प्रस, वीरगंज, ८ असार/
पुनर्गठित नेकपा माओवादीले जिल्ला विकास समिति, पर्साका इन्जिनियर मड्ढेश्वर ठाकुरलाई कालोमोसो दलेको छ।
स्थानीय निकाय कर्मचारी सङ्घ जिविस पर्सँका अध्यक्ष एवं नेपाल इन्जिनियर एसोसिएसन वीरगंज क्षेत्रका उपाध्यक्षसमेत रहेका ठाकुरलाई माओवादी कार्यकर्ताहरूले आज दिउंसो १२ बजे उनकै कार्यकक्षमा बसेर मोसो दलेको हो। बारामा पक्राउ परेका मुकेश साहलाई रिहा नगरेको विरोध गर्दै माओवादीले कालोमोसो दल्ने कार्यलाई निरन्तरता दिएको छ।
पुनर्गठित माओवादी पर्साका नेता धुरूपप्रसाद यादवको नेतृत्वमा रहेको टोलीले कारबाई गरेको सो पार्टीले जनाएको छ। जिल्लामा चालू योजनाहरूमा ठेकेदारसंग मिलेर कमिशन खाने र दुइ नम्बरी काम गराएर जिविसलाई बदनाम पारेको आरोपमा चेतावनीस्वरूप कारबाई गरेको माओवादीको दाबी छ।
घटनाविरुद्ध जिविसको सम्पूर्ण कामकाज ठप्प पार्दै कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय, पर्सा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षा गराएका छन्। जिल्ला वन कार्यालयका प्रमुख माथि केही दिन अगाडि भएको कुटपिट घटनाको दोषीलाई कारबाई नगरेको कारण घटनाको पुनरावृत्ति भएको कर्मचारीहरूको भनाइ छ। घटनाका दोषीहरूमाथि यथाशीघ्र कडा कारबाई गर्न माग गरिएको छ। इन्जिनियर्स एसोसिएशन वीरगंज क्षेत्रका अध्यक्षले पनि प्रेस विज्ञप्ति प्रकाशित गरी घटनाको भ्रत्सना गरेको छ।