गोकुल घोरसाइने, निजगढ
बिरामीको उपचार गर्न अन्यत्र गाउंमा अस्पताल खोलेर चिकित्सकहरू भर्ना गर्ने गरिन्छ। तर बाराको तेतरिया गाविस-२ का बासिन्दाले ँधामी’ नियुक्त गरेर गाउंका बिरामीलाई उपचारको नाममा झारफुक गराउंदै आएका छन।
गाउंलेहरूले स्थानीय ४५ वर्ष बिप्तिदेवी चौधरीलाई झारफुक गरेर रोग बिसेक पार्न ँधामी’ नियुक्त गरेका हुन्। यसअघि गाउंमा ँधामी’ को जिम्मा सम्हाल्दै आएका आशा महतोको मृत्यु भएपछि गाउंलेहरूको अनुरोधमा बिप्तिले ५ वरर््ष्ा अघि यो जिम्मा सम्हाल्दैआएकी छन्।
"गाउंका मान्यजन सबैले घरमा आएर अनुरोध गरे"- बाल्यकालदेखि गाउंमा तन्त्रमन्त्रबाट बिरामीको उपचार गर्दै आएकी बिप्तिले बताइन्-"तपाईंले नै जिम्मा लिनर्ुपर्छ भनेर सबैले कर गरेपछि धामी बनेर बिरामीको सेवा थालें। अघिल्ला धामी आशाको मृत्युपछि धामी बन्ने होडमा रहेका गाउंका महावीर धानुकसंग प्रतिस्पर्धामा बिप्तिले नियुक्ति पाएकी हुन्। "तन्त्रमन्त्रमा बढी ज्ञान भएको भनेर अधिकाशंले रुचाएपछि बिप्तिलाई छानिएको स्थानीय जनक चौधरीले बताए। धामी बन्न नपाएपछि धानुकले भने पेशा नै त्यागेको चौधरीले जानकारी दिए।
बार्ह वर्षको उमेरदेखि गाउंमा तन्त्रमन्त्र र झारफुक थालेकी बिप्ति आफनो शरीरमा देवी चढेको र दैविक शक्ति प्राप्त भएको दाबी गर्छिन्। बिप्तिको यस्तो दाबीले सर्वसाधारण उनीप्रति आकर्षित भएका हुन्। धामी नियुक्त भएपछि बिप्तिको घरमा झारफुक गराउन आउने बिरामीको सङ्ख्या बढेको छ। उपचारका लागि आउने बिरामीको भीडले घरको काम गर्न नपाएपछि बिप्तिको परिवार चलाउन आवश्यक सबै खर्च गाउंलेले नै बेहोर्दै आएका छन्। घरको आर्थिक अवस्था अनुसार प्रत्येक परिवारले वार्षिककरूपमा ५ देखि १० केजी अन्न र भेटीस्वरूप ५ रुपियां नगद दिने गरेका छन्। "सबै खर्च यसैबाट चलको छ"- बिप्तिले भनिन्।
तेतरिया गाविस-२ का दुइ सय परिवारका करिब ७ सयलाई बिप्तिले सेवा पुर्याउदै आएकी छन्। बाहिरबाट समेत बिप्तिसंग झारफुक गराउन आउने गर्छन्।
सदरमुकाम कलैयाबाट करिब १५ किमि पूर्वोत्तर तेतरिया गाविसमा अस्पतालको सुविधा नभएकोले उपचारको लागि सर्वसाधारण
धामी झाक्रीको भरमा पर्दै आएको स्थानीय राजकिशोर साहले बताए। उपस्वास्थ्य चौकीमा और्षधि र स्वास्थ्यकर्मी नियमित छैनन्। जनचेतना र प्रभावकारी स्वास्थ्य सेवाको अभावमा गाउंमा धामीझाक्री र झारफुकप्रति विश्वास कायमै रहेको साहले बताए।