अम्मली अर्थात् लागूपदार्थ दर्ुर्व्यसनको लत बसिसकेको व्यक्तिलाई त्यस लतबाट छुटाउनुपर्दा पुनर्स्थापना केन्द्रमा राखेर बिस्तारै व्यवहार परिवर्तन गराइन्छ। सैद्धान्तिक, व्यावहारिक ज्ञानबाट पोख्त बनाइ अम्मलीलाई मानसिकरूपमा परिवर्तन गराउन सक्यो भने मात्र उसको व्यवहार परिवर्तन हुनसक्छ। साथै शारीरिक तन्दुरूस्ती र स्फूर्तिका लागि आवश्यक चिकित्सकीय पद्धति पनि अपनाइएका हुन्छन्। नाकौनान प्रविधिका अनुसार पुनर्स्थापना भइसकेपछि उसलाई पुरानो अम्मली साथीहरूसंग भेट गर्न दिइंदैन। पुराना साथीहरूसंगको भेटघाट र संगतमा परेर पुनः त्यही संसारमा र्फकने प्रबल सम्भावना हुन्छ। जसरी छुटिसकेका प्रेमजोडी बारम्बार भेट हुंदा अतीतको यादसंगै पुनर्मिलनको सम्भावना हुन्छ। यो मनोविज्ञान दर्ुर्व्यसन र प्रेममा मात्र होइन मानवीय क्रियाकलापका हरेक पक्षमा लागू हुन्छ भन्ने तथ्यलाई बुभ\mन जरूरी छ।
पुनर्स्थापना गर्नुको अर्थ रहरले, करले, बाध्यताले वा परिबन्धले जानाजान होस् या अञ्जानमा समाज र स्वयं व्यक्तिलाई पनि नोक्सानी पुर्याउने लत अर्थात् दिनचर्या बनिसकेको क्रियाकलापमा सुधार ल्याउनु हो। लत छुटाएर उसलाई सामान्य जीवनमा ल्याउन सक्नु पुनर्स्थापना हो। माओवादी छापामारको पुनर्स्थापनाको कुरा चलेको द्वन्द्वकालदेखि नै हो। द्वन्द्वको समयमा आत्मर्समर्पण गरेमा तुरून्तै पुनर्स्थापना प्रक्रिया अगाडि बढाइने आश्वासन बांडिन्थ्यो। माओवादी शान्तिप्रक्रियामा आइसकेपछि भएभरका छापामारहरू स्वतः अघोषित कैद क्यान्टोनमेन्टमा आए। पुनर्स्थापनाको लागि अर्थात् छापामारको व्यवहार परिवर्तनका लागि चाहिने वातावरण बन्यो। क्यान्टोनमेन्टमा आएका लडाकूहरूमध्ये पनि योग्य र अयोग्य गरी वर्गीकरण गरेपछि अयोग्यहरूले स्वतः क्यान्टोनमेन्ट छाड्ने भए। क्यान्टोनमेन्टमा रहंदा पुनर्स्थापनाको लागि सैद्धान्तिक र मानसिकरूपमा तयार भइसकेका लडाकूहरूलाई सिधै पुनर्स्थापना केन्द्रमा लगेर व्यावहारिक ज्ञान दिनुका साथै शारीरिकरूपमा तयार गर्नुपर्नेमा त्यसो हुन सकेन।
अयोग्य छापामारहरूलाई शिविरबाट निकालेर छाडा छोड्ने काम गर्नु सबभन्दा ठूलो गल्ती भएको छ। माओवादी क्याम्पका प्रशिक्षार्थीहरू आज विभिन्न बहानामा हतियार उठाइरहेका छन्। कतिपय माओवादी पार्टीभित्रै विभिन्न लडाकू दस्ताका रूपमा क्रियाशील छन्। उनीहरूलाई समेत सामान्य जीवनमा ल्याउनर्ेतर्फ सोच बनाउनुपर्नेमा शिविरमा आइसकेकाहरूलाई पनि खुल्ला छाडेर पुनर्मिलनको अवसर दिइएको छ। फलस्वरूप ए. माओवादीको शारीरिक व्यायाम अभियानमा क्यान्टोनमेन्टबाट छुट्टी पाएका अयोग्य लडाकूहरू प्रशिक्षक बने। अधिकांश अयोग्य लडाकूहरू कुनै न कुनै दस्तामा सामेल भइसकेका छन्। नेपालस्थित राष्ट्रसङ्घीय निकायले अयोग्य लडाकूहरूलाई पुनर्स्थापना केन्द्रमा आउन भर्खरै आग्रह गरेको छ। चार हजार आठ जना अयोग्य लडाकूहरू बाहिरिएकोमा एक हजार आठ सय मात्र अनमिनको सर्म्पर्कमा पुगेका छन्। घटनाले के देखाएको छ भने द्वन्द्वमा लागेकाहरूलाई पुनर्स्थापनाको नारा जतिनै दिए पनि योजना र पर्ूवतयारी कमजोर छ। जसको कारण लडाकूहरू पुनर्स्थापनातर्फ होइन कि पुनः लडाकू दस्तातर्फको बाटोमा लागेका छन्।