्माण अलग पाटो हो, सरकार निर्माण अलग पाटो। सत्तामा जान सरोकारै नराख्ने नेमकिपाजस्ता पार्टी पनि संविधान निर्माणको अग्रपङक्तिमा उभिन सक्छन्। संविधानको अक्षरसम्म संविधान सभाको दुइतिहाई बहुमतले पारित गर्नुपर्छ, तर सरकार गठन र विघटन संसदको सामान्य बहुमत भए पुग्छ। यो अन्तरिम संविधानले व्यवस्था गरेको कुरा हो। सरकार निमर्ँणमा दुइतिहाई हुंदैमा वा राष्ट्रिय सहमति हुंदैमा भोलि सबै निर्णयमा राष्ट्रिय सहमति हुन्छ भन्ने छैन । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई सहमति दिएकाहरूले पछि उनकै खुट्टा तानेका होइनन् र ?
ससुरोले भैंसी मर्यो भन्दा बेसै भयो भन्ने सुस्त मनस्थितिको ज्वाइं र हाम्रा वर्तमान राजनीतिक दलका नेताहरूमा भिन्नता देखिएको छैन। अयोग्य भई रछ्यानमा मिल्कयाइएका दल र तिनका नेताहरूलाई अभिभावकरूपी जनताले जनान्दोलन-२ मार्फत् पुनर्जीवन दिएर संविधान सभाको दुलहा बनाइदिएका हुन्। जनताले जे जनादेश दिएको र जुन कुरा सिकाएको थियो, त्यसलाई उसले गलत अर्थ लाग्ने ठाउंमा प्रयोग गरिरहेको छ। सरकार गठनमा
राष्ट्रिय सहमतिको नारा फलाक्ने र आफनो विवेक प्रयोग गर्न नसक्ने अयोग्यहरूको कारण देश अन्योलग्रस्त छ। अदालतमा मुद्दा परेका छन् यिनै बहानामा मुलुक र मुलुकवासीको भविष्य बोकेको महत्त्वपूर्ण समय खेर जांदैछ। अयोग्यहरूलाई माया गरेर जबरजस्ती दुलहा बनाउंदाको दण्ड आज नेपाली जनताले भोगिरहेको छ। तर्सथ जसो गरे पनि नहुने हो र विश्व समुदाय समक्ष मुलुकको इज्जत धज्जी उडाउने काम वर्तमान सभाशदहरुबाट भइरहने हो भने संविधन सभा रद्द गरेर नयां जनादेशको बाटोमा जानै पर्छ। त्यसो गर्दा पनि आकाश खस्दैन।