गोकुल घोरसाइने, निजगढ/
फिस मिशन कार्यक्रम सञ्चालन भएपछि बारा जिल्लामा माछापालन व्यवसायप्रति किसानहरूको आकर्षण बढेको छ।
मिशन कार्यक्रम अर्न्तर्गत कृषि विकास कार्यालयले व्यवसाय गर्न अनुदान सहयोग उपलब्ध गराउन थालेपछि किसानहरूको माछापालन व्यवसायमा आकर्षण बढेको हो। कार्यक्रम सुरु भएपछि यो वर्ष जिल्लामा २५ हेक्टर जमिनमा पोखरी खनेर तीन दर्जनभन्दा बढी किसानले माछा पाल्न सुरु गरेको कार्यालयका मत्स्य विकास अधिकृत शुभकरण झाले बताए। मिशन अर्न्तर्गत थप २ सय हेक्टर क्षेत्रमा माछापालन गर्न किसानहरूले कार्यालयसंग अनुदान माग गरेको भए पनि बजेट अभावमा माग अनुसारको सहयोग उपलब्ध गराउन नसकिएको झाले जानकारी दिए। कार्यालयको सहयोगमा किसानहरूले ३६ नयां र इंटा भट्टाका १३ ओटा पुराना पाखेरी मरम्मत गरेर माछापालन थालेका छन्।
मिशन अर्न्तर्गत नयांका लागि कार्यालयले प्रतिहेक्टर एक लाख र पुराना पोखरीमा प्रतिहेक्टर ४० हजारका दरले माछा पालन गर्ने किसानहरूलाई अनुदान रकम उपलब्ध गराएको थियो। कार्यालयले ह्याचरी स्थापना गर्नसमेत किसानहरूलाई सहयोग उपलब्ध गराएको छ। माछाका भुरा उत्पादनको लागि ५० हजार अनुदान दिएर कलैया नगरपालिकमा एउटा ह्याचरी निर्माण गरिएको कार्यालयले जानकारी दिएको छ। निजी खर्चमा समेत पोखरी खनेर माछापालन सुरु गरेकाले यो वर्ष जिल्लामा माछापालन गर्ने किसानहरूको सङख्या बढेको छ।
माछाको आयात प्रतिस्थापन गर्ने उद्देश्यले जिल्लामा फिस मिशन कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख युगलकिशोर तिवारीले बताए। देशभित्र खपत हुने करिब ८५ प्रतिशत माछा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकोसमेत तिवारीे जानकारी गराए। मिशन कार्यक्रमपछि जिल्लामा माछाको उत्पादनमा वारि्षक डेढ सय मेटि्रक टनका दरले वृद्धि हुने बताइएको छ।
जिल्लामा यसअघि किसानहरूले ४ सय ५७ हेक्टर क्षेत्रको ५ सय ओटा पोखरीमा माछा पालन गर्दै आएका थिए। बारामा माछाको उत्पादकत्व ४.७ प्रति हेक्टर रहेको छ।