प्रस, पर्सा १ असार/
बारा तथा पर्सा जिल्लामा युएसएआइडी कार्यक्रम अर्न्तर्गत सम्पन्न जल प्रकोप राहत तथा विभिन्न विकास निर्माण कार्यको निरीक्षण अनुगमन गर्न नवनियुक्त अमेरिकाली राजदूत स्कट एच डेलिसी आज वीरगंज आएका छन्। वीरगंज आगमनको क्रममा उनले वीरगंज भंसार कार्यालयसम्म भ्रमण गरी भन्सार कार्यालय प्रमुख लावण्य ढकालसंग सीमा क्षेत्रको व्यापार, भन्सार गतिविधिबारे जानकारी लिएका थिए।
राजदूत डेलिसीले आजै दिउंसो पर्सा प्रजिअ नागेन्द्र झा, प्रहरी उपरीक्ष्ँक राजेन्द्रमान श्रेष्ठसंग जिल्लाको सुरक्ष्ँा, विकासबारे जानकारी लिएका थिए। राजदूतले वीरगंज नाकाबाट हुने चेलीबेटी बेचबिखनबारे उक्त अवसरमा जिज्ञासा राखेका थिए।
राजदूत डेलिसीले आज वीरगंज क्षेत्रको तीव्रतम अवलोकन तथा भेटघाट कार्यक्रम सम्पन्न गर्दै दिउंसो विजाम र वीरगंज जेसीजद्वारा संयुक्तरूपमा सञ्चालित अमेरिकन कर्नर (सामुदायिक पुस्तकालय) गई विकास कार्यमा युवा वर्गको भूमिका विषयक अन्तक्रिर्या कार्यक्रममा भाग लिएका थिए। आफनी पत्नी तथा दूतावासका सहयोगीहरूका साथ उपस्थित राजदूत डेलिसीले त्यस अवसरमा युवा वर्गमा राष्ट्र निर्माणको अगाध शक्ति रहेको र ठूला राष्ट्रिय परिवर्तन युवाशक्तिबिना सम्भव नहुने बताएका थिए।
कार्यक्रममा सेलीका सञ्चालक तथा समाजसेवी राजेन्द्र कोइराला, वातावरणविज्ञ तथा बुद्धिजीवी विनोद गुप्ता, विजाम अध्यक्ष महेश अर्यालले राष्ट्र निर्माणमा युवाहरूको भूमिकाबारे मन्तव्य प्रकट गर्दै प्रतिकूल राष्ट्रिय परिस्थितिमा पनि नेपाली युवाहरू सकारात्मक सोचका अगाडि बढिरहेको कुरामा प्रकाश पारेका थिए।
करिब दुइ घण्टासम्म चलेको अन्तर्त्रिmया कार्यक्रममा युवा विद्यार्थीहरूद्वारा सोधिएका प्रश्नहरूको सटिक र स्पष्ट जवाफ दिंदै राजदूत डेलिसीले अमेरिका नेपालमा शान्ति स्थापना होस्, अग्रगामी संविधान निर्माण होस् र नेपाल एउटा विकसित मुलुकका रूपमा विश्व मानचित्रमा देखा परोस् भन्ने चाहन्छ भनी बताएका थिए।