प्रकाश लम्साल, बारा, १३ असार/
घरमा कामको चटारो परेपछि आफना सन्तानलाई विद्यालय नपठाइ आफूसंगै सुर्तीको विषाक्त रागमा श्रम गराउन बाध्य पार्छन् बारा टांगिया बस्तीका अभिभावकहरू।
वर्षा एकै बाली मात्रै हुने सुर्ती वैशाख र जेठ महिना सुकाउने समय भएकोले सुर्तीको पात उनेर मुठ्ठा बनाउन यहांका अभिभावकहरूले आफना बालबालिकालार्इर्र्विद्यालय जान रोकी आफूसंगै काम गर्न बाध्य पार्ने गरेका छन्।
मङ्सिरमा रोपेको सुर्ती वैशाख, जेठमा सुकाउने समय हुंदा अधिकांश बालबालिकालाई अभिभावकले नै कक्षा छुटाइ आफूसंगै काममा लगाउंछन्। स्थानीय कृष्ण माझी भन्छन्- यो समय कामको चटारोले गर्दा अधिकांश परिवारका बच्चादेखि बूढाबूढीसम्म सुर्ती टिप्ने, सोर्ने, उन्ने र बटार्ने गर्छन्।
टांगिया बस्तीका अधिकांश साना कक्षाका बालबालिकाहरू यतिबेला विद्यालय जान छाडेका छन्। सरकारले देशभर विद्यार्थी भर्ना अभियान चलाए पनि यस बस्तीमा यो अभियान पुगेको पाइंदैन।
सुर्तीको कडा रागबाट बचाउनुपर्ने बालबालिकालाई आफनै अभिभावकले रोगतर्फधकेलेका छन्।
सिमरा अस्पतालका डा. मुकेश जैसवाल भन्छन्- सुर्तीको विष्ँाक्त रागले बच्चाहरूमा स्वासप्रस्वासको समस्या हुने, दात, गिजा र फोक्सोको क्यान्सरको सम्भावना तीव्र हुन्छ। केहीमा तत्काल देखिए पनि दश वर्षछि पनि यसको असर देखिन्छ।
आम्दानीको स्रोत यहि बालीबाट वर्षरि घरव्यवहार चलाउनुपर्ने बाध्यता भएकोले अधिकांशले ज्यालामा मान्छे लगाउनुभन्दा आफनै साना सन्तानहरूलाई काममा लगाउने गरेकोसमेत माझीले बताए।
काम गर्न छाडेर खेल्न तथा डुल्न जान्छन् भनेर कतिपय अभिभावकहरूले आफूसंगै राखेर दिनभरि काममा लगाउने गरेकोसमेत पाइन्छ।
बस्तीमा ६ कोठाको एक मात्र प्राथमिक विद्यालय रहेको छ। विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत रहे पनि दुइ महिनामा दुइ सय विद्यार्थी पनि उपस्थित नहुने विद्यालयका प्रअ भरत जैसवाल भन्छन्- हामीले अभिभावकहरूलाई बच्चाहरूलाई यस्तो काम नगराउन कति अनुरोध गर्दा पनि अभिभावकहरूनै मान्दैनन्।
करिब चौध सय घरधुरी रहेको यस बस्तीका प्रायः सबै घरपरिवारले सुर्तीखेती गर्ने गरेका छन्।
शिक्षाप्रति चासो र महत्त्व नबुझेर पनि हो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शड्ढर थोकर भन्छन्- गरिबीका कारण ज्यालाको रकम जोगाउन आफनै सन्तानलाई काम लगाउनु उनीहरूको बाध्यता पनि हो।
शैक्षिक सत्र सुरु भएको दुइ महिना बितिसक्दा पनि विद्यालयमा प्रत्येक वर्षो दुइ महिना यसैगरी विद्यार्थीहरूको उपस्थित न्यून हुने गर्छ थोकरले भने।
कक्षा ४ मा अध्ययनरत सानी लामाले सुर्तीको पात उन्दै स्कूल कहिले जाने भन्ने प्रश्नमा भन्छिन्- काम सकेपछि स्कूल जाने काम छाडेर गए आमाले गाली गर्नुहुन्छ, पिट्नुहुन्छ।
विद्यालयमा आफना बालबच्चा पठाउनका लागि चाडै घरदैलो गरी अभिभावक भेला राख्ने समितिका अध्यक्ष थोकरले बताए।