प्रस, कलैया, १३ असार/
बाराका गाविसहरू न्यूनतम शर्त मापनमा असफल भएका हुंदा जिल्लाले करोडौंको अनुदान गुमाएको छ। उक्त कुरा आइतवार कलैयामा पत्रकार सम्मेलन गरी जिल्ला विकास समिति, बाराका सूचना अधिकृत भरत यादवले जनाएका हुन्। आर्थिक वर्ष०६५/०६६ मा ९८ गाविसमध्ये ४१ गाउं विकास समिति न्यूनतम शर्त मापनमा असफल भएको पत्रकार सम्मेलनमा जनाइएको छ।
असफल हुने गाविसमा खोपवा, पिपरा बसतपुर, टेढाकट्टी, इनर्वामाल, भगवानपुर, प्रि्राढी, लक्ष्मीपुर कोतवाली, अमृतगंज, तेतरिया, कबहीगोठ, बबुआइन, बिसुनपुर, दक्षिण झिटकैया, परसौनी, भलुही भरवलिया, पुरैनिया रहेका छन्। यसैगरी रौवाही, बहुअरी, रघुनाथपुर, पिपरपाति जब्दी, कबही जब्दी, पथरा, उचिडीह, गोलागंज, बरियारपुर, प्रि्राविर्ता, मधुरी जब्दी, अमरपट्टी, डुमरवाना, मनहर्वा, उत्तर झिटकैया, भोडाहा, दोहरी, बघवन, रामपुर टोकनी , छाताप्रि्रा, सिसहनिया, छतवा, बरैनिया, भवानीपुर जितपुर, कचोर्वासमेत असफल भए। भवानीपुर जितपुर र कचोर्वा गाविसले कुनै पनि विवरण उपलब्ध नगराएको कारण असफल भएका हुन्। आर्थिक वर्ष०६४/०६५ मा जिल्लाको ३१ गाविस असफल भएका थिए। असफल हुनेमा सिहासनी, पिपरा बसतपुर, बिसुनपूर्वा, टेढाकट्टी, पथरा, इनर्वामाल, पटर्ेवा, भगवानपुर, लक्ष्मीपुर कोतवाली, श्रीनगर बैरिया, गोलागंज, कचोर्वा, ककडी,
परसौना, उमजन, दहियार, गडहल, बिसुनपुर, कुडवा, बघवन, दक्षिण झिटकैया, अमलेखगंज, पिपरा सिमरा, रामपुर टोकनी, परसौनी, बुनियाद, भलुही भरवलिया, फेटा, इनर्वासिरा, खुटवा जब्दी, पुरैनिया, पिपरपाति जब्दी थिए। लगातार दुइ वर्ष वर्ष१६ गाविस असफल भएका छन्।
गाविसको असफलता दर बढिरहेकोले यो गम्भीर कुरा भएको यादवले जनाए। सरकारले सफल गाविसलाई थप अनुदान प्रतिगाविस चारदेखि सात लाख दिइरहेको यादवले बताए। गाविस सचिव, राजनैतिक दलका प्रतिनिधिहरू यसमा दोषी छन्। गत वर्षसरकारले बाराको सफल ६५ मध्ये ६४ गाविसलाई अनुदान उपलब्ध गराएको छ।
स्थानीय विकास मन्त्रालयले आर्थिक वर्ष०६४/०६५मा कुल ११ सूचकमध्ये पांच आर्थिक वर्ष०६५/०६६ मा आठ र आर्थिक वर्ष०६६/०६७ मा ११ वटै मापदण्ड पूरा गर्नुपर्ने शर्त रहेको छ। यसले गर्दा जिल्लामा न्यूनतम शर्त मापन नगर्ने गाविसको सङ्ख्या आउंदो वर्षबढ्ने सम्भावना रहेको यादवले जानकारी दिए। गाविस सचिव, राजनैतिक दलका प्रतिनिधि सबै मिलेर राम्ररी काम गरे गाविस असफल नहुने उनको विचार थियो।