प्रस, जीतपुर, ११ असार/
सिमरा विमानस्थल धावनमार्ग (रन वे) को मरम्मतसहित सिमरा चोक- सिमरा विमान स्थल लिंक रोड तथा ढल निकासको निर्माण काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य सङ्घ सिमराका निवर्तमान अध्यक्ष रेशम तिवारीले बताएका छन्। एक हजार दुइ सय मिटर लामो र ३४ मिटर चौडा सिमरा विमानस्थल धावन मार्गको कालोपत्रे निर्माण काम हालै सम्पन्न भएको छ।
त्यसैगरी तीन सय पचास मिटर लामो र ७ मिटर चौडा लिंक रोडको दुवैतर्फो पक्की ढल, निकास नाला निर्माण पूरा भएको छ भने सो लिंक रोड कालोपत्रे तीव्र गतिमा सञ्चालन भएको छ। केही दिनभित्र निर्माण काम पूरा गर्ने सिमरा विमानस्थल कार्यालयका प्रमुख मोहम्मद अलि हसनले बताए।
सिमरा चोक-सिमरा विमानस्थल लिंक रोड व्यवस्थित नहुंदा वषर्ाको बेला सडक हिलाम्म हुन्थ्यो जसले गर्दा यात्रु सहित स्थानीय बजार, व्यवसायी, विद्यार्थी, पीडित भएका थिए। उद्योग वाणिज्य सङ्घ, सिमराको प्रयास र सिमरा विमानस्थल कार्यालयको सहयोगमा सो निर्माण काम पूरा भएको सिमरा जीतपुर नागरिक समाजका संयोजक पूर्णप्रसाद चिमोरियाले बताएका छन्।