पर्सा जिल्लालाई लागू औषधमुक्त क्षेत्र बनाउन अहिलेको प्रशासनले लागिपर्ने अठोट गरेको छ। लागू औषध उत्पादन खेतमा हुन्छ। लागू औषधको कच्चा पदार्थ गांजा र अफिम हुन्। पर्सा जिल्लामा परम्परादेखि नै गांजा खेती हुंदै आएको हो। तर्सथ यहांका किसानलाई गांजाखेतीको राम्रो अनुभव छ। नगदे बाली, खुला सिमाना र भारतमा अत्यधिक मागका कारण यहां गांजा प्रचुर मात्रामा उब्जाइन्छ। पहिले-पहिले यति सारो गांजा खेती हुंदैनथ्यो। जिल्लाका पहुंचवाला, हक्की किसानले मात्रै गांजाखेती गर्दथे। २०४६ सालको राजनीतिक परिवर्तनले मानिसमा स्वतन्त्रताको अर्थ आफूखुशी खेती गर्ने मानसिकता फस्टाएकोले गांजाखेतीको तीव्रता बढयो। त्यसभन्दा पहिले २०३६ सालमा सम्पन्न जनमत सङ्ग्रहमा पञ्चायतलाई विजयी बनाउन सत्तावालहरूले खुलेयाम र्सार्वजनिकरूपमा गांजाखेती गर्न दिने अभिव्यक्ति दिएर गांजाखेतीलाई अघोषित मान्यता दिलाएका थिए। जनताले नगदे बालीको स्वाद चाखी सकेपछि यसलाई नियन्त्रण गर्न जति कोशिश गरे पनि दिन दुगुना रात चौगुना फस्टाउंदै गयो। किसानको अटेरपना, प्रशस्त पैसाले गर्दा प्रहरी, प्रशासनलगायत समाजका टाठाबाठा सबै गांजाको पैसाबाट पालिन थालेपछि अब यो अनियन्त्रित बन्न पुगेको छ।
यताका दिनमा विश्व समुदायलाई देखाउन सरकारले गांजा नियन्त्रण गर्न जति प्रयास गर्यो, यसको खेती त्यही अनुपातमा वृद्धि हुंदै गयो। गांजा नियन्त्रणको नाममा सरकारले फसल तयार भएको गांजा काट्ने अभियान थाल्यो। जुन हास्यास्पद मात्र होइन, गांजा किसानलाई सरकारको तर्फाट बेगारी खटिदिएजस्तै भयो। काट्नेे बेला भएको गांजा काटेर नष्ट गर्नु साध्य पनि थिएन। किसानको मजदुरी मात्र बचत भयो। सरकारको नियत र प्रशासनको लालच देखेर पर्साका किसान गांजाखेतीबाट उत्साहित भएर अफिमको खेती गर्न थाले। अब प्रशासन र प्रहरीलगायत यसबाट लाभान्वित हुने सबै वर्गको आम्दानी बढ्न थाल्यो। अर्थात अब चाहेर पनि कसैले रोक्न नसक्ने अवस्था आएपछि एउटा फिस्टे संस्था र जिल्ला प्रशासन कार्यालयले यसको नियन्त्रणको अभिभारा बोकेको छ।
नियन्त्रण गर्न खोज्नेहरूलाई हतोत्साहित गर्न खोजिएको होइन। तर तरिकाले काम नगर्ने हो भने लागू औषध खेती नियन्त्रित गर्छु भन्नुको अर्थ पहिलेभन्दा बढी कमिशन चाहियो भन्न खोजेको स्पष्ट हुन्छ। गांजा र अफिमको बीउ र्छर्ने अहिलेको बेलामा तात्ने हो भने सानो परिश्रमले ठूलो सफलता हासिल हुन सक्छ। बीउ नै भएन भने झार कसरी उम्रन्छ - आज एक कठ्ठामा लगाइएको बीउ भोलि १० बिघामा रोपिएपछि कसरी नियन्त्रण गर्न सकिन्छस पहिलो कुरो। दोस्रो बीउ मासेर पनि केही मात्रामा खेती गरिएको छ भने जग्गाधनीलाई कानुनी कारबाई गर्ने आंट गर्ने हो भने अर्को वर्षदेखि कदापि कुनै किसानले गांजा वा अफिम खेती गर्ने छैन। लागू औषध नियन्त्रणको यस उपचारतिर प्रशासन वा सक्रिय संस्थाले जांगर र इमानदारिता देखाउने हो भने जानेर वा नजानेर किसानले खेती गरेको लगानी जोगिने र लक्ष्य पनि प्राप्त हुन्छ। अन्यथा ठूलो दाबी गरेर ठूलो राशिको अपेक्षा गरेको हो भने भन्नु केही छैन। हिजोअस्ति यहां यस्तो दाबी गर्नेहरू बढी मालामाल भएका थिए। सानो पाइला र प्रशासन प्रमुखको प्रयासलाई साधुवाद !