$type=ticker$count=12$cols=4$cate=0

सिकाइका लागि समय व्यवस्थापन

SHARE:

-अनन्तकुमार लाल दास
    कुनै पनि क्रियाकलापको आरम्भ हामीले कार्ययोजना तयार गरी गर्र्छौं भने निश्चित सफलता हासिल हुन्छ तर कार्ययोजना निर्माण गर्नु जति सजिलो छ त्यति नै पालन गर्नु कठिन। यस कारण विद्यार्थीहरू प्रायः यस झन्झटमा पर्न चाहंदैनन् र शिक्षकहरू पनि विद्यार्थीहरूलाई यर्सतर्फ उत्पे्ररणा प्रदान गर्दैनन्। वर्तमान युग व्यवस्थापनको युग हो। आज जसले आफूलाई व्यवस्थित गर्न सक्यो ऊ नै जीवनको हरेक क्षेत्रमा सजिलैसंग सफल हुन सक्छ। यस आलेख मार्फत् सिकाइका लागि समय व्यवस्थापन गर्ने छलफलको जमर्को गरिएको छ किनभने विद्यार्थीहरूका लागि समय व्यवस्थापन नितान्त महत्त्वपूर्ण पक्ष हो जसबाट उनीहरू प्रतिस्पर्धासंग जुध्न सक्छन्।
    सिकाइका लागि समय व्यवस्थापन कला विकसित गर्नु एउटा यात्रा जस्तै हो जुन यस आलेखमार्फत सुरु गर्न सकिन्छ तर यात्राको क्रममा अभ्यास र पटक-पटकको मार्गदर्शनको आवश्यकता पर्न सक्छ। यसको लागि सबैभन्दा पहिला लक्ष्य तयार गर्नुपर्छ अर्थात् तपाईंको गन्तव्य के हो - लक्ष्य प्राप्तिका लागि के-के स्रोतहरू उपलब्ध छन् - यस क्रममा प्राथमिकताको सूची, साथीहरूसंग सहयोग, परिवारबाट निर्देशन, कामको बोझ आदि विषयमा पनि ध्यान पुर्‍याउनर्ुपर्छ। सबैभन्दा पहिला सोचौं हामी कसरी आफूसंग भएको समयरूपी धनलाई प्रत्येक दिन खर्च गर्र्छौं - यसले तपाईंलाई आफनो कामको मूल्याड्ढन गर्न र समय समायोजना गर्न मदत पुर्‍याउंछ।
    विद्यालयमा शैक्षिक सत्रको सुरुआत हुनासाथ सम्बन्धित कक्षाको पाठ्यक्रम पनि निश्चित गरिएको हुन्छ। निश्चित गरिएको पाठ्यक्रम पूरा गर्न एउटा कक्षालाई सप्ताहमा र सप्ताहलाई कैयौं पिरियडमा बांडिएको हुन्छ। एक पिरियड प्रायः ४५ वा ५० मिनेटको हुन्छ तर तपाईं ३० मिनेटमैं थाक्नुहुन्छ। केही कठिन सवालको सामना गर्दा तपाईंलाई बढी समयको आवश्यकता महसुस हुन्छ। यस कारण बीचमा टिफिन पनि हुन्छ। कहिलेकाहीं कुनै पिरियड खाली पनि भइरहेको हुन्छ। तपाईं यस खाली समय वा टिफिनमा के गर्नुहुन्छ - कसैका लागि यो नाश्ता गर्ने समय हुन्छ भने कसैका लागि मुश्किल सवालहरूलाई साथीहरूको मदतले समाधान गर्ने। कसैका लागि यो समय आराम गर्ने मौका त कसैका लागि बेकारको गफमा नजानिंदो किसिमले समयको बर्बादी। कसैका लागि यो समय पुनर्ताजगी प्राप्त गरी नयां ऊर्जाका साथ उत्पादनमूलक काममा प्रवेश गर्ने। उदाहरणका लागि जब तपाईं उत्पादनमूलक काममा व्यस्त हुनुहुन्छ त्यसबेला तपाईंले बिहानको मानिसजस्तै महसुस गर्नुहुन्छ वा रातिको उल्लूजस्तै - सङ्क्षेपमा भन्नुपर्दा जति समय तपाईंलाई नयां ऊर्जा प्राप्त गर्न लाग्छ त्यति समय नै त्यसबेला खर्चिनर्ुपर्छ र बांकीको समयलाई अध्ययनमा व्यतीत गर्नुपर्छ।
    यसपश्चात् तपाईंले पढाइका लागि एउटा यस्तो ठाउं छनोट गर्नुपर्छ जहां तपाईंको, कसैले- त्यो सेलफोन होस् वा कुनै प्रकारको पढाइबाहेकको सन्देशले एकाग्रता भङग नगरोस्। त्यस्तो ठाउंमा आफनो समय स्वतन्त्रतापूर्वक अध्ययनमा खर्च गर्नुपर्छ। यो ठाउं पुस्तकालय, तपाईंको आफनै घर वा नजिकको कुनै शान्त काफी हाउस पनि हुन सक्छ। तपाईंलाई अध्ययनका लागि कुन सबैभन्दा राम्रो ठाउं हुनसक्छ, त्यो तपाईंले नै रोज्नर्ुपर्छ।
    यसपश्चात् प्रत्येक शनिवार साताभरि गरिएको अध्ययनको समीक्षा गर्नुपर्छ। यो समीक्षा परीक्षा, पढाइमा सुधार, अझ बढी मिहनेतलाई ध्यानमा राखी गर्नुपर्छ। तपाईं यस साताभरि कतिको सफल वा विफल हुनुभयो, कति समय र्व्यर्थ व्यतीत भयो आदिबारे ध्यान पुर्‍याउनर्ुपर्छ र समीक्षाको आधारमा आगामी साताका लागि योजना निर्माण गर्नुपर्छ। यसबाट साताको सबैभन्दा राम्रो व्यतीत भएको समयबारे ज्ञान हुन्छ।
    यसपछि तपाईंलाई कुन विषयले बढी परेशान गर्छ त्यसलाई प्राथमिकताको सूचीमा अगाडि राख्नर्ुपर्छ र त्यसमाथि विशेष ध्यान दिनर्ुपर्छ। यसैगरी प्रत्येक विषयलाई प्राथमिकताको क्रमानुसार विद्यालय बाहेकको समयमा अध्ययन गर्नका लागि बढी र कम समय दिने आधारमा बांड्नर्ुपर्छ। यसरी अध्ययन गर्दा के फाइदा हुन्छ भने सबै विषयमा राम्रो अड्ढ प्राप्त गर्न सजिलो हुन्छ।
    समय व्यवस्थापनको क्रममा एक पाइला अगाडि सार्नुको अर्थ लामो यात्रा तय गर्नु हो, अर्थात् पहिला कार्ययोजना तयार गर्ने र त्यसलाई सुरु गर्ने। तपाईंलाई आफैं थाहा हुन थाल्छ कि तपाईंले गर्नैपर्ने कुनकुन काम गर्नुभएको छैन। सबैथोक उपलब्ध भए मात्र काम गर्ने सोच कुनै पनि कार्यको बाधक हो। तर्सथ काम सुरु गरिहाल्नर्ुपर्छ किनभने पहिलो पाइलाले नै बाटोको पहिचान आफैं दिन थाल्छ।  
    काम सुरु गरिसकेपछि जबसम्म तपाईंलाई लक्ष्यको प्राप्ति हुंदैन तबसम्म अनावश्यक क्रियाकलापहरूलाई स्थगित गर्नुपर्छ। यो समय व्यवस्थापनको सबैभन्दा चुनौतीपूर्ण पक्ष हो। एउटा विद्यार्थीको रूपमा हामीलाई सधैं यस्तो अवसर प्राप्त हुन्छ जसले हामीलाई मृगलाई आफनै कस्तुरीले झैं आकषिर्त गर्छ।  परिणाम के हुन्छ भने पढाइ ब्रि्रन्छ, परीक्षामा नराम्रो परिणाम हासिल हुन्छ। यस कारण अनावश्यक क्रियाकलापका लागि ँनार्इं’ भन्नुभन्दा पनि ँपछि’ भन्ने बानी बसाल्नर्ुपर्छ। यसबाट यस्तो परिणाम हासिल हुन्छ जसले हामीलाई तनावमुक्त भई अगाडि बढ्ने प्रेरणा दिन्छ।
    तपाईंलाई सहयोग गर्न सक्ने स्रोत को-को र के-के हुुन सक्छ, त्यसबारे पत्ता लगाउनर्ुपर्छ। के ती शिक्षक हुन् वा कुनै गतिलो विद्यार्थी, पुस्तकालय हुन सक्छ वा इन्टरनेट वा कुनै संस्था। यसबाट तपाईंको ऊर्जा र समय दुवैको बचत हुनुका साथै समस्याहरूको समाधान पनि सजिलै हुन्छ।
    अध्ययनपश्चात् बचेको खाली समयको सदुपयोग बुद्धिमानी साथ गर्नु नै बेस हुन्छ। यसका लागि हामीले यो सोच्नुपर्ने हुन्छ कि अध्ययनका लागि खाली समयको प्रयोग कसरी गर्ने - यस समयलाई तयार गरिएको नोट्सहरूको अध्ययनमा बिताउनर्ुपर्छ। नजानेका कुराहरू सोध्नमा व्यतीत गर्नुपर्छ। २४ घण्टामा गरिएका भूलहरूलाई संशोधन गर्न बिताउनर्ुपर्छ। कक्षामा पढाइएका विषयहरूका प्रमुख शब्दहरूको तल रेखा तान्नमा बिताउनर्ुपर्छ। आफनो क्रियाकलापको समीक्षा गर्नमा खर्चिनर्ुपर्छ। आफनो समयलाई कसरी प्रयोग गर्ने सम्बन्धमा मापदण्ड तयार गर्नमा व्यतीत गर्नुपर्छ। यो तपाईंमाथि निर्भर छ कि खाली समयलाई तपाईंले कसरी सदुपयोग गर्नुहुन्छ किनभने सफलताका लागि समयलाई वशमा गर्नु नितान्त आवश्यक छ।
    समय व्यवस्थापनको क्रममा जुन समय तपाईंका लागि उचित हो अर्थात् तपाईंलाई यदि गणितका प्रश्नहरू दिउंसो हल गर्दा सजिलो लाग्छ भने रातिको प्रतीक्षा गर्नु समय खेर फाल्नु हो। यसै गरी यदि तपाईंलाई कुनै महत्त्वपूर्ण काम गर्नुछ र तपाईंलाई लाग्छ कि तपाईंको साथीले तपाईंलाईं डिर्स्र्टब गर्न सक्छ भने उसलाई पहिला नै सूचित गरिदिनुहोस् कि भोलि मसंग भेट हुन सक्दैन। समय व्यवस्थापनको क्रममा स्वास्थ्य व्यवस्थापनमाथि पनि ध्यान पुर्‍याउनर्ुपर्छ, अन्यथा तपाईंको समय बिमारीले गर्दा खेर जान सक्छ। यस कारण समयमा सुत्ने, उठ्ने, खाना खाने, हलुका व्यायाम र स्वस्थ मनोरञ्जनात्मक क्रियाकलापमाथि पनि समय व्यवस्थापन गर्दा ध्यान दिनु नितान्त आवश्यक हुन्छ।  
    यस प्रकार सिकाइका लागि समय व्यवस्थापन गर्दा दैनिक योजना, साप्ताहिक योजना, मासिक योजना बनाउनुपर्छ। तपाईंले के-के गर्नुहुन्छ त्यसको सूची तयार गर्नुपर्छ। बिहान कसरी अध्ययन गर्ने, बेलुका के-के गर्ने, गृहकार्य कहिले गर्ने, र्रि|mेश कहिले हुने, कति समयलाई कुन काम गर्नमा खर्च गर्ने आदिबारे लिखित चार्ट तयार गरी आफनो कोठामा झुन्ड्यानुपर्छ वा एउटा डायरीमा, जसलाई तपाईं सधैं आफूसंग राख्न सक्नुहुन्छ, लेखेर राख्नुपर्छ। यस प्रकार भोलिका लागि तयार भएपछि मात्र सुत्नर्ुपर्छ। तपाईंको अध्ययन-कुशलता यस कुरामा निर्भर छ कि तपाईं के चाहनुहुन्छ र कसरी त्यसलाई प्राप्त गर्न सक्नुहुन्छ। यसरी तपाईं आफनो अध्ययनमा सफलता वा असफलताको जिम्मेवार स्वयं नै हुनुहुन्छ। यदि तपाईं योजना बनाउन असफल हुनुभयो भने लक्ष्य पूर्तिमा पनि असफल नै हुनुहुन्छ। सोच्नुहोस् के गर्दा बेस हुन्छ -
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सिकाइका लागि समय व्यवस्थापन
सिकाइका लागि समय व्यवस्थापन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgYv0t6N3DRELzd_Mg_dV8Ywnkq41P_43k7q_2JdGcx4LuiHl_0PYvO506haerjSJZ4qVBld78KVG5we7oszWpUgCVnAD8qUT1k8B22r6YspVIbEiO1gF5X8kTKjnzOJd6vT27BIGgT19U5/s200/ananta+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgYv0t6N3DRELzd_Mg_dV8Ywnkq41P_43k7q_2JdGcx4LuiHl_0PYvO506haerjSJZ4qVBld78KVG5we7oszWpUgCVnAD8qUT1k8B22r6YspVIbEiO1gF5X8kTKjnzOJd6vT27BIGgT19U5/s72-c/ananta+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/06/blog-post_2397.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/06/blog-post_2397.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy