-शंकरमान श्रेष्ठ राजनीतिको गुण भनौं वा अवगुण शक्तिलाई शाश्वत ठान्ने र मान्नेहरूबीच लामो समयसम्म सम्बन्ध अटुट हुन सक्तैन। कुनै निश्चित उद्देश्य प्राप्तिको समयमा वा पार्टीको निर्माण गर्ने बेलामा त्यस्ता राजनैतिक प्राणीहरूबीच बडो आत्मीय सम्बन्ध कायम हुने गर्दछ। त्यसबेला उनीहरूबीच सैद्धान्तिरूपले मात्र मात्र नभई भावनात्मक रूपले समेत एक आपसमा सम्बन्ध गांसिने गर्दछ। यस प्रकारको उदाहरणहरूको रूपमा कुनै पनि देशको व्रि्रोह, आन्दोलन र पार्टीको जन्मकालको अवस्थालाई अध्ययन र मनन गर्दा जान्न र बुझन सकिन्छ।
कुरा भारतकै स्वतन्त्रता सङ्ग्रामको बेलाको गरौं। त्यस बेला अङ्ग्रेजविरुद्ध नेहरू र जिन्नाबीच बडो आत्मीयता थियो। तर भारत स्वतन्त्र हुनुपूर्व नै ती दुवै नेताबीच ठूलो खाडल देखा पर्यो। स्वतन्त्र देशको अडानमा मोहम्मद जिन्ना थिए। परिणाम आजसम्म भारत र पाकिस्तानको राजनैतिक सम्बन्धलाई नियाल्दा सहजै बोध गर्न सक्छौं।
चर्चा रूसको क्रान्तिपश्चात्को अवस्थालाई अध्ययन गर्दा पनि नेताहरूबीचको सम्बन्धलाई सहजै बोध गर्न सक्छौं। लेनिनको मृत्युपश्चात ट्राटस्की, ख्रुस्चेव, स्टालीनबीच शक्ति संघर्र्षको रूप र स्वरूपलाई अध्ययन गर्दा सहजै बोध गर्न सक्छौं। कुनै निश्चित लक्ष्य र सैद्धान्तिक स्वरूप प्राप्तिका लागि नेतृत्वबीच मतभेद र प्रतिद्वन्द्विता हुनु अस्वाभाविक ठहरिंदैन। नेतृत्वबीच सैद्धान्तिक वा वैचारिक द्वन्द्व कुनै पनि राजनैतिक पार्टी वा प्रणाालीमा हुनु नै पर्दछ। प्रतिस्पर्धा नभए नेतृत्व अधिनायक बन्ने प्रबल सम्भावना हुन्छ। तर सैद्धान्तिक वा वैचारिक मतभेदको परिणाम भयावह हुनु भनेको निश्चित पनि सोचनीय प्रश्न बन्न सक्छ।
फ्रान्समा जिर्र्रोन्डिस पार्टीलाई दमन गरी जैकाबिनले सन् १७९३ इ. मा सत्ता कब्जा गरे। गणतन्त्र राज्य स्थापना १७९२ मा गरे पनि जैकोबिन पार्टीले गणतन्त्रको भावना मुताबिक कार्य भने गरेन। फ्रान्समा "भयको राज्य" नै स्थापित भयो। शासनमाथि कब्जा जमाई राख्न त्यस बेलाका नेताहरूले "भय"लाई नै आधार बनाए। त्यसबेला जैकोबिनका प्रभावशाली नेताहरू क्रमशः थिए रांब्सपियर, दांते, मरात, हेवास्टेस्टस। फ्रान्समा उनीहरूले ँआतड्ढको राज्य’ (The Reign of Terror) नै कायम गरे। आफना विरोधी अर्थात् गणतन्त्रविरोधी, खासगरी राजतन्त्रवादीहरूलाई दमन गर्ने नीति लिए। प्रत्यक्षरूपले भन्नुपर्दा आफना विरोधीलाई दमन गर्न ँक्रान्तिकारी न्यायालय’ लाई आधार बनाए। जहां मात्र मुद्दाको फैसला हुने गथ्र्यो। आतड्ढकको राज्यको अर्थ विरोधीको दमन थियो। विरोधीको दमनकै कुरा गर्दा चार्ल्स पञ्चमको समय निदरल्यान्ड्समा भएको व्रि्रोह समाप्त पार्न करिब पांच हजार विरोधीलाई जीवितै जलाइएको थियो। बेलायतमा भने त्यस बखत दुइ हजार प्रोटेस्टेन्टलाई धर्मको नाममा हत्या गरिएको थियो। अगस्त १५७२ इ. देखि अक्टुबर १५७२ सम्म करिब ४०-५० हजार व्यक्ति मारिएका थिए। फ्रान्समा भने करिब ५ हजार मारिएका थिए एउटा पवित्र उद्देश्यको नाममा।
शासन मात्र परिवर्तन भइरहंदा बेला-बेलामा शक्तिमा अधिनायक चरित्र भएका व्यक्तिहरूको आगमन हुने गर्दछ र अवस्था आफूले कहिल्यै नसोचेको जस्तो हुन सक्छ। त्यसैले लामो समयसम्म राजनैतिक गतिरोध कायम राख्नु वा रहनु निश्चय पनि राष्ट्र र जनताको हित अनुकूल हुनै सक्तैन।
तर अन्त्य त एक दिन जुनसुकै अवस्थाको पनि हुने गर्दछ। तरलता सदाको लागि कायम रहन सक्दैन। एउटा अभीष्ट पूरा गर्न जुन किसिमले जैकोबिन पार्टीका नेताहरू स·ठित भए, त्यो अवस्था पछिसम्म कायम रहेन। सुरुमा आतड्ढकको राज्यका र्समर्थक दांतेले राव्सपियरलाई साथ दिए। पछि उक्त नीतिका विरोधी भए। उनको यस कार्यले गर्दा राव्सपीयरले आफना विरोधी दांतेलाई शक्तिच्युत गर्न पार्टीका अर्का नेता हेवास्टेस्टस र मरानलाई आफनो पक्षमा पारे र हत्या गराए। पछि राव्सपीयरले मरातलाई पनि मार्न लगाए। राव्सपीयर र्सर्वेर्सवा बने।
राजनीतिमा आन्दोलन वा पार्टी निर्माण अथवा व्रि्रोह गर्दा जुनरूपले नेताहरूबीच मतैक्य हुन्छ, त्यो स्थिति त्यसै बेलासम्म कायम रहन्छ, जबसम्म व्यक्तिभित्र व्यक्तिवादले ठाउं ओगट्दैन, व्यक्तिभित्र अहम्ले प्रवेश गर्दैन। व्यक्तिभित्र शक्तिले ठाउं ग्रहण गर्दैन। तर व्यक्तिले सत्ता प्राप्ति गरेपश्चात् क्रान्ति वा आन्दोलन गर्दा निश्चित अभीष्ट प्राप्तिको लागि समर्पित गरेका हौं भन्ने शब्द बिर्सन थाल्छ। क्रमशः मित्रता र आत्मीयताभित्र फाटो र तिक्तता देखा पर्न सुरु हुन्छ। एक समय मुठ्ठी कसिएका हातहरू पनि क्रमशः खुल्दै जान थाल्छ। त्यस बेला सम्बन्धित पार्टीमा न आत्मीयताको उपस्थिति हुन्छ न सैद्धान्तिक अडान नै। मात्र उपस्थित हुन्छ सबैका लागि राजनैतिक द्वन्द्व र सैद्धान्तिक मतभेद। उपस्थित हुन्छ नयां समीकरणको खेल।
हिजो काङ्ग्रेसको अगाडि यस्ता खेल खेलिएकै थियो। एमालेभित्र यस्ता चरित्र पनि देखिएकै थियो। फोरम टुक्रा-टुक्रा भएको तीतो अनुभव सबैसामु र्छल· नै छ। डिल्लीरमण, तुलसी गिरीले काङ्ग्रेस छाड्दाको अवस्था र परिणाम, एमाले एक समय टुक्रिंदाको अनुभव अनि आज फोरमको तर्राईमा कार्यकर्ताभित्र देखापरेको तिक्ततालाई वर्तमानमा नेतृत्व गर्न चाहने शक्तिले बुझनुपर्ने हो।
आज माओवादीको अवस्था जो कोहीले सहजै अनुमान लगाउन सक्छ। एउटा शक्तिको रूपमा उदय भएको पार्टी आफनो अभीष्ट पूरा गर्नुपूर्व नै नेपाली संस्कृतिको विशेर्षतालाई पछ्याउन पुगेको देख्दा आर्श्चर्य मान्न सकिन्छ। माओवादीहरूको एउटा लक्ष्य छ- सर्वहाराको मुहार फर्ेर्ने, देशको स्वतन्त्रताको रक्षा गर्ने। यो कुरा सुन्दै आएका छौं। सर्वहाराको मुहार फेरिएको छैन तर नेताहरूो मुहार जोडिन थालेको छ। प्रश्न जो कोहीले सहजै गर्न सक्छ र सहजै उत्तर पनि दिन सक्छ।
बाबुराम, बादल र वैद्य जोडिनु र अर्कातिर प्रचण्ड र नारायण एक हुनु असहज होइन। तर राजनीतिले विश्राम लिनुपूर्व अन्य पार्टीजस्तै नियति हुनुलाई के भन्ने ? राजनीतिले अब नेपालमा विश्राम लिनुपर्ने हो। तर नेताहरू विश्राम लिन चाहंदैनन् भने राजनीतिको के दोष ?