-जगदीश शर्मा
आज देशमा सेनाको महत्त्वमाथि विशेष विवाद उठेको छ। सेनाबिना राज्य सञ्चालन हुन सक्दैन, सेनाबिना राज्यको प्रभुत्त्व कायम हुन सक्दैन। २४० वर्षसम्म सेनाकै भरमा शाहवंश टिक्यो। सेनाकै भरमा माओवादी छोटो अवधिमा राज्यसत्ता सञ्चालन गर्ने अवस्थामा पुग्यो। त्यसैले सेनाको आवश्यकता र अपरिहार्यता आज सबैको चासोको विषय बनेको छ। हुन पनि सेनाबिना राज्यको कल्पना गर्न सकिंदैन। त के सेनालाई यति विशिष्टता प्रदान गर्ने, सैन्य उपस्थितिलाई यति अनिवार्य बनाइदिने कि भोलि राज्यले सेनाबिना कुनै काम गर्नै नसकोस् -
सेना आवश्यक छ। सेनाले राज्यको गरिमा बढाउंछ, सेनाले भूगोलको रक्षा गर्छ, आपत-बिपतमा सेना जनताको सहयोगी साबित हुन्छ। यहांसम्मको कुरा सत्य हो। तर सेनाको बलमा राज्यसत्ता कायम गर्ने चाहनाले भने अन्ततोगत्वा सेनाको महत्त्वाकाङक्क्षा मात्र बढ्छ। सेनाको महत्त्वाकाङक्क्षा बढ्नुको अर्थ हो, राज्य विस्तार। त्यसका लागि नेपालको भूराजनीतिक अवस्था बिल्कुल प्रतिकूल छ। यसै पनि आजको विश्वमा कुनै पनि सर्वशक्तिशाली राष्ट्रले राज्य विस्तारको सपनासमेत देख्न सक्ने परिस्थिति छैन। अरू कुनै कारणले राज्य विस्तार भए पनि सेनाद्वारा आक्रमण गरेर अरू राज्यलाई आफूमा समावेश गर्नु आजको युगमा दिवास्वप्न मात्र हो। अनि महत्त्वाकाङक्क्षी सेना सत्ता प्राप्तिका लागि उन्मत्त हुन थाल्छ। वा सत्ताप्रेमी राजनीतिक दल सेनाको बलमा राज्यसत्ता हडपिने दाउमा लाग्न थाल्छ। अब कुरा आउंछ नेपालमा सैन्यवादलाई लिएर किन यति बहस भइरहेको छ। नेपालको सैन्य परम्परामा सेनाले आफैं अघि सरेर आजसम्म कुनै युद्ध गरेको छैन, सत्ता प्राप्तिका लागि कुनै योजना रचेको छैन। सेना सर्वदा राज्यप्रति मात्र वफादार रहेको छ। शाह शासन रहे तापनि राज्यसत्ता राणाहरूको अधीन रहंदा सेनाले राणाहरूकै आदेशको पालना गर्यो। शाह शासकहरूको प्रत्यक्ष शासनमा सेनाले शाही आदेशलाई सर्वोपरि ठान्यो र देशमा गणतन्त्र स्थापनापछि सेनाले चुंसम्म नगरी विस्थापित राजाको ठाउंमा जनसत्तालाई स्वीकार गर्यो। यसरी नेपाली सेना सदैव न कसैको विरोधमा न कसैको र्समर्थनमा रहेको देखिन्छ। शासनसत्ताप्रति वफादार रहेको नेपाली सेना त्यस अर्थमा कुनै पनि विवादबाट अलग राखिनुपर्ने हो। सेनालाई, त्यो जुनसुकै रूपको होस्, बढी विवादमा ल्याएर सैन्यअहं बढाउने कोशिश गरिन्छ भने भोलि शक्ति र हतियार भएको सेनाले राज्य सत्तामा हस्तक्षेप गर्ने खतरा बढ्न सक्छ, जसलाई कुनै पनि राजनीतिक शक्तिले रोक्न सक्दैन। छिमेकी मुलुक पाकिस्तानको दृष्टान्त हाम्रो सामु छ।
तर नेपाली राजनीतिक दलहरूको स्वार्थले आज सरकारी सेना र जनसेना भन्ने विवाद खडा दिएको छ। नेपाली सेनालाई सरकारी सेना भन्ने राजनीतिक दल आफू सत्तामा भएको बेला पनि नेपाली सेनालाई सरकारी नै भन्यो, आफनो सेना भनेन र राजनीतिक पार्टीको उद्देश्यका लड्ने सेनालाई जनसेनाको रूपमा चिनाएर आफनो सेनाको पङक्क्तिमा राख्यो। यसबाट नेपालमा सैन्यवादले विस्तारै जरा गाड्न सक्छ। सेना सत्ताको सहायक मात्र हो, सत्ता अधिनायक होइन। नेपालमा जनसेनाको नै अवधारणा कायम राख्ने हो भने सबै प्रकारको सैन्य प्रक्रिया विघटन गरिदिनुपर्दछ। र जनता सबैलाई सैन्य भावनाले ओतप्रोत पारिनुपर्दछ, जो सत्ताका लागि होइन, मात्र देशको भलोको तत्पर रहोस्।
इतिहासमा यस्तो जनसेना पनि भएको छ, जसलाई वास्तविकरूपमा जनसेना भन्न सकिन्छ। यस जनसेनालाई अङक्ग्रेजजस्तो युद्धपिपासु मुलुकले छुन सकेन र त्यस जनसेनाको भावनाको कदर गरेर आवश्यक परेको बेला पनि र आफनै अधीन रहेको भारतको एउटा राज्यबाट लिएर आफनो स्वार्थका लागि उपयोग गर्न सकेन।
घटना हो प्रथम विश्वयुद्ध चरममा रहेको बेलाको। भारतमा अङक्ग्रेजहरूको शासन थियो। अङक्ग्रेजहरूलाई युद्धका लागि लाखौं सैनिकको आवश्यकता थियो। उनीहरूले भारतका राजा-रजौटाहरूसंग सैनिक लिने निश्चय गरे। यस सिलसिलामा उनका प्रतिनिधि जसलाई रिजेन्ट भनिन्थ्यो, जैसलमेर राज्य आए। उनले त्यहांका महाराजा जवाहर सिंहको नाम वायसरायको पत्र पनि ल्याएका थिए, जसमा जैसलमेरको सेनालाई ब्रिटिश सेनामा सामेल गर्ने अनुरोध गरिएको थियो। त्यस बेला यस्ता अनुरोधका पत्रहरू आदेश नै हुने गर्दथे।
राजाले रेजिमेन्टको भव्य स्वागत गरे। उनलाई विशेषरूपले निर्मित बैठक कोठामा बसाइयो। उनले वायसरायको पत्र राजालाई दिए र आफू आउने कारण बताए। पत्र पढेर राजा चिन्तित भए। उनले रेजिमेन्टलाई के बताए भने जैसलमेर राज्यमा कुनै नियमित सेना छैन, त्यसैले उनी आफनो सैनिक ब्रिटिश सेवामा दिन अर्समर्थ छन्।
रेजिमेन्ट हांस्यो। तपाईं हामीलाई उल्याउन सक्नुहुन्न। सेनाबिना पनि कहीं शासन चलाउन सकिन्छ महारावल साहब १ तपाईंले आफनो सेना हामीलाई दिनैपर्छ।
हाम्रो आर्थिक अवस्था यस्तो छैन कि हामी सेनाको खर्च बेहोर्न सकौं, त्यसैले हामीसंग केही सिपाही मात्र छन्, जसबाट राजकाज चल्न सकोस्, जनतालाई शान्ति सुरक्षा दिन सकियोस्, राजाले सम्झाउने कोशिश गरे।
बिनासेना देशको रक्षा कसरी गर्न सकिन्छ - कसैले तपाईंको राज्यमा आक्रमण गर्यो भने तपाईं के गर्नुहुन्छ - रेजिमेन्टले अविश्वासपूर्वक भने।
हाम्रो जनता नै हाम्रो सेना हो। यसैको आत्मबलले हामी सबै प्रकारका खतराको सामना गर्दछौं। हामी पांच-छ घण्टाभित्र आफनो सबै जनसेना सङकगठित गर्दछौं, महाराजाले उनलाई सम्झाए।
तर अङक्ग्रेज रेजिमेन्ट अलिकति पनि आश्वस्त भएनन्। उनले भने, यी सबै कुरा मात्र हुन्। म सेना नलिई यहांबाट जान्नं। तपाईं मलाई आफनो सेना दिनुस्, त्यो तपाईंको नियमित सेना होस् कि नहोस्। त्यसले तपाईंको खजानाबाट पारिश्रमिक पाउंछ कि पाउंदैन भन्ने कुरोसंग पनि हामीलाई कुनै वास्ता छैन। तपाईंको राज्यको जनसङक्ख्याको हिसाबले म यहांबाट पांच हजार सैनिक त लग्छु नै।
महाराजाले ठाने अब कुराले काम बन्नेवाला छैन। केही त गर्नैपर्छ। उनले भने- ठीक छ। भोलि बिहान तपाईं मेरा सेना हर्ेर्नुहोला। अनि मात्र तपाईंलाई मेरो कुराको विश्वास होला।
त्यसै दिन राजाले आफनो घोडसवार, ऊंटसवारहरू गाउं-गाउं पठाए, पन्ध्रदेखि पैतालीस वर्ष उमेरका सारा नागरिक सूर्योदयभन्दा पहिले जैसलमेर पुगून् भनेर। जोसंग जे हतियार छ, संगै लिंदै आओस्। घोडा, ऊंट, बैलगाडी जुन साधन उपलब्ध छ, त्यो पनि लिंदै आऊन्। आदेश हावाका साथ राज्यभरि फिंजियो। खेतमा, खलिहानमा, चरनमा, ढुङकगा बोकिरहेका, घांस काटिरहेका, खाडल खनिरहेका जो जहां थिए त्यसै अवस्थामा राजधानीतिर रवाना भए। ऊंट, घोडा, बैलगाडीका तांतीका तांती राजधानीमा भेला भए।
अङक्ग्रेज रेजिडेन्ट आफनो शयनकक्षमा सुतिरहेका थिए। उनको कानमा ऊंट, घोडा, गोरुहरूको स्वर, घण्टीको आवाज र मानिसहरूको कोलाहल पर्यो। उसलाई लाग्यो मानौं ऊ कुनै सपना देखिरहेको छ, विस्तारै-विस्तारै आवाज तीव्र हुन थाल्यो। उनको न्रि्रा भङकग भयो। अब कोलाहल निकै तीव्र र कानमा बिझाउने भइसकेको थियो। उनी अधीर भए र छतमा चढे।
राजा पहिले नै छतमा बसेका थिए। आउनुस् अङक्ग्रेज बहादुर १ मानौं उनी रेजिमेन्टकै प्रतीक्षा गरिरहेका थिए। रेजिमेन्ट आंखा च्याती-च्याती हेरिरहेका थिए। टाढा निकै टाढा-टाढासम्म ऊंट, घोडा, गोरु र बैलगाडाको लस्कर लागेको थियो। धूलोले आकाश ढाकेको थियो। मानिस कम्मरमा बन्दूक झुन्डयाएर, तीरकमान, तरबार र लाठी बोकेर आइरहेका थिए। पशुहरूको चिच्याहटले आकाश झर्लाजस्तो भएको थियो।
यै हो हाम्रो सेना। हर्ेर्नुस् रातभरिमा यिनीहरू यहां आइपुगे। हामी सबैलाई आफनो माटोसंग कति माया छ। हाम्रो स्वतन्त्रतामा जब पनि कुनै आक्षेप आउन थाल्छ, सारा जनता बलिदान दिनका लागि तुरन्त तयार हुन्छ। जब जनता उर्त्र्सगका तयार हुन्छ भने कुन चाहिं खतरा टिक्न सक्छ - महाराजले गर्वले भने।
रेजिमेन्ट आर्श्चर्यचकित भएर हेरिरहे। आफनो देशका लागि बलिदान हुने यस्ता वीरहरू देखेर उनी गद्गद् भए। सत्य हो महाराजा साहब १ जनसेनाभन्दा ठूलो कुनै सेना हुंदैन। म तपाईंको कुरासंग पूर्णतः सहमत भएं। म तपाईंलाई विश्वास दिलाउन चाहन्छु अब तपाईंलाई यस कुराका लागि कुनै दबाब दिइने छैन। यीमध्ये जो पनि ब्रिटिश सेनामा भर्ना हुन चाहन्छन्, हामी आफनो सौभाग्य ठान्नेछौं।
केही बेरको विरामपछि रेजिमेन्टले भने, यस राज्यको जनचेतना जुन दिन सम्पूर्ण भारतवर्षको राष्ट्रिय चेतना बन्नेछ, त्यस दिन कुनै पनि विदेशी शक्तिले यस देशलाई आफनो कब्जामा राख्न सक्ने छैन। यस्तो दिन जब आउने छ, त्यो दिन भारत सम्पूर्ण विश्वको शीर्षमा स्थापित हुनेछ।
के यस्तो जनसेनाको कल्पना नेपालका कुनै शासकले पहिले र अबका राजनीतिक दलहरूले गर्न सकेका छन्। माओवादीले जसलाई जनसेना भनिरहेको छ त्यो माओवादी सेना हो। माओवादी पार्टीको स्वार्थपर्ूर्तिका लागि उपयुक्त हुने सेना हो। जनसेनाले राज्यकोषबाट तलब भत्ता खांदैन। हो सुरुमा माओवादी जनयुद्धका बेला यस सेनाले सामन्तवादविरुद्ध युद्ध लडेको हो, परम्परागत शासन व्यवस्थाविरुद्ध जन शासन स्थापित गर्न बलिदान दिएको हो। यी सैनिकहरूमध्ये योग्यलाई आवश्यकता अनुसार नेपाली सेनामा समावेश गरेर उनको सामर्थ्य र त्यागको कदर गर्नुपर्छ। यस कुरालाई कुनै पनि पक्षले, एकीकृत माओवादी वा माओवादीइतर राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाउनुहुंदैन। अनि मात्र देशले र्सार्थक दिशा लिन सक्दछ। अन्यथा माओवादी सेनाको समावेश नहुन्जेल संविधान नबन्ने, संविधान बनुन्जेल देशले गति नलिने जुहारी चलिरहयो भने सामन्तवादविरुद्ध लड्ने सेनाको मान पनि घट्ने छ र देशले पनि दक्ष जनशक्ति गुमाउने छ।