हिङ नभए पनि हिङ राखेको टालो गन्हाउंछ भन्ने उक्ति अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा लागू भएको छ। हिजो पर्सा जिल्ला मात्र होइन, बारा, रौतहट, मकवानपुरसम्मका नागरिकलगायत भारतबाट पनि मानिसहरु उपचारका लागि वीरगंज आउने गर्दथे। कारण एउटै थियो वीरगंज अस्पतालमा उपचार खर्च सस्तो र गुणस्तरीय थियो। नेपालका प्रसिद्ध चिकित्साकर्मीहरुले सेवा पुर्याएको स्थान थियो। यहांको बसाइ र खाना सस्तो थियो। यसले गर्दा नारायणी अस्पतालको नाम मात्र चलेको थिएन, वीरगंजले नै सम्मान पाएको थियो। आफनो यस उत्कर्षपछि यस अस्पतालको गरिमा हराउंदै गयो। अब यहां असल चिकित्सक आउन नमान्ने भए। परिस्थितिले बाध्य भएर जो असल यहां बसेका थिए तिनलाई धपाइयो। असललाई विस्थापित गरेर बस्ने असल त पक्कै हुंदैन। कमसलहरुको बिगबिगी बढ्दै गयो। वीरगंजका धनाढयहरुले पनि अब अस्पतालमा कुनै रस छैन भनेर आफनो लगानी अन्यत्र लगाउन थाले। नारायणी उपक्षेत्रीय अस्पतालका थुप्रै प्रतिद्वन्द्वी अस्पतालहरु अस्तित्वमा आए। यस्तोमा यस अस्पतालमा दर्ुइ चारजना जो असल चिकित्सक थिए, तिनको मनोबल पनि खस्कंदै गयो। अहिलेको अवस्था कस्तो छ भने रोगीको कुरै छाडयौं जो निरोगी छन् ती पनि एकपटक अस्पताल पुगे भने रोगी भएर बाहिर निस्कन्छन्। अचेल त हजामले पनि एकजनाको दार्ही खौरेपछि अर्कोको खौरनका लागि अर्को ब्लेड प्रयोग गर्छ तर स्वास्थ्यप्रति अति संवेदनशील हुनुपर्ने अस्पतालमा दिनभरि एउटै कैची र औजारले भएभरका रोगीहरुको शल्यक्रिया गरिन्छ। एउटा रोगीले विर्सजन गरेको फोहरमा अरु रोगीले लतपतिनुपर्छ। मानौं सरकारी अस्पताल भनेको निजी अस्पतालहरुलाई रोगी सप्लाई गर्ने कुनै अघोषित संस्था होस्। हुन त अस्पताललाई कसैले माया नै नगरेको पनि होइन। कुनै दाताले आंखा उपचारका लागि छुट्टै भवन बनाइदिएको छ, कसैले आकस्मिक कक्षको आधुनिकीकरण गरिदिएको छ भने कसैले बाल उपचारका लागि आधुनिक कक्षहरुको निर्माण गरिदिएको छ। तर सेवा नै पुग्न सक्दैन, उपचार नै सही ढङगले हुन सक्दैन भने हिङ नभएको टालो सुंघेर मात्र त कसैको इच्छा पर्ूर्ति हुन सक्दैन।
अहिलेको दिनमा त हिङ नभएको त्यो टालोबाट गन्ध पनि आउन छाडेको छ। कुनै जमानामा यस अस्पतालमा मरण-शय्यामा आएका रोगी ठिमठिम परेर आफनै खुट्टाले हिंडेर जान्थे। अब निरोगी व्यक्तिलाई यहांबाट स्ट्रेचरमा हालेर कुनै निजी अस्पताल पुर्याउनुपर्ने बाध्यता आएको छ। यस्तोमा गन्ध पनि मरिसकेको त्यो जाबो टालोको के उपादेयता - र यस्तो हुनुमा सबभन्दा बढी दोष नेपाली राजनीतिक दलहरुको सङकीर्ण तथा दरिदर मानसिकता नै हो। आजको समयमा सरकारको कुनै पनि व्यवस्थापन चलाउन सक्ने जांगर चुकेको छ। सबै कुरा ऊ स्वतन्त्र व्यवस्थापन समितिको जिम्मा दिन चाहन्छ। तर व्यवस्थापनका लागि योग्य र भद्र नागरिकको उसलाई दरकार छैन, आफनो कार्यकर्तालाई जता पायो भर्ति गरिदिए पुग्यो। रुचि र योग्यताको वास्ता नगरी जथाभावी उत्तरदायित्व दिंदा जुन हविगत हुन्छ त्यसको अत्युत्तम उदाहरण नेपालका सामुदायिक विद्यालय र अस्पतालहरु देखा परेका छन्। अनि त नैराश्यको पराकाष्ठामा पुगेर भन्नर्ुपर्छ-हर शाख पे उल्लू बैठे हैं...।