प्रस, बारा, १२ असार/
बाराको निजगढमा शनिवार सम्पन्न नारायणी अञ्चलस्तरीय तेक्वान्दो प्रतियोगितामा ७ स्वर्ण ९ पदक हात पारेर चितवन जिल्ला प्रथम भएको छ। चितवनको लागि ३६-४० केजी तौल समूहमा सुनिल परियार, ४५-५० केजी समूहमा शेखर उप्रेती, ५०-५४ केजी समूहमा अरूण अधिकारी, ५४-५८ केजी समूहमा सुरेन्द्र चौधरी, ६२-६७ किलोमा सञ्जयभक्त उदास, महिलातर्फ३६-३९ केजी समूहमा गङगा खड्का र ४३-४७ केजी समूहमा पार्वती गुरूडले स्वर्णपदक दिलाएका थिए। रक्षा गुरूङ र विपिन घलेले चितवनको लागि कास्यपदक दिलाएका छन्।
त्यसैगरी तीन स्वर्णपदक २ रजतपदकसहित ५ पदक हात पारेर बाराको बागदेव डोजाङले दोस्रो र होली एन्जल्स विद्यालय निजगढ डोजाङले तेस्रो स्थान हासिल गरेको छ। बाग्ादेवका लागि २८-३२ केजी समूहमा विशाल लामा, ३२- ३६ केजी समूहमा सुजन थापा मगर र महिलातर्फ३९-४३ केजी समूहमा बिना लामाले स्वर्ण्र्ााक दिलाएका थिए। होली एन्जल्सका लागि २४ केजी तौलभन्दा कम समूहमा समन बस्नेत र ४७-५१ किलो महिला समूहमा निमा लामाले स्वर्णपदक दिलाएका हुन्। प्रतियोगितामा बाराका अमित सिंह, निजगढका सुमन कुश्वार र मकवानपुरका विक्रम लामिछानेले आफनो टोलीको लागि स्वर्ण्र्ााक हात पारेका छन्।
प्रतियोगितामा पुरुषतर्फहोलीका समन बस्नेत र महिलातर्फचितवनकी पार्वती गुरूङ उत्कृष्ट खेलाडी घोषित भएका छन्।
प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरूलाई नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। स्थानीय प्रकाश गहतराजले स्वर्गीय पिता लोकबहादुरको स्मृतिमा उत्कृष्ट दुइसहित स्वर्णपदकविजेता १५ खेलाडीलाई ९ हजार ५ सय १७ रुपैयां नगद सहयोग प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घ जिल्ला कार्यसमिति बाराका अध्यक्ष गुरुप्रसाद गौतमलगायतले बोलेका थिए। प्रतियोगिता खेलकुद विकास समिति निजगढद्वारा आयोजना गरिएको सो प्रतियोगिताको समापन कार्यक्रममा निजगढ गाविसका पूर्वअध्यक्ष एकबहादुर श्रेष्ठ, समाजसेवी तुलसी न्यौपाने, प्रतियोगिताको मुख्य निर्ण्ाायकहरूमा विजय साह र माधव कोइरालाले गरेका थिए। त्यसैगरी कृष्णमुरारी खड्का, चित्रबहादुर यानकुमारी चौलागाईं, बासुदेव पराजुली र गणेश लामाले निर्ण्ाायकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगिता स्थानीय होली एन्जल्स उच्च माध्यमिक विद्यालयको प्राङगणमा सञ्चालन गरिएको थियो।