शौचालय संस्कारको हामीकहां र्सवाधिक अभाव छ। खुला दिशा-पिसाब गर्ने नानीदेखिको बानी दलित वा निम्न आर्थिक स्तर भएका व्यक्तिहरूमा मात्र होइन, राणाहरूजस्ता सामन्तमा पनि शौचालयको अवधारणा धेरैपछि जब नेपालमा विदेशीहरू आउन थाले, पलाउन थालेको हो। गाउंघरमा आज पनि सम्भ्रान्त कहलिनेहरू खुलामा दिशा-पिसाब गर्दछन् दलित र आर्थिक अभाव भएकाहरूको के कुरा १ फरक यति हो कि हाम्रो समाजमा सम्भ्रान्त वा शिक्षितहरूले पछिसम्म पनि खुला दिशा-पिसाब बाटोघाटो छाडेर, घरबाट टाढा मात्र गर्दथे। अहिले त गाउं-देहातबाट सम्भ्रान्त र शिक्षित मध्यम वर्गीय मानिसहरू शहरतिर पलायन भएपछि गाउंघरमा हिंड्न समेत मुश्किल पर्ने गरी बाटोको छेउ-छेउमा दिशा गर्ने चलन बढेको छ। खुला दिशा-पिसाब गर्ने बानी तर्राईमा मात्र होइन, पहाडमा पनि अद्यापि विद्यमान छ। गाउं-बस्तीको के कुरा वीरगंजजस्तो शहरको मूल बाटोमा बिहान हिंड्दा नाक मात्र होइन आंखा पनि छोपेर हिंड्नुपर्ने बाध्यता आज पनि देख्न सकिन्छ। मूलतः मानिसमा खुला दिशा-पिसाबबाट हुने हानिबारे ज्ञान नभएर र दोस्रो आर्थिक अभाव त छ नै।
हाम्रो समाजमा शौचालयमा दिशा-पिसाब गर्नुको अर्थ घरमा दिशा-पिसाब गर्नु ठानिन्छ। जुन घरमा खान्छौं सुत्छौं, पूजा गर्र्छौं त्यहां दिशा-पिसाब गर्नु त पाप गर्नु हो भन्ने मानसिकताबाट हामी जकडिएका छौं। मानिस के ठान्छन् भने जब मेरो खेत-बारी छंदैछ म किन घरमा शौचालय बनाउं। म हुतिहारा हुं, मेरो हैसियत नै छैन, खेतबारी नै छैन र बाध्य भएर शौचालय बनाउं। यो विपरीत बुद्धिले शहर-बजारका मानिसलाई गांजेको छ। शहरको ग्रामीण क्षेत्रमा बिहान घुम्न सकिन्न। राजमार्गको दुवै छेउ र बाइपास सडकमा समेत दिशा-पिसाब गर्नेहरू एकाबिहानै पुगेका हुन्छन्। यी सबै आर्थिक अभावमा जेलिएका व्यक्ति होइनन्। सम्पत्तिको कुरा गर्ने हो भने कोही पनि लखपतिभन्दा कम छैन। आज वृद्ध हुंदै गएको पुस्ता जब किशोर अवस्थामा थियो ब्रश गर्नुलाई हेय दृष्टिले हेरिन्थ्यो। तिनताका दतिउन लगाउनमा जोड दिइन्थ्यो। ब्रश लगाउंदा दांत र गिजामा नोक्सान पुग्ने धारणा विद्यमान थियो।
समाज परिवर्तनका क्रममा यस्ता हास्यास्पद कुराहरू निकै हुन्थे। जब वीरगंज नगरपालिका विस्तार गर्ने कुरा उठ्थ्यो र सामेल गराइने गाउंका नागरिकसंग यसबारे राय गरिन्थ्यो उनीहरू भन्थे- हामी भगवानले बनाएको गाउंमा बस्छौं, मानिसले बनाएको शहरमा किन सामेल हुने - हामीलाई हिलोमा हिंड्न कुनै आपत्ति छैन, शहरमा सामेल भएपछि सडकमा पिच हाल्छन्, हामी हिंड्न सक्दैनौं, हाम्रो पाइताला पोल्छ। विकासमा छेकबार लगाउने खालका यस्ता थुप्रै उटुङग्याइ कुराहरू सुनिन्थ्यो। तर विस्तारै मानिसले कुरा बुझदै जान्थे र विकासले गति पनि लिंदै जान्थ्यो। प्लान नेपालले बाराको एउटा गाउंलाई खुला दिशामुक्त क्षेत्र बनाउन, खुला दिशा गर्दा हुने हानिको प्रत्यक्ष प्रयोग गरेर देखाएको थियो। कसरी खुला दिशामा एउटा झिंगा बस्छ, उसको खुट्टामा आची लटपटिन्छ र त्यो भि+mगा थालमा राखेको भातमा बस्छ र आची भातमा लटपटिन्छ। त्यो भात खान अब मानिसहरूलाई घिन लाग्न थाल्यो। उनीहरू शौचालय बनाउन र खुला दिशापिसाब नगर्न राजी भए। यस्तै प्रयासको हामीकहां खांचो छ।