$type=ticker$count=12$cols=4$cate=0

पूर्व राजाको मधेसमोहले उब्जाएको तरङग

SHARE:

-वीरेन्द्र यादव
    २०६१ माघ १९ मा निर्वाचित सरकारलाई अपदस्त गरी गैरसंवैधानिक तरिकाले शासन सत्ता हातमा लिएपछि पनि एकपटक ज्ञानेन्द्र शाह वीरगंज आएका थिए। त्यसबखत टण्टलापुरको घाममा हजारौ नागरिक घण्टाघरदेखि माइस्थानसम्म हातमा फूलको गुच्छा लिएर करिब दिनभरि उभिएका थिए तर उनले नागरिकको स्वागत ग्रहण गरेनन्। गाडीबाट भुइंमा खुट्टा पनि टेकेेनन्, नागरिकको आस्थाको बेवास्ता गर्दै फिर्ता भएका थिए। संविधानसभाको २०६५ जेठ १५ गतेको पहिलो बैठकको निर्ण्र्ााे २४० वर्षको राजतन्त्र अन्त्यपछि मुलुक गणतन्त्र भएको छ। राजपरिवारका सदस्यहरू सामान्य नागरिक भएका छन्। राजाबाट समान्य नागरिक बनेका ज्ञानेन्द्र शाहमा अचेल मधेसमोह अत्यधिक देखिएको छ। कहिल्यै नपुगेको मन्दिरहरू पुगेर पूजाआजा गरेका छन् भने वीरगंजजस्तो उपेक्षित शहरमा चार दिन बसेर जनसर्म्पर्क बढाएका छन्।  जनकपुर, नेपालगंज, वीरगंज घुमेर विन्ध्यवासिनी, गढीमाई  र परवानीपुरको मन्दिर उद्घाटन गर्दै एम्बुलेन्स सहयोग गरेर मधेसप्रति उदारता देखाएका छन्। उनको मधेसमोहले राजावादीहरू निकै उत्साहित भएर राजतन्त्र आउने सपना देख्न थालेका छन् भने गणतन्त्रवादीहरू राजा शक्तिमा आउन चलखेल गरेको अनुमान गर्न थालेका छन्। मधेसप्रति सधैं विभेद गरेका राजा मधेसस्थित मन्दिर पुगेर प्रायश्चित्त गर्न थालेको केही नागरिकको अनुमान छ। ज्ञानेन्द्र शाह आम नागरिक भइसकेकाले मुलुकको कुनै भागमा भ्रमण गर्नु, देव मन्दिरहरूमा पूजा गर्नु अस्वाभाविक होइन तर राजनीतिक दलहरू आफनो लक्ष्यमा असफल भइरहेको बेला राजाले एक्कासि मधेसमोह देखाउनु अर्थपूर्ण अवश्य छ। मधेसतिर अर्जुन दृष्टि गाडेर शक्तिमा आउने ज्ञानेन्द्र शाहको अपेक्षा सफल नहोला तर धर्मको आस्था जगाएर साड्ढेतिक राजा बन्ने अभिलाषा अवश्य हुन सक्छ।
    राजा शासक हुन्छ र शासकको नजरमा सवै व्यक्ति, धर्म, रहनसहन, संस्कृति बराबर हुनर्ुपर्छ । मधेसमा हिन्दू मुस्लिम, सिख, इर्साईलगायतका एघार धार्मिक समूह रहेको अवस्थामा एउटा धर्मलाई आफनो मार्गसाधन बनाउनुले मधेसबाट झन् टाढिंदैछन् ज्ञानेन्द्र। राजनीतिक दलहरूको असफलतालाई अवसरको रूपमा सदुपयोग गर्ने चाहना पूरा हुने अवस्था छैन। वीरगंज, सम्झना होटेलको बसाइमा नियमित चार पांच घण्टा नागरिकसित भेटघाट गरेको  देखियो। राजाको प्रत्यक्ष शासनको बेला राजाद्वारा मनोनीत मेयर, उपमेयर, सभापति, उपसभापति, प्रशासकलगायत राजावादीहरूसित गोप्य भेटवार्ता गरेको कुराहरू पनि सुनियो। सञ्चारकर्मीसित मुख नखोल्ने ज्ञानेन्द्रले राजावादीसित गोप्य भेटघाट गर्नुले राजामा राजतन्त्र जोगाउने जुगुप्सा छैन भनी मान्न सकिन्न। राजतन्त्र समाप्त भएर गणतन्त्र आइसकेपछि पनि ज्ञानेन्द्रले गणतन्त्रलाई काल्पनिक र राजतन्त्र तल-माथि हुने गरेको इतिहास छ भनी जनकपुरमा दाबी गरेर राजतन्त्र ब्युंताउने रणनीतिमा छैनन् भनी मान्नु खतरायुक्त छ। राजालाई सक्रिय वा निष्त्रिmय बनाउने प्रमुख शक्ति सेना हो। राजाले मधेसमा आफनो जनमत देखाएर मधेसको एजेन्डा ओझेलमा पार्न सक्ने सम्भावनातर्फमधेसी दल सचेत हुनर्ुपर्छ।  सेनालाई दलहरूले जिस्क्याए भने राजाको सपना पूरा हुन आधार मिल्न सक्छ। गणतन्त्रको रक्षा निम्ति दलहरूले सेनासित जुहारी खेल्न रोक्नर्ुपर्छ। जनतामा बढेको असुरक्षाले वर्तमान राजनीतिक शक्तिको विकल्प जनताले खोजिरहेको छ। शान्ति र अमनचयन कायम भएन भने शान्तिकै नाममा भए पनि राजा विकल्पको रूपमा खडा हुन सक्छन्। नेताहरूले राजनीतिक गतिरोधको अन्त्य चांडै गर्न सक्नर्ुपर्छ। मधेसीलाई दोस्रो दर्जाको नागरिक बनाएर अछुत सरह व्यवहार गर्ने राजतन्त्रको बिदाईलगत्तै मधेसीले राष्ट्रपति र उपराष्ट्रपति बने सौभाग्य पाएका छन्। मधेसले आरम्भमा नै राम्रो प्रतिफल प्राप्त गरेकोले मधेसमोहले राजालाई फाइदा होला भन्ने कुरा दिवास्वप्न हुनेछ। मधेसको हित चाहनेहरू किमार्थ राजालाई साथ दिने छैनन्।  
  मधेस यतिखेर कहालिलाग्दो अवस्थामा छ। मधेस असल नेताको अभावमा अभिभावकविहिन मात्र छैन अशान्ति, असुरक्षा र दण्डहीनताले राज्यविहीन पनि छ। विधिको शासनको अभावले मधेसको जनजीवन त्रासमय छ। वर्तमान दलहरूले मधेसी जनताको इच्छाको उपेक्षा मात्र गरेका छैनन् घाउमा नुन दल्ने काम पनि गरेका छन्। २०४६ सालदेखि काङ्ग्रेस, एमालेलाई मधेसी जनताले आंखा चिम्लेर विश्वास गर्‍यो तर उनीहरूले पनि मधेससंग विभेद गरेे। मधेसी जनताले माओवादीसित धेरै अपेक्षा राख्यो तर माओवादीले मधेसमा सामाजिक रूपान्तरणको काम गरेन। अन्य क्षेत्रमा जनयुद्धताका माओवादीले जांड-रक्सी खाने, जुवा-तास खेल्ने, आपराधिक कार्य गर्ने, अनियमिता गर्ने सामान्य विकृति विसङगति हटाउने कदम चाल्यो तर मधेसमा सदीयौंदेखि जरा गाडेर बसेको, मधेसको विकासमा प्रमुख बाधक रहेको दाइजो, तिलकप्रथा, छुवाछुत, उंचनीच, जस्ता विकृति हटाउने प्रयाससम्म गरेन। भौतिक संरचना ध्वस्त पारेर मधेसको आरि्थक अवस्था जर्जर त बनायो नेै सत्तामा आएपछि पनि मधेसको आरि्थक विकासमा खासै योगदान गरेन। राष्ट्रिय सेनामा मधेसीको प्रवेश निषेध गरेर राज्यले विभेद गरेजस्तै माओवादीले पनि आफनो जनसेनामा मधेसीलाई नराखेर विभेदलाई निरन्तरता दियो। केन्द्रीय कमिटीजस्तो उच्च तहमा अन्य दलसरह माओवादीले पनि मधेसीको उपेक्षा गर्‍यो। स्वस्फूर्तरूपमा मधेसी जनताले गरेको मधेस आन्दोलनलाई माओवादीले सहज ढङगले लिएन। आन्दोलनमा मधेसी मारिने र घाइते हुने कुरामा मतियार बन्यो। मधेस आन्दोलनपश्चात् उदय भएका मधेसी दलसित मधेसी जनताको धेरै अपेक्षा थियो तर उनीहरूले पनि सत्तामोहमा फसेर मधेसी जनताको बलिदानलाई ध्वस्त पारे। विभाजित भएर मधेसको शक्ति कमजोर बनाए । मधेस विरोधी कार्य त अब मधेसी दलहरूबाट नै भइरहेको छ। नयां संविधानबाट मधेसी जनताप्रति हुने गरेको विभेद अन्त्य होला भन्ने ठूलो अपेक्षा थियो तर संविधान बन्ने सम्भावना न्यून मात्र भएको छैन मधेसी दलसमेत संविधान बनाउन उदासिन देखिएका छन्। यसबाट मधेसी जनता निराश मात्र छैन आफनो अस्तित्वको निम्ति बलियो शक्तिको खोजीमा पनि छ। मधेसी नेताहरूको गैरजिम्मेवारीका कारण मधेसी जनमत बाढीमा काठजस्तै तैरिरहेको छ जसलाई राजाले सोहोर्न खोजेको देखिन्छ। मधेसमा बढ्दो असुरक्षा, अराजकता र दण्डहीनतालाई ग्रामीण जनताले राजतन्त्रको शान्ति सुरक्षासंग तुलना गर्न थालेको छ। राजा शासनको शान्ति प्रभावकारी रहेको ठानेर राजाको आवश्यकता महसुस गर्न थालेको छ। यसलाई पनि अवसरको रूपमा ज्ञानेन्द्रले उपयोग गर्न खोजेको देखिन्छ। मधेसमा व्याप्त अशिक्षाले अधिकांश मधेसी जनता गणतन्त्र र लोकतन्त्रको फाइदाबारे अनभिज्ञ छ। यसले पनि ज्ञानेन्द्रले समर्थन पाउने ठानेका होलान्। मधेसी जनतामा हिन्दू धर्मप्रति धेरै विश्वास र भरोसा छ। सो भरोसामार्फ् जनमत लिन राजा हिन्दू धर्मको झन्डा बोकेर मधेसको मन्दिर-मन्दिर धाउंदै छन्।
    ग्ाणतन्त्र आए पनि ज्ञानेन्द्रले राजतन्त्र बिदा नभएको दाबी गर्नु,  जनान्दोलनको दोषी भएर पनि कारबाई नगरिनु उल्टै गांस, बास, कपासको व्यवस्था गरेर राजतन्त्रको अवशेष देखाउन नारायणहिटीबाट नागार्जुन पठाउने काम लोकतन्त्रका हिमायतीहरूले गरे। सामान्य नागरिकसरह मधेस भ्रमणमा आउंदा ज्ञानेन्द्रलाई राष्ट्र प्रमुख सरह सुविधा र सुरक्षा प्रदान गरेर राजाको अस्तित्व छ भन्ने मधेसी जनतामा भ्रम पैदा गर्ने कार्य भएको छ। यो सन्देश मधेसी समाजमा गएको कारणले पनि ज्ञानेन्द्रले मधेसलाई आफनो गन्तव्य बनाएका छन्। मधेस जनसङ्ख्या र आरि्थकरूपले अन्य क्षेत्रभन्दा बलियो भएकोले मधेसको जनमत पक्षमा भयो भने राजतन्त्र आउन सक्ने आशाले पनि ज्ञानेन्द्रले मधेशलाई प्राथमिकता दिएका छन्। एकाइसौ शताब्दीको मधेसीको मुटुमा राजतन्त्रले गरेको प्रहार आलै छ। मधेसी जनताले बुझेको छ कि २४० वर्षको राजतन्त्रमा सबैभन्दा बढी विभेद मधेस र मधेसीसित नै भयो। सेना र प्रहरीमा मधेसीको भर्ना नलिएर मधेसीप्रति अविश्वास दर्सर्ााे। एक भाषा एक वेशको मार्गमा हिडेर मधेसको भाषा, संस्कृति, रहनसहन समाप्त पार्न राजतन्त्र नै अघि सर्‍यो। मधेसको उर्वर भूमि विर्ता-जमिन्दारीको रूपमा आफन्तलाई वितरण गरेर भूमिउपर पनि राजतन्त्रले आक्रमण गर्‍यो। मधेसको जङगल फडानी गरेर गैरमधेसीलाई बसाएर मधेसप्रति सौतने व्यवहार गर्‍यो। हुलाकी राजमार्गलाई बेवास्ता गरी महेन्द्र राजमार्ग बनाएर मधेससित घोर अन्याय गर्‍यो।  मधेस आज शोषित, उत्पीडित छ भने त्यसको प्रमुख कारण राजतन्त्र नै हो। राजाहरूको साम्प्रदायिक र विभेदी नीति हो। राजतन्त्रको अन्त्यपछि सबैभन्दा बढी फाइदा मधेस र मधेसीलाई नै भएको छ भने  राजतन्त्र आयो भने सबैभन्दा बढी नोक्सान मधेसलाई नै हुन्छ। नेताहरूले पनि आफनो कमजोरी सच्याएर मधेसी जनताको आशा पूरा गर्नुपर्छ। नेताहरूले आपसी विवाद छोडेर समयमा संविधान बनाउनर्ुपर्छ भने मुलुकलाई सङ्घीयतामा लानर्ैपर्छ। मधेससित राज्यले गरेको प्रतिबद्धता पूरा गर्नुका साथै सबै खाले विभेद हटाउन इमान्दारीपूर्वक लाग्नर्ुपर्छ। यस्तोमा मधेसी नेता र मधेसी दलहरूले आफनो कमजोरी सच्याउनर्ुपर्छ र मधेसी जनताको समर्थन गुम्न दिनुहुंदैन।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पूर्व राजाको मधेसमोहले उब्जाएको तरङग
पूर्व राजाको मधेसमोहले उब्जाएको तरङग
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/06/blog-post_4640.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/06/blog-post_4640.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy