निजगढमा केही अपराधी व्यक्तिहरूले त्यहींका एकजना निवासीलाई दिउंसै खुकुरी प्रहार गरेर भागे। तीन दिन बितिसक्दा पनि अपराधी पक्राउ परेको छैन। अपराधी स्थानीय र परिचित व्यक्ति भएको हुंदा प्रहरीले जसरी पनि पक्रन सक्नुपर्ने हो। अर्को कुरा घाइते व्यक्ति प्रहरीका सहयोगी हुन्। सहयोगी कुन अर्थमा भने निजगढकै केही युवकहरू अपहृत हुंदा उनले अपहरणकर्तालाई पक्राउ गर्न प्रहरीलाई सहयोग पुर्याएका थिए। अपराधीलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गर्ने व्यक्तिमाथि अपराधीको इबि त रहने नै भयो र उसले प्रतिशोधस्वरूप निजमाथि खुकुरी प्रहार पनि गर्यो तर जसको सहयोग पाएर प्रहरीले अपराधी पक्राउ गरी आफनो दायित्व निर्वाह गरेको थियो उसको कुनै दायित्व नहुने - खोला तर्यो लौरो बिस्र्यो भन्ने कुरा सम्झना स्मरणशक्तिको कमजोरीले भएको होइन। यो ताक परे तेवारीको ज्वलन्त उदाहरण हो। अपराधी पक्राउ गर्नुपर्ने बाध्यता भएको बखत जोकसैसंग सहयोग लिएर काम फत्ते पार्यो र पछि अपराधीसंग साठगांठ गरेर निर्दोषमाथि अन्याय भएको चुप लागेर हेर्यो।
यस घटनाका नायक हुन् अमिरलाल चौधरी र खलनायक हो बाबू भन्ने हीरालाल मोक्तान। हीरालाल मोक्तानले केही महिनाअघि केही युवकहरूलाई अपहरण गरी आफनो घरमा थुनेर राखेको थियो। चौधरीले यस घटनामा प्रहरीलाई सहयोग पुर्याएका थिए। प्रहरीले अपहरणकारी मोक्तानलाई पक्राउ गरेको थियो, जो पछि पैंतालीस हजारको जमानतमा छुटेको थियो। त्यसभन्दा पहिले मोक्तान र्सलाहीको एउटा डांकाजनी मुद्दामा फसेको थियो र साधारण तारेखमा रिहा भएको थियो। यसरी एउटा कलमी अपराधीलाई केही रुपियां धरौटी लिएर छाड्नुपछाडि कानुनको कुनै विशेषता हो वा प्रहरी र न्यायकर्ताका साथ अपराधीको विशेष सम्बन्धले गर्दा हो अनुसन्धानको विषय बनेको छ। तर प्रस्ट कुरो के हो भने आज नेपाली समाजमा अपराध, हिंसा र उद्दण्डता गर्ने मानिसको बोलबाला कायम छ। उनीहरूसंग प्रत्यक्ष वा अप्रत्यक्ष लाभ पाउने लोभमा प्रहरी, प्रशासन तथा न्यायिक निकायले समेत उनका कर्तूतमाथि पर्दा हाल्ने वा आंखा चिम्लने गरेको छ।
हुन त सङ्क्रमणकालीन जुनसुकै समाजमा यस्तो घटना सामान्य मानिन्छ। तर हामीकहां सङ्क्रमणकालको कुनै टुङगो नै भएन। सङ्क्रमणकाल दुइ वर्ष चार वर्षरहनु एउटा कुरा हो, प्रजातन्त्रको लागि भएको छयालीस साले आन्दोलनदेखि आज २० वर्षबित्यो यस मुलुकबाट सङ्क्रमण पूर्णरूपमा हट्न सकेको छैन, कानुन व्यवस्था लागू हुन सकेको छैन। यद्यपि यस अवधिमा प्रगतिशीलदेखि प्रतिगामी सबै किसिमका सरकारहरूले शासन गरे। यस अवधिमा धनी झन् धनी, गरीब झन् गरीब हुने क्रम जारी रहयो भने अन्यायी थप अन्यायी भयो र पीडित निरन्तर पीडित भयो। यस्तै व्यवस्था र जनतामारा क्रियाकलापलाई राजनीतिक दलहरूले नयां नेपालको सिर्जना भनी अलापिरहेका छन्।