-प्रवीण मानन्धर१) रगत भनेको के हो ?
- हाम्रो शरीरको मुटु र रक्तनलीहरूमा लगातार बगिरहने अत्यावश्यक तरल पदार्थ वा तत्त्व नै रगत हो।
२) रगतको कति समूह हुन्छ, ती के-के हुन् ?
- हालसम्म वैज्ञानिकहरूले लगभग ५०० प्रकारका समूहहरू पत्ता लगाइसकेका छन् तर रक्तसञ्चार गर्न दुइवटा समूहलाई जिम्मेवार मानिन्छ। जस्तै-
क) ABO समूह - A, B, AB, O
सन् १९०० मा अस्टि्रयाका डा. कार्ल लेन्डस्टेनरले पत्ता लगाएका हुन्।
ख) Rh समूह- नेगेटिभ समूह र पोजेटिभ समूह।
३) रक्तदान कसले गर्न सक्छ -
- १७ वर्ष पूरा भई ६० वर्ष नपुगेका, शरीरको तौल ४५ किलोभन्दा बढी भएका र हेमोग्लोबिनको मात्रा १२ ग्रामदेखि १६ ग्राम रहेका स्वस्थ महिला तथा पुरुषले रक्तदान गर्न सक्छन्।
४) रक्तदान कति समयको अन्तरालमा गर्न सकिन्छ ?
- प्रत्येक स्वस्थ पुरुषले ३-३ महिनाको अन्तरालमा वर्षमा ४ पटक र महिलाले ४-४ महिनाको अन्तरालमा वर्षमा ३ पटक रक्तदान गर्न सक्छन्।
५) रक्तदान गरेपछि के पाइन्छ वा के फाइदा हुन्छ ?
- हामीले गरेको रक्तदान कुनै सङ्घ-संस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रँे शरीरको रगतको केही अंशले कुनै बिरामीले नयां जीवन प्राप्त गर्छ भने यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले सबैभन्दा ठूलो उपलब्धि र आत्मसन्तोष रक्तदान गर्नु हो। साथै रक्तदाताहरूलाई रक्तसञ्चार सेवासंग आबद्ध सङ्घ-संस्थाहरूले विभिन्न तरिकाबाट सम्मान गर्दछन् भने रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक्तिहरू शारीरिक रूपले पनि स्वस्थ रहेको शोध कार्यबाट पाइएको छ। स्वयंसेवी रक्तदाता र उनको परिवारलाई रगतको आवश्यकता परेमा नेपाल रेडक्रस रक्त सेवाले सक्दो सहयोग गरी रक्तदातालाई सम्मान गर्दछ।
६) हाम्रो शरिरमा रगत कति हुन्छ -
- साधारणतया ४५ केजी तौल भएको पुरुषको शरीरमा ४५X७६=३४२० मि.लि. र ४५ केजी तौल भएको महिलाको शरीरमा ४५X६६=२९७० मि.लि.रगत हुन्छ।
७) के रक्तदान गर्दा शारीरिक कमजोरी आउन सक्छ ?
-महिला र पुरुष दुवैलाई दैनिक कार्य गर्न १ किलो तौल बराबर ५० मिलि रगतको आवश्यकता पर्दछ भने एउटा स्वस्थ पुरुषको शरीरमा १ किलो तौल बराबर ७६ मिलि र महिलाको शरीरमा ६६ मिलि रगत रहेको हुन्छ। तर्सथ पुरुषको शरीरमा प्रतिकिलो २६ मिलि र महिलाको शरीरमा १६ मिलि रगत जगेडाको रूपमा रहेको हुन्छ। रक्तदान गर्दा हाम्रँे शरीरमा रहेको जगेडा रगतबाट ८ मिलि निकालिन्छ। यसरी शरीरमा रहेको जगेडा रगतको केही अंश मात्र निकाल्ने हुंदा शारीरिकरूपमा कुनै किसिमको कमजोरी आउंदैन।
८) एकपटकमा कति एमएल रगत दिन मिल्छ ?
-रक्तदान गर्नको लागि न्यूनतम तौल ४५ के.जी. भएको हुनुपर्दछ। एक पटकमा ४५ तौल भएको व्यक्तिले ४५X८=३६० मिलि रगत दिन मिल्छ। त्यस्तै ५६ केजी तौल भएकोले ४०० एमएल र ६० केजी तौल भएकोले ४५० एमएल रगत दिन मिल्छ।
९) एक युनिट रगतले कतिजना बिरामीले सेवा पाउन सक्छ ?
-यदि तपाईं हामीले दिएको रगतबाट कुनै रक्त तत्त्व नबनाई Whool Blood को रूपमा प्रयोग गरेको एकजनाले र रक्त तत्त्व निर्माण गरेमा तीनजनासम्मले सेवा पाउन सक्छन्।
१० रक्त तत्त्वहरू के के हुन् त ?
-कायो, प्लाज्मा, प्लेटलेट्स र प्याक्ड रेड सेल रक्त तत्त्वहरू हुन्।
११. कस्तो रगतबाट रक्ततत्त्व निर्माण गर्न सकिन्छ ?
-साधारणतया रक्त तत्त्व निर्माण गर्नको लागि ताजा रगत नै चाहिन्छ किनकि प्लेटलेट निर्माण गर्नको लागि सङकलन गरेको ६ घण्टा भित्रको रगत नै चाहिन्छ भने कायो चाहि F.F.P (प्लाज्मा) बाट मात्र तयार गरिन्छ।
१२. रगतको आयु कति हुन्छ ?
-हाम्रो शरीरमा नयां रगत बन्ने र पुरानो रगत नष्ट हुने प्रक्रिया लगातार चलिरहेको हुन्छ। रगतको आयु सद्धिएपछि आफैं नष्ट हुन्छ।
रातो रक्तकण -RBC_ शरीर भित्र-१२० दिन, शरीर बाहिर ३५ दिनसेता रक्त कण (WBC)- केही घण्टादेखि एकहप्ताप्लेटलेट- केही दिन
१३. रगत सङकलन पछि त्यसमा रोग छ, छैन भन्नको लागि के कस्ता जांचहरू गरिन्छ, के रगत जांच नगरी बिरामीलाई रगत चढाउन सकिन्छ -
-रगत सङकलनपछि जांच नगरी बिरामीलाई सोझै रगत सञ्चार गर्न सकिन्न। रगतमा रोग छ छैन जांच गर्न मुख्यतयाHIV/HBsAg/HCV र VDRLजस्ता परीक्षण गरिन्छ।
१४. स्वयंसेवी रक्तदाताले दिएको रगतको पनि पैसा तिर्न पर्छ, किन -
-तपाईं हामीले निश्शुल्क दिएको रगत रक्त सञ्चारबाट पनि निश्शुल्क वितरण हुन्छ। तपाईं हामीले रक्त सञ्चारमा तिर्ने पैसा रगतको नभएर रगत सङकलन गर्दा प्रयोगमा ल्याइने ब्याग र रक्त परीक्षण जस्तैः Blood Grouping, HIV/HBsAg/HCV/VDRL, Cross Match का लागि प्रयोग गरिने औषधिहरूका लागि मात्र हो, जुन रक्त सञ्चार सञ्चालनका लागि अपरिहार्य छ।
१५. रक्तदान गर्दा कुने रोगहरू र्सर्ने सम्भावना छ कि ?
-रक्तदान गर्दा कुनै रोग र्सर्ने सम्भावना रहंदैन किनभने रगत सङकलन गर्दा निर्मलीकृत नयां सियो प्रयोगमा ल्याइन्छ र यो एकजनालाई प्रयोग गरेपछि पुनः प्रयोग गरिंदैन बरु रक्तदान गरिसकेपछि विभिन्न परीक्षण गरिने भएकोले तपाईंको शरीरमा भएका रोगहरूसमेत थाहा पाउन सकिन्छ।