प्रस, पर्सा, २२ जेठ/
विश्व वातावरण दिवसको अवसरमा करेन्ट इङ्ग्लिश ल्याङ्वेज इन्स्िटच्युटले वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा एसएलसी दिएर बसेका विद्यार्थीहरूको नेतृत्व, व्यक्तित्व र सृजनशील क्रियाकलापमा सहभागी गराउनका लागि मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ। ठाकुरराम बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक इन्दुशेखर मिश्राको प्रमुख आतिथ्य र वीरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक डा.दीपक शाक्यको आतिथ्यमा कार्यक्रमको शुभारम्भ भएको थियो। अनौपचारिकतर्फो कार्यक्रममा विद्यार्थीहरूले ग्लोबल वार्मिङबाट हुने बेफाइदाहरूका बारेमा आ-आफ्नो धारणा राखेका थिए भने सोही कार्यक्रमको अवसरमा व्यक्तित्व र नेतृत्व विकासको ३५ दिने तालिम लिएका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। यसैगरी अनौपचारिकतर्फा कार्यक्रममा विद्यार्थीहरूले नेपाली, भोजपुरी र हिन्दी गीतहरूमा नृत्य पर््रदर्शन गरेका थिए। करेन्ट इङ्ग्लिश ल्याङ्वेज इन्स्िटच्युटका निर्देशक राजेन्द्र कोइरालाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।