प्रस, पर्सा, १२ असार/
हिन्दू युवा सङ्घका केन्द्रीय अध्यक्ष काशी तिवारीको आज गोली हानी हत्या भएको छ।
वीउमनपा वडा नं.१४ स्थित खडगेश्वर बाबा मठमा सामाजिक पञ्चायती गरेर फर्कने क्रममा बेलुकी सवा पांच बजेको समयमा तिवारीमाथि गोली प्रहार भएको थियो। मठनजिक रहेको उनको घर र मठको बीचमा पुग्दा पैदल आएका दुइ अज्ञात युवकले पछाडिबाट तीन राउन्ड गोली प्रहार गरी नम्बर नखुलेको मोटरसाइकलमा फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। दुइजना व्यक्ति पैदल रहे पनि एकजना मोटरसाइकलमा रहेको र भाग्ने क्रममा तीनैजना सोही मोटरसाइकलमा फरार भएको बताइएको छ। तिवारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई पिठ्यूमा गोली लागेको थियो।
घटनालगत्तै प्रहरीले सुरक्षा कडा गरेको दाबी गरेको छ। तर घटनाका अभियुक्तहरू भने फेला परिसकेका छैनन्। प्रहरीले अध्यक्ष तिवारीलाई अज्ञात व्यक्तिबाट धम्की दिने कार्य भइरहेको आज मात्र घरपरिवारबाट थाहा भएको बताएको छ। धम्कीबारेमा प्रहरीलाई समयमा सूचित नगरिएको प्रहरीको भनाइ छ।
हिन्दू युवा सङ्घका वरिष्ठ सल्लाहकार ज्योतिलाल कलवारले भने अध्यक्ष तिवारीको हत्या एमाओवादीले गराएको आरोप लगाएका छन्। उनले एमाओवादीको आमहडतालको क्रममा हिन्दू युवा सङ्घले प्रतिकार गर्दा माओवादी चिढिएको र सभासद् प्रभु साहसमेत जोगिन्द्र कानु र सुरेश पटेलले अध्यक्ष तिवारीलाई भौतिक कारबाई गर्ने धम्की दिएको बताएका छन्। आफूलाई समेत एमाओवादीले धम्की दिएको कलवारले बताए।
उता माओवादी सभासद् तथा वीरगंज विशेष क्षेत्र इन्चार्ज शिवचन्द्र कुशवाहाले घटनामा एमाओवादीको संलग्नता नरहेको बताएका छन्। उनले तिवारीको हत्या व्यक्तिगत रिसइबीका कारण भएको हुन सक्ने बताए।
घटनालगत्तै हत्याको विरोधमा हिन्दू युवा सङ्घले बजार बन्द गराएको थियो। आक्रोशित युवाहरूले सांझपख मोटरसाइकल र्याली निकाली नगरपरिक्रमा गरेका थिए।
घटनाको करिब २५ दिन पहिलेनै सम्भावित हत्याको योजनाबारे प्रहरीलाई जानकारी रहेको समाचार स्रोतको दाबी छ। दुश्मनको लिस्टमा अपराधीहरूले तिवारीलाई अग्रस्थानमा राखेका थिए।
राजनीतिक प्रतिशोधको कारण हिन्दू युवा सङ्घका पदाधिकारी र सत्तारूढ दलका युवा नेताहरूलाई हत्या गर्न बारा र रौतहटबाट सुटरहरू वीरगंज प्रवेश गरेको समाचार पनि त्यत्तिखेर प्रकाशित भएको थियो। सो सम्बन्धमा केही दिन प्रहरीले विशेष र्सतर्कता अपनाए पनि त्यसपछिका दिनमा निष्त्रिmय बनेपछि अपराधीहरू आफनो योजनामा सफल भएका हुन्।
यसैबीच हत्याको चौतर्फीरूपमा निन्दा भइरहेको छ। मधेसी जन अधिकार फोरम मधेसका अध्यक्ष भाग्यनाथ गुप्ताले हत्या कायरतापर्ूण्ा भएको टिप्पणी गरेका छन्।
यसैगरी प्लास्टिक उद्योगी व्यवसायी सङ्घ र नेपाल जनता पार्टी
पर्साका अध्यक्ष विनोद चौरसियाले विज्ञप्तिमार्फ् घटनाको निन्दा गरेका छन्।