प्रस, पर्सा, २ असार/
पूर्वराजा ज्ञानेन्द्र शाहले आज बाराको परवानीपुर स्थितमा वैष्णवी देवी मन्दिरको उद्घाटन गरे।
बृद्ध एयरबाट बिहान ९ः३० बजे सिमरा विमानस्थलमा ओर्लेका पूर्व राजा ज्ञानेन्द्र शाहको मां वैष्णवी मन्दिर पूजा समारोहमा अध्यक्ष्ँ अमरदेव यादवलगायतका राजावादी, हिन्दूवादीहरूले स्वागत गरेका थिए।
सिमरा विमानस्थलबाट परवानीपुर आएका पूर्वराजा आधा घण्टा पूजामा र आधा घण्टा त्यहां आयोजित कार्यक्रममा सरिक भएर पुनः सिमरा फर्केका थिए। पहिलोपल्ट जनकपुर र दोस्रोपटक नेपालगंजमा नेपाली टिभी च्यानेलहरूलाई अन्तर्वार्ता दिएर चर्चामा आएका ज्ञानेन्द्र शाहले सिमरा विमानस्थल र परवानीपुरमा सञ्चारकर्मीहरूलाई कुनै प्रतिक्रिया दिएनन्।
पूर्वराजा ज्ञानेन्द्र शाह आज सिमरास्थित प्रभु राणाको र्फम हाउसमा बसेका छन्। उनले भोलि असार ३ गते बाराको प्रसिद्ध गढीमाई मन्दिर र पर्साको प्रसिद्ध बिन्दवासिनी मन्दिरमा पूजार्-अर्चना गर्ने कार्यक्रम छ। त्यस्तै होटल सम्झनामा शुभेच्छुहरूलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।
असार ४ गते बलिउडकी चर्चित नायिका मनीषा कोइरालाको विवाह परेकोले ज्ञानेन्द्र शाह सो विवाहमा सरिक हुन राजधानी र्फकने कार्यक्रम छ।