पार्टी कारबाईबाट निष्कासित
प्रस, वीरगंज, ८ असार/
ए. नेकपा माओवादी मधेस राज्य कमिटीका सदस्य तथा पर्सा इलाका नं. १५ का इन्चार्ज नारायणलाल श्रेष्ठलाई एक दलित किशोरीसंग अनैतिक सम्बन्ध कायम गरेको अभियोगमा कारबाई गरिएको छ।
पर्सा निर्मलबस्ती-६ निवासी श्रेष्ठलाई सोही वडा निवासी एक दलित नाबालक किशोरीका साथ गएराति १२ बजे स्थानीय बासिन्दाहरूले नियन्त्रणमा लिएका हुन्। रातभरि र्सार्वजनिक विद्यालयमा थुनेर बिहानी पख कालोमोसो दल्न खोज्दा वाइसियलले हस्तक्षेप गरेर बचाएको थियो।
माओवादी किसान नेता शिरोमणि पौडेलको रोहबरमा भएको छलफलमा निज श्रेष्ठले विगत १ वर्षेखि विभिन्न प्रलोभन देखाउंदै यौनसम्पर्क गर्ने गरेको किशोरीले बयान दिएकी छन्।
किशोरीभन्दा २० वर्षबढी उमेरका साथै पत्नी र दुइ सन्तानसमेत रहेको श्रेष्ठले आफूले जनवादी क्रान्तिमा एउटा नयां प्रयोग गरेको भन्दै जनभेलामा दलित समुदायलाई भुलाउन खोजेका थिए। दलित पक्षीय दबाब बढेपछि आफनो नाममा रहेको सम्पूर्ण सम्पत्ति किशोरीको नाममा गरी दिने र पत्नीको रूपमा आफनै साथमा राख्ने प्रतिबद्धता जाहेर गरेपछि पीडित पक्ष मानेको थियो।
स्थानीय वाइसियलको एक पक्षले पक्राउ गर्न स्थानीय बासिन्दालाई सहयोग गरेको थियो भने अर्को पक्षले पीडक र पीडित दुवैलाई दुलाहा-दुलही बनाएर टीका लगाई अन्यत्र पठाएको छ।
यसैबीच नेकपा ए. माओवादी पर्साका सेक्रेटरी विवेकले विज्ञप्ति प्रकाशित गरी नारायणलाल श्रेष्ठलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्कासित गरेको जनाएका छन्। गम्भीर प्रकृतिको सांस्कृतिक विचलन भई श्रेष्ठले पार्टी र जनहितविपरीत काम गरेकोले कारबाई गरिएको कुरा जारी विज्ञप्तिमा उल्लेख छ।