प्रस, हेटौंडा, ३ असार/
शिक्षामन्त्री र्सवेन्द्रनाथ शुक्लाले राष्ट्रिय सहमतिको सरकारको खाका नबनेसम्म प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने बताएका छन् ।
रिपोर्र्टर्स क्लब मकवानपुरद्वारा बिहीवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शुक्लाले सहमतिको खाका नआई प्रधानमन्त्रीले राजीनामा दिंदा देश शून्यतातर्फबढ्ने भएकोले अहिले प्रधानमन्त्रीको राजीनामा प्रमुख मुद्दा नभएको बताए। वर्तमान बहुमतीय सरकारको प्रतिस्थापन अर्को बहुमतीय सरकारले गर्न नसक्ने भएकोले त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बन्नेैपर्नेमा उनले जोड दिए। "एउटा बहुमतीय सरकारलाई अर्काे बहुमतीय सरकारले प्रतिस्थापन गर्नुको औचित्य हुंदैन"-मन्त्री शुक्लाले भने-"त्यसो भएमा शान्ति र संविधान अहिलेको अवस्थाबाट अघि बढ्न सक्दैन।" माओवादीभित्रको आन्तरिक द्वन्द्व राष्ट्रिय सहमतिको बाधक भएको उनको टिप्पणी गरे।
तर्राई-मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री एवं प्रवक्तासमेत रहेका मन्त्री शुक्लाले तीन ठूला दल मात्रै छलफलमा बस्दा सहमति ननिस्कने भन्दै त्यसमा मधेसवादी दलहरूलाई पनि समावेश गराउनर्ुपर्ने बताए।
पत्रकारहरूको एक जिज्ञासामा उनले कक्षा ११ र १२ को उत्तरपुस्तिका छपाइमा देखिएको विवाद सम्बन्धी छानबिन गर्न समिति गठन गरिएको र सो समितिको प्रतिवेदनअनुसार दोषीलाई कारबाई गर्न सरकार प्रतिबद्ध रहेको बताए।